मानिसको जीवन बचाउने व्यक्तिले हडताल गर्नुले मानव अधिकारको संरक्षण हुन्छ र ?

मानिसको जीवन बचाउने व्यक्तिले हडताल गर्नुले मानव अधिकारको संरक्षण हुन्छ र ?

डा. युवराज संग्रौला सभ्य बन्न समाजलाई कुशलतापूर्वक व्यवस्थापन गर्ने कानुन आवश्यक हुन्छ। बेलायतमा बेन्थमले भनेका थिए, ‘बेलायती समाजलाई अव्यवस्थाबाट जोगाउने हो भने कानुनमा आमूल सुधार गर्नुपर्छ। त्यसका लागि अलिखित र अनिश्चित कानुनलाई एकीकृत ढंगले संहिताबद्ध गर्नुपर्छ।’ उता फ्रान्समा नेपोलियनले सत्ता हातमा लिँदाको समयमा समाज क्रान्ति-प्रतिक्रान्तिका घटनाबाट विशृंखलित भइसकेको थियो। त्यस अराजक र अनुशासनहीन समाज व्यवस्थित गर्न उनले नागरिक कानुन संहिता निर्माण गरे, जसलाई ‘नेपोलियन कोड’ भनिन्छ। नेपालमा १९१० सालबाट राज्यले विशुद्ध कानुन संहिताद्वारा समाज व्यवस्थापन गर्न थालेको हो। मुलुकी ऐनका रूपमा आएको संहिता २०२० सालमा नयाँ मुलुकी ऐन बन्यो, तर…

Read More

नयाँ मुलुकी ऐनमा पञ्चायतकालिन कानुनको छायाँ देखियो :मोहन विक्रम सिंह

नयाँ मुलुकी ऐनमा पञ्चायतकालिन कानुनको छायाँ देखियो :मोहन विक्रम सिंह

२०७५ भाद्र १ गतेदेखि मुलुकी (संहिता) ऐन लागू भएको छ । सामान्यतः त्यसलाई महत्वपूर्ण कदम मान्न सकिन्छ । तैपनि त्यसमा कैयौँ गम्भीर प्रकारका कमजोरीहरू छन् । मुलुकी ऐनका ती दुवै पक्षहरूबारे ने।क।पा। (मसाल) महामन्त्री मोहन विक्रम सिंहले पछिल्लो पटक लागु भएको मुलुकी ऐनका सवल र कमजोर पक्षलाई यसरी बिश्लेषण गरेका छन । १ . मुलुकी ऐनको भाग १ को प्रारम्भिकमा सार्वजनिक हित विपरित हुने गरी काम गर्न नपाइने सिद्धान्तलाई प्रतिपादन गरिएको छ । कुनै पनि राज्य व्यवस्थाको लागि त्यो सिद्धान्तले अत्यन्त ठूलो महत्व राख्दछ । तर के प्रस्तुत ऐन र…

Read More

मुलुक भन्दा पार्टी बनाउनेमा ओलीको ध्यान

मुलुक भन्दा पार्टी बनाउनेमा ओलीको ध्यान

हृदयेश त्रिपाठी पार्टी निर्माण गर्न मात्रै सबै ऊर्जा खर्च गर्ने हो भने देश निर्माण कसले, कसरी र कहिले गर्ने रु पार्टी निर्माण गर्यौँ भनेर पुलकित र प्रफुल्लित भइरहने हो भने मुलुक निर्माण कसको जिम्मामा छोड्ने ? राज्यको बनोटसँग जोडिएका धेरै मुद्दामध्ये मधेसको मुद्दा एउटा हो । देश हाम्रो हो, राज्य हाम्रो हुन सकेन भन्ने विभिन्न सामाजिक समूह, आदिवासी र अल्पसंख्यक वा राज्यबाट वञ्चित गराइएकाको मनोविज्ञान र सोच, त्यसै प्रकारको राज्यको सोच र व्यवहारले गर्दा मधेसको मुद्दा बलवान् हुँदै गयो । बहुदलीय व्यवस्थाको आन्दोलनमा मधेसले मधेसप्रति हुने दुव्र्यवहार र विभेद अन्त्य…

