डिशहोमको च्यानल रमाइलो टिभीमा नयाँ कार्यक्रम आउँदै

डिशहोमको च्यानल रमाइलो टिभीमा नयाँ कार्यक्रम आउँदै

डिश मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आफैले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोम आफैले प्रवर्धन गरेका च्यानलहरुमध्ये पनि रमाईलो टिभिले दर्शकहरुको मन जित्न सफल भएको छ । रमाईलो टेलिभिजनमा हाल प्रशारण भईरहेका कार्यक्रमहरु जस्तै आनन्दी, जड्यौरी, लोक भाका, मेरो कथा, म्युजिक इभ, झुम्की, ग्रहफल जस्ता कार्यक्रमहरु दर्शकमाझ अत्यन्त रुचाईएको डिशहोमले जनाएको छ । रमाईलो टिभिका दर्शकहरुलाई अझ भरपुर मनोरञ्जन दिने उदेश्यले, तिहारको अवसर पारेर भाईटीकाको दिन देखी नयाँ कार्यक्रम तथा धारावाहिक टेलि श्रृंखलाहरु प्रशारणमा आउने भएका छन् । नारी सम्वेदनामा…

Read More

डिसहोम जोड्न चाहनेलाई मौका, जडान उपकरण सित्तैमा

डिसहोम जोड्न चाहनेलाई मौका, जडान उपकरण सित्तैमा

एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटिएच सेवा प्रदायक, डिसहोमले उपभोक्ताहरु माझ डिसहोम फ्रि अफर नामक योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले डिसहोम रिचार्ज गर्दा जडान उपकरण सित्तैमा प्राप्त गर्न सक्ने बताएको छ । यो योजना २०७५ भाद्र १ गते सुरु भई सिमित अवधिको लागी लागु हुने डिसहोमले बताएको छ। । नेपालमा सरकारले लागु गरेको अनिवार्य डिजिटलाईजेसनको निति नेपालभर लागु भइसकेको अवस्थामा ग्राहकहरुलाई सजिलै गुणस्तरिय सेवा प्रदान गर्नका लागी यो योजना लागु गरिएको डिसहोम द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । डिसहोमको जडान उपकरणहरु फ्रि मा पाउने भएपछि यो…

Read More

सिम टिभीको व्यवस्थापन अब डिशहोमले गर्ने

सिम टिभीको व्यवस्थापन अब डिशहोमले गर्ने

सिम टिभीको व्यवस्थापनको सम्पूर्ण जिम्मा डिश मिडिया नेटवर्क लिमिटेडले लिने भएको छ । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) र सिम्पल मिडिया नेटवर्क प्रा.लि. (सिम टिभी) को संचालक समितिको संयुक्त वैठकले सिम टिभी डिश मिडिया नेटवर्क लिमिटेडले किन्ने गरि खरिद सम्झौता सम्पन्न गरेको हो । सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) नेपालको पे टिभी ईन्डष्ट्रिमा काम गरिरहेको सबै भन्दा सफल र ठुलो कम्पनी हो । असार १८, २०७४ बाट यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइ सकेको छ र निकट भविष्यमा सर्वसाधारणका लागि शेयर समेत निष्काशन गर्ने…

Read More

असार मसान्तभित्र अनिवार्य देशभरकै एनालग प्रसारण बन्द गर्ने सरकारको तयारी

असार मसान्तभित्र अनिवार्य देशभरकै एनालग प्रसारण बन्द गर्ने सरकारको तयारी

सरकारले आगामी १ सय दिनभित्र देश भरको एनलग टेलिभिजन प्रसारण बन्द गरि डिजिटलमा रुपान्तारित गराउने भएको छ । सञ्चार तथा सुचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले आईतबार सार्वजनिक गरेको मन्त्रालयको १ सय दिनभित्र गर्ने कार्यसुचिमा एनलग प्रविधीलाई असाढ मसान्तभित्रै देशभर डिजिटल प्रसारणको व्यवस्था गर्ने उल्लेख छ । सय दिनको कार्यसुचि सार्वजनिक गदै राज्यमन्त्री बाँस्कोटाले बहुमतप्राप्त सरकारका काम जनताले अनुभुत गर्नेगरि हुनुपर्ने भन्दै यसको अबिलम्ब कार्यन्वन गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन । दुर सञ्चार ऐन २०५३ को परिमार्जन, हुलाक बचत बैंकको विस्तार लगायत विभिन्न २१ बुँदे कार्यसुचिमा टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा…

Read More

अन्ततः बन्द भयो एनालग टेलिभिजन

अन्ततः बन्द भयो एनालग टेलिभिजन

सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौं उपत्यकामा एनालग टीभी बन्द गराएको छ। मन्त्रालयले बुधबार एनालग प्रविधिबाट आधारित भएर सेवा प्रदान गर्दै आएका टेलिभिजन प्रदायक कम्पनीमा अनुगमन गरी सेवा बन्द गराएको हो। अब काठमाडौं उपत्यकामा एनालगमा आधारित सम्पूर्ण सेवा बन्द भएको छ। मन्त्रालयबाट केबल टेलिभिजन शाखाका प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपाल, मन्त्रालयका उपसचिव युवराज खतिवडाको टोली अनुगमनमा निस्केको थियो। टोलीले काठमाडौं उपत्यकाभित्रका १० वटा कम्पनीमा पुगेर एनालगबाट चल्दै आएका सम्पूर्ण सेवा बन्द गराएको हो। सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालका अनुसार टोलीले बुधबार सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ…

Read More