रियल मड्रिडको सहज जित

रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई २–० ले हराएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरे । जितसँगै रियाल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ भने सेभिया चौथो स्थानमा झरेको छ । ला लिगाअन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले हुएस्कालाई ३–० ले हराउँदा भ्यालेन्सियाले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो । गएरातिका खेलपछि ला लिग फुटबलको अंक तालिकामा बार्सिलोनाको अग्रता कायमै छ । १९ खेलबाट उसको ४३ अंक छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ४१ अंक…

Read More

नेपाल उपविजेतामै सीमित, आयोजक थाइल्याण्डसँग ७० रनले पराजित

नेपाल उपविजेतामै सीमित, आयोजक थाइल्याण्डसँग ७० रनले पराजित

नेपाललाई ७० रनले पराजित गर्दै आयोजक थाइल्याण्डले थाइल्याण्ड टि–२० स्म्यास क्रिकेटको उपाधि जित्न सफल भएको छ । टेर्ड थाई मैदानमा आज भएको फाइनल खेलमा १२२ रनको विजयी लक्ष्य पच््छयाउने क्रममा नेपालले ५१ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । नेपालको शुरुवात राम्रो हुन सकेन । ओपनर काजल श्रेष्ठ रन आउट हुँदै पहिलो ओभरमा एक रन बनाएर आउट भइन् भने लगत्तै दोस्रो ओभरमा इन्दु बर्मा खाता नखोल्दै एलबिडब्लु आउट भइन् । पाँचौ ओभरमा प्रतियोगितामा उत्कृष्ट लयमा रहेकी सीता राना मगरले १३ तथा नेरी थापाले १७ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन…

Read More

संसारकै ठूलो ज्यान भएका रोली नेपाल आउँदै

संसारकै ठूलो ज्यान भएका रोली नेपाल आउँदै

‘द विष्ट’को उपनामले प्रख्यात विश्व बडीबिल्डिङमा सबैभन्दा ठूलो ज्यान भएका खेलाडी रोली विङ्लार पहिलो पटक नेपाल आउने भएका छन् । नेपाली खेल इतिहासमा पहिलो पटक आयोजना हुन लागेको ‘आइएफबिबी प्रोफेसनल लिग नेपाल बडीबिल्डिङ च्याम्पियनसिप–२०१९ को प्रो क्वालिफायरका लागि विङ्लार आगामी फागुन २ गते काठमाडौँ आउन लागेको आयोजक आइएफबिबी लिग नेपालका प्रमुख एवं पूर्वखेलाडी सानु गुरुङले जानकारी दिनुभयो । बडीबिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मानिने मिस्टर ओलम्पियामा भाग लिन प्रो कार्ड आवश्कता पर्छ र त्यसका लागि प्रो कार्ड अनिवार्य लिनुपर्ने हुन्छ । ‘फुटबलको वल्डकप वालिफायर जस्तै मिस्टर ओलम्पियाको लागि पनि यो क्वालिफायर…

Read More

मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनोको बधाई

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पामार्फत बिहीबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले आठौं पटक लिग च्याम्पियन बन्न सफल भएकोमा मनाङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक, प्रावधिक टोली, मेडिकल टोली र समर्थकहरुलाई बधाई दिएका हुन् । उनले सोही पत्रमा समर्थ फुटबल समुदायका तर्फबाट मनाङ र एन्फालाई फुटबलमा सकारात्मक सन्देश प्रवाह गरेकोमा पनि धन्यवाद दिएका छन् । गत असोज १३ देखि सुरु भई लिग फुटबल पुस २४ गते सम्पन्न भएको थियो । ५ वर्षपछि एन्फाले आयोजना…

Read More

डर्टमन्डसँग अंक दुरी घटाउँदै बायर्न

डर्टमन्डसँग अंक दुरी घटाउँदै बायर्न

जर्मन बुन्डेस लिगको साविक विजेता बायर्न म्युनिखले शीर्ष टोली बोरुसिया डर्टमन्डसँग अंक दुरी घटाउँदै लगेको छ । लिगको दोस्रो स्थानमा रहेको बायर्नले शुक्रबार राति भएको खेलमा होफेनहाइमलाई ३–१ गोलले हरायो । जितसँगै बायर्नले डर्टमन्डसँगको दुरी तीन अंकले घटाएको हो । बायर्नको १८ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेलेको डर्टमन्डको ४२ अंक छ । डर्टमन्डले आज राति आरबी लेपिजिजसँग प्रतिस्पर्धा गर्दैछ । यस खेलमा जित हात पारे डर्टमन्डले फेरि ६ अंकको नै अग्रता बनाउनेछ । होफेनहाइनको घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा बायर्नलाई जिताउन लियोन गोरेट्ज्काले २ तथा…

Read More

नेपाली महिला क्रिकेट टोली फाइलन प्रवेश

नेपाली महिला क्रिकेट टोली फाइलन प्रवेश

नेपाल थाइल्याण्डमा जारी टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्‍याए । व्यक्तिगततर्फ सीताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी…

Read More

बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा

बार्सिलोना कोपा डेल रेको क्वार्टरफाइनलमा

औसमाने डेम्बेलेको २ तथा लियोनल मेसीको १ गोलबाट प्रेरित बार्सिलोनाले बिहीबार लेभान्टेलाई ३ ० ले हराउँदै कोपा डेल रेको क्वार्टरफाइनलमा स्थान बनाएको छ । पहिलो लेगमा २ १ ले पराजित भएको स्थिति उल्टाउँदै बार्सिलोनाले समग्रमा ४ २ को नतिजासहित अन्तिम आठमा स्थान बनाएको हो । पहिलो हाफमा डेम्बेलेले दुई गोल गर्ने बित्तिकै बार्सिलोनाले समग्रतामा अग्रता थिएको थियो । घरेलु मैदान नोउ क्याम्पमा दोस्रो हाफमा मेसीकै अर्को गोल थपेपछि बार्सिलोना सहज जित निकाल्न सफल भएको हो । पछिल्लो पाँच खेलमा मेसीको यो सातौं गोल हो । यद्यपि पहिलो लेगमा अनुचित खेलाडी…

Read More

फाइनल पुग्ने लक्ष्यका साथ नेपाल इन्डोनेसियासँग भिड्दै

फाइनल पुग्ने लक्ष्यका साथ नेपाल इन्डोनेसियासँग भिड्दै

थाइल्यान्ड महिला टी–ट्वान्टी स्माश क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा आज नेपालले इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।नेपालले फाइनल प्रवेशका लागि इन्डोनेसियासँग टर्डथाइ क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान ८ बजेर १५ मिनेटमा प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’बाट नेपालले एक खेल पनि नहारी चारै खेलमा शतप्रतिशत जितसहित सेमिफाइनलमा प्रवेश गरेको टिम हो । यता, इन्डोनेसियाले भने समूह ‘बी’ मा तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै सेमिफाइनलमा पुगेको हो । आजको खेलमा पनि जित हात पार्दै नेपाल फाइनलमा पुग्ने लक्ष्यमा रहेको छ ।

Read More

महिला क्रिकेट : सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

महिला क्रिकेट : सेमिफाइनलमा नेपालले इण्डोनेसियासँग प्रतिस्पर्धा गर्ने

थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ । बैंककको ट्रेडथाई क्रिकेट मैदानमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो । नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो । राष्ट्रिय…

Read More

युभेन्टसले उचाल्यो आठौं पटक किर्तीमानी सुपर कपको उपाधि

युभेन्टसले उचाल्यो आठौं पटक किर्तीमानी सुपर कपको उपाधि

यस वर्षको इटालीयन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ । साउदी अरबको जेदाहमा गएराती भएको खेलमा एसी मिलानलाई हराउँदै युभेन्टसले किर्तीमानी आठौं पटक सुपर कपको उपाधि जितेको हो । युभेन्टसलाई उपाधि दिलाउन पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले निर्णायक गोल गरे । इटालीयन लिग सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टसका लागि रोनाल्डोको यो १६ औं गोल हो ।

Read More