पिरिम नलाउने गीत करोड क्लबमा प्रवेश

पिरिम नलाउने गीत करोड क्लबमा प्रवेश

बहुचर्चित गीत पिरिम नलाउनेको भिडियो एक करोड बढी दर्शकले हेरेका छन् । चर्चित संगीतकार दीपक शर्माको शब्द संगीत रहेको लोक लयमा आधारित यो गीतले ५१ दिनमा १ करोड बढी दर्शक पाएको हो । पिरिम नलाउनले युट्युबमा १ करोड बढी दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशिष सचिनले खुशीयाली मनाउँदै केक काटेका छन् ।  राजधानीमा एक कार्यक्रमका बिच मनाइएको विशेष उत्सबमा पिरिम नलाउनेको टिमका साथै चर्चित कलाकारहरु तथा संगीत पारखीहरुको उपस्थिती रहेको थियो । युट्युबमा मात्रै नभएर टिक टक, म्यूजिकल्ली  र बाहिरि बजारमा पनि खुबै रुचाइएको यो गीतमा चर्चित नायिका…

Read More

लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने

लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने

अभिनेत्री स्वस्तिमा खड्काले राजधानीको टुँडिखेलमा लाइभ नृत्य देखाउने भएकी छन् । मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका स्वस्तिमा सहित नेपाली संगीत तथा फिल्म क्षेत्रका कलाकारहरुले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ । सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५,००० भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान रहेको छ । अभिनेत्री स्वस्तिमा सहित गायक सुगम पोखरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवर, स्वप्न सुमन,…

Read More

‘म बोल्छु’ भन्दै नायिका मानन्धर

‘म बोल्छु’ भन्दै नायिