इपीएल क्रिकेटः पोखराको रोमाञ्चक जित

इपीएल क्रिकेटः पोखराको रोमाञ्चक जित

एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजले बिरानटगर वारियर्समाथि एक रनको रोमाञ्चक जित हात पारेको छ । अन्तिममा चार बलमा एक रन चाहिएको विराटगरले पुरा गर्न नसकेपछि हार ब्यहोर्नु परेको हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखरा २० ओभरमा सात विकेट गुमाउदा ८४ रन मात्र बनाउन सक्यो । सुरुवाती दुई खेलमा हाइस्कोर गरेर पनि पराजित भएको पोखराले आज निकै खराव सुरुवात गर्यो । ५ रनमा पहिलो विकेट गुमाएको पोखराले १९ रन बनाउदा चार विकेट खेर फालेको थियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । यसअघिका…

Read More

एभरेष्ट प्रिमियर लिगमा आज दुई खेल हुँदै

एभरेष्ट प्रिमियर लिगमा आज दुई खेल हुँदै

एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् ।कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ ।पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ । पोखराविरुद्ध मैदान उत्रदा साविकको विजेतासमेत रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ललितपुर प्याट्रियसलाई पराजित गरेको थियो ।पोखराले भने यसअघिका दुवै खेलमा पराजित भइसकेको छ । पोखरालाई अघिल्लो चरणको यात्रा तय गर्न जित्नै पर्ने…

Read More

अस्ट्रेलियाविरुद्ध भारतको दुर्लभ जित

अस्ट्रेलियाविरुद्ध भारतको दुर्लभ जित

भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट खेलमा दुर्लभ जित हात पारेको छ। जारी अस्ट्रेलिया र भारतबीचको ४ खेलको टेस्ट सिरिजको पहिलो खेलमा भारत ३१ रनले विजयी भएको हो। भारत १० वर्षपछि पहिलो पटक अस्ट्रेलियन भूमिमा टेस्ट खेलमा जित निकाल्न सफल भयो। भारतले २००८ मा अनिल कुम्बलेको कप्तानीमा जित निकालेको थियो। भारतले एडिलेडमा भने पछिल्लोपटक २००३ मा शौरव गांगुलीको कप्तानीमा जित निकालेको थियो। दुई टिमबीच ७१ वर्षे टेस्ट इतिहासमा पहिलोपटक भारतले सिरिजको पहिलो खेलसमेत जित्न सफल भयो। चार खेलको सिरिजको दोस्रो टेस्ट १४ डिसेम्बरमा पर्थमा सुरु हुनेछ। भारतले दिएको ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया…

Read More

ईपीएल : ललितपुरको शानदार जित, पोखराको लगातार दोस्रो हार

ईपीएल : ललितपुरको शानदार जित, पोखराको लगातार दोस्रो हार

भारतीय ब्याट्सम्यानद्वय गौरव तोमर र जयकिसन कोल्सावालाको शतकीय साझेदारीमा ललितपुर प्याट्रियट्सले टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ । ललितपुरको तेस्रो खेलमा यो दोस्रो जित हो भने पोखराको लगातार दोस्रो हार हो ।पोखराले प्रस्तुत गरेको १ सय ६७ रनको विजयी लक्ष्य पक्ष्याएको ललितपुरले १५.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । ललितपुरलाई सहज जित दिलाउन ओपनर कोल्सावा र तोमरले १२.३ ओभर सम्म १ सय २९ रनको साभेदारी गर्दै सहज जित दिलाए । १३औं ओभरमा सुशान भारीको बलमा मार्की खेलाडी शक्ति गौचनको हातबाट क्याचआउट हुनुअघि जयकिसनले…

Read More

काठमाडौंले चितवनलाई ६ विकेटले हरायो

काठमाडौंले चितवनलाई ६ विकेटले हरायो

एभरेस्ट प्रिमियर लिग आइपिएल टी २० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्स लगातार दोस्रो खेलमा पराजित भएको छ। चितवनलाई सोमबार भएको खेलमा काठमाडौं किंग्स ११ ले ६ विकेटले पराजित गरेको हो। काठमाडौंको यो विजयी सुरुवात हो। चितवन भने आइतबार ललितपुर प्याट्रिओट्ससँग पराजित भएको थियो। १ सय ६१ रनको लक्ष्य काठमाडौंले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यानद्वय अमित श्रेष्ठले १८ रन र सागर पुनले ३९ रन जोडे। अमितले २४ बलमा २ चौका र सागरले ३४ बलमा ६ चौका प्रहार गरे। सागर र अमितबीच पहिलो विकेटका लागि ३६ रनको…

Read More

ईपीएलमा आज चितवन टाइगर्स र काठमाडौं किङ्स–११ बीच भिडन्त

ईपीएलमा आज चितवन टाइगर्स र काठमाडौं किङ्स–११ बीच भिडन्त

तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० मा आज चितवन टाइगर्स र काठमाडौं किङ्स ११ ले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौं किङ्स—११ ले प्रतिस्पर्धा गर्न लागेका हुन् ।ईपीएलमा पहिलो खेल खेल्न लागेको काठमाडौंको कप्तानी राष्ट्रिय टोलीका पेश बलर सोमपाल कामीले सम्हालेका छन् भने चितवन टाइगर्सको कप्तानी पृथु बाँस्कोटाले गरेका छन् ।ईपीएलमा आफ्नो पहिलो खेल ११ रनले ललितपुर प्याट्रियट्सलाई सुम्पिएको चितवन काठमाडौंलाई रोक्दै सुखद पुनरागमनको खोजीमा हनेछ । भने लिगको पहिलो खेलमा चितवनसँग भिड्न लागेको काठमाडौं सुखद सुुरुआतमा हुुनेछ ।यसअघि…

Read More

रोहित चन्दले इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते

रोहित चन्दले  इन्डोनेसियामा वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर्स तथा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । जाकार्ताको मुख्य सदस्यको रुपमा रहंदै आएका रोहितले एकपछि अर्को राम्रो प्रदर्शन गर्दै आएका थिए ।उनकै उत्कृष्ट प्रदर्शनमा जाकार्ताले लिग वानको उपाधि उचाल्न सफल भएको हो । अन्तर्राष्ट्रिय क्लबमा आबद्ध भएर दक्षिण एसियाली राष्ट्र बाहिर टिम च्याम्पियन बनाउने र विधागत अवार्ड जित्ने रोहित पहिलो नेपाली फुटबलर हुन् ।

Read More

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुने पहिलो खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० सँग विहान ११ बजे प्रतिस्पर्धा गर्दै छ ।आर्मी लिगको चौथो स्थानमा र बीबीसी ११औं स्थानमा छन् । ६ खेलबाट चार खेलमा जित र दुई खेलमा बराबरी गरेको आर्मी आजको खेलमा जित हात पार्दै उपाधि दौडमा आफ्नो यात्रालाई निरन्तरता दिन चाहन्छ । बीबीसी भने आर्मीलाई रोक्ने प्रयासमा छ ।त्यस्तै, एन्फा कम्प्लेक्समै आज हुने अर्को खेलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा…

Read More

जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा

जाउलाखेललाई हराउँदै थ्रिस्टार लिगको दोस्रो स्थानमा

थ्रीस्टार क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको दोस्रो स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा थ्रिस्टारले जाउलाखेल माथि २–० को जित निकाल्दै अङ्क तालिकाको दोस्रो स्थानमा उक्लेको हो । थ्रिस्टारको जितमा रञ्जीत धिमाल नायक बने । उनले खेलको दोस्रो हाफमा दुई गोल गरे । खेलको ५२ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै थ्रिस्टारलाई पहिलो अग्रता दिलाए । थ्रिस्टारका सुनिबल बलले डिबक्स एरियाभित्र प्रहार गरेको बललाई जाउलाखेलका खेलाडी कुलदीप कार्कीले ह्यान्ड गरेपछि थ्रिस्टारले पेनाल्टी पाएको थियो । खेलको ६९औँ मिनेटमा…

Read More

‘ए’ डिभिजन लिग : सरस्वतीमाथि एपिएफको सहज जित

‘ए’ डिभिजन लिग : सरस्वतीमाथि एपिएफको सहज जित

पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सरस्वती युथ क्लबलाई ३–० ले पराजित गरेको छ। सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा सरस्वतीलाई लगातार तीन खेलको हार चखाउने १८ औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । ४३ औं मिनेटमा युवराज लामाले डि बक्स भित्रबाट उत्कृष्ट गोल गर्दै टिमलाई पहिलो हाफमा दुई शुन्यले अगाडी राखे । दोस्रो हाफमा पनि एपिएफले सरस्वतीलाई दबावमा राख्दै अर्को एक गोल थप्यो । जसमा ८८ औं मिनेटमा रुपबहादुर लामाले गोल गर्न सफल भए । जितपछि एपीएफले सात खेलबाट १०…

Read More