Read More

सकसमा सङ्घीयता, अमिल्दा सीमारेखाहरू

सकसमा सङ्घीयता, अमिल्दा सीमारेखाहरू

विजय ज्ञवाली १९१८ को दशकतिर फ्रान्सेली दार्शनिक रावर्ट फ्रष्टले भनेका थिए,“मेहनत गर्दा आई पर्ने समस्याको चिन्ताले धेरै मानिस मर्ने गर्दछन्। कारण, संसारमा काम गर्ने मानिस भन्दा चिन्ता लिने मानिस बढी छन् ।“ उनको यो सुझबुझार्थ वाक्यांश अति सान्दर्भिक मान्ने गरिन्छ । गणतान्त्रिक व्यवस्था लागू गरिएको तत्कालीन भियतनाम अमेरिका युद्धताका अमेरिकी साम्राज्य द्वारा गरिएका बमवारिका खाडलहरूमा धेरै भियतनामी बालबच्चाहरू सहजै भासिन थालेपछि भियतनामकै एक उच्च सरकारी अधिकारीले भनेका थिए,“आर्थिक अवस्थामा जर्जर भैसकेको भियतनामले अब तिनै खाल्डा पुर्ने र जनधनको क्षतिपूर्तिको हैसियत पनि राख्न सक्नेछैन“ भन्ने चिन्तासाथ सरकारी सेवाबाट राजीनामा दिएका थिए।…

Read More

यसकारण नेपाल – चीन रेलमार्ग समृद्धिको संवाहक बन्न सक्छ

यसकारण नेपाल – चीन  रेलमार्ग समृद्धिको संवाहक बन्न सक्छ

– शशिधर गौतम  / भौगोलिक रूपमा नेपाल जस्तै अवस्थामा रहेको स्विटजरन्याण्डमा १८४७ मा रेलमार्ग सुरु भएको थियो । तर त्यो रेलमार्ग व्यावहारिक रूपमा उपयोगी हुनका लागि एक सय वर्षभन्दा बढी समय लाग्यो । १९६० को दशकमा आएपछि मात्र स्विटजरल्यान्डको रेलमार्गले गुणात्मक फड्को मार्न पुगेको थियो । आज स्विटजरल्यान्डमा रेलमार्गको सञ्जाल निकै व्यापक बनाइएको छ । रेलमार्गको स्तर उन्नति गर्न स्ीिटजरल्यान्ड सरकारले प्रत्येक वर्षमा करिब एक अरब युरो खर्च गरिरहेको छ । यसले रेलमार्ग अत्यावश्यक तर महङ्गो मार्ग हो भन्ने देखिन्छ । भारतमा इस्ट इन्डिया कम्पनी सरकारको हातमा शासन सत्ता भएको…

Read More

पूँजीवादी अर्थतन्त्रमा आर्थिक बृद्धिको आंकडा रोजगारी बृद्धिसँग जोडेर हेरिन्छ

पूँजीवादी अर्थतन्त्रमा आर्थिक बृद्धिको आंकडा रोजगारी बृद्धिसँग जोडेर  हेरिन्छ

हरि रोका  सामान्य जीवनयापन, जीवनका आवश्यकता परिपूर्ति गर्न र केही बढी आर्थिक आय आर्जन गरी आफ्नो बुढेसकाललाई सुरक्षित गर्ने हेतुले गरिने कुनै पनि कामलाई नेपालीमा ‘रोजगारी’ भनिन्छ । रोजगारीको शब्द आफैँ रोज प्लस गारी, अर्थात् दैनिक गरिने काम वा क्रियाकलाप भन्ने अर्थसँग जोडिएको छ । गाउँमा खेती किसानी गर्नु, शिक्षक हुनु, सरकारी ओहोदा वा पदमा रहनु, उद्योग र उत्पादन कार्यमा सहभागी हुनु, ब्यापार गर्नु, वा होटल वा रेष्ट्रुरेन्टमा काम गर्नु आदि यी सवै कार्य रोजगारीसँग सम्वन्धित छन् । यी सवै कामको उद्देश्य आफ्नो जीवनलाई सन्तुष्टि दिलाउँदै वा प्राप्त गर्दै, अलि…

Read More

आशा, उत्साह र उत्सवलाई केपी ओलीले जब निराशामा बदलिदिए …

आशा, उत्साह र उत्सवलाई  केपी ओलीले जब निराशामा बदलिदिए …

 विनोद देवकोटा , टिभी अन्नपूर्ण । मङ्गलवार साँझ टिभीमा जनतासङ्ग प्रधानमन्त्री कार्यक्रमको पहिलो अङ्क हेर्ने अवसर मिल्यो । कार्यक्रम सञ्चालकले आशा, उत्साह र उत्सवलाई केन्द्रमा राखेर कार्यक्रमको ओपेनिङ गरे । दुई तिहाइ बहुमतको सरकारका शक्तिशाली मानिएका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक टिभी कार्यक्रमको पर्दामा देख्दा अलि अलि आशा मलाई पनि लाग्नु स्वभाविक थियो । तर करिब पौने १ घण्टा भन्दा बढीको कार्यक्रम हेरिसकेपछि उत्साह र उत्सव भने पटक्कै पलाएन । कार्यक्रममा प्रस्तुत विषय र प्रस्तुतिले कतै पनि उत्साह र उमङ्ग दिने कुरै आएन । हुन त एउटा टेलिभिजनको कार्यक्रमले मात्रै सबै कुरा…

Read More

मार्सीवाद ! जिन्दावाद !

मार्सीवाद ! जिन्दावाद !

बिजय ज्ञवाली । मार्सीवाद नझुक्किनुहोला, मार्सीभात होईन, मासुभात पनि होईन, यो हो एक्काईसौं शताव्दीमा नेपाल खण्डमा आफ से आफ प्रतिस्थापित नौलो तर कम्यूनिष्ट जस्तै जस्तै देखिने, सामन्तको गन्ध जस्तै जस्तै आऊने, तर सामन्तवाद भने होईन है, ठ्याक्कै भन्नुभन्दा मार्सीवाद आजकल टोल चौतारो, चियापसल, गल्ली, खेत खलियान जहाँ तँही नयाँ वादको प्रतिस्थापन भएको छ मार्सीवाद त्यसैले आऊनुहोस सवैले एकैस्वरमा भनौं मार्सीवाद जिन्दावाद सानो दुःखले आर्ज्या र साना कष्टले प्रतिस्थापन गर्या होईन मार्सीवादलाई दक्षिणायनकोणवाट हेर्दा राणावाद, राजावाद, कांग्रेसवादसंग गम्सागम्सी गर्दै मार्सीवादसम्मको यात्रा तय गरेको देखिएतापनि यसो उत्तरायणतिरवाट सोंचिल्याऊँदा मार्सीवादसम्मको यात्रा झनै रोमाञ्चक…

Read More

म माथी लागेको एसएलसी फेल, भष्ट्रचारी, र माफिया डन आरोपको पुष्टि गर्न चुनौती दिन्छु

म माथी लागेको एसएलसी फेल, भष्ट्रचारी, र माफिया डन आरोपको पुष्टि गर्न चुनौती दिन्छु

गोपाल पराजुली मेरो ६५ औँ जन्मदिन मनाइरहँदा मैले केवल आफ्नो जन्मदिन मात्र मनाइनँ । मेरा अनुभव, न्यायालयमा भएका विभिन्न घटनाक्रम, मेरो पेशा, जागिर र न्यायाधीशको हैसियतले गरेका अनेकन कामहरूसँग सम्बन्धित रहेर ‘संयोगका पानाहरू’ नामको संस्मरणात्मक श्रृङ्खलाको लेखन कार्य २०७५ वैशाख १६ गतेबाट सुरु गरेको थिएँ । संस्मरणका पानाहरू थपिरहँदा मेरो बाल्यकाल, पेशागत हिसाबबाट भए–गरेका कामकारवाही, स्कूल, जवानी, राजनीतिक चेत, तत्कालीन समाजिक बनोट र परिस्थितिसँगै आफूले भोगेका अत्यन्त कठीनतम दिन, दैवीय विपत्ति र पारिवारिक वियोग, पुत्र र पत्नी गुमाउनुपर्दाको पीडा र त्यसका बाबजुद न्यायप्रति अविचलित रही गरेका कामलाई सम्झने सन्दर्भमा संयोगका…

Read More

चुनाबमा दलहरुले गरेका प्रतिबद्धता पुरा नगरे बिद्रोह हुन सक्छ

चुनाबमा दलहरुले गरेका प्रतिबद्धता पुरा नगरे बिद्रोह  हुन सक्छ

बिष्णुराज उप्रेती ।     एक्काइसौँ शताब्दीमा राज्य–नागरिक सम्बन्धको अवधारणा अरु विकास भइरहेको र खुला समाजको विकास भइरहेको अवस्थामा व्यक्तिको भूमिका बढी स्वतन्त्र देखिएकाले उसको दायित्व र जिम्मेवारी पनि यसै स्वतन्त्रतासँग जोडिएको हुन्छ। यस्तो अवस्थामा नागरिकले राज्यबाट र राज्यले नागरिकबाट विशिष्ठखालका अपेक्षा राखिरहेका हुन्छन्। यसैको सन्तुलनले कल्याणकारी राज्य र नागरिकको राज्यप्रतिको दायित्व र स्वामित्वको सम्बन्ध परिभाषित गरेको हुन्छ। तर द्वन्द्व, हिंसा र अस्थिरताले सताएका देशहरूमा राज्य–नागरिक सम्बन्ध खलबलिएको र अविश्वास, शंका, द्वेष, घृणा र वैमनश्यताले सहअस्तित्व, विविधता, विश्वास र सम्मान विस्थापित गरेको हुन्छ । हाम्रो देशमा पनि विगत दुई दशक…

Read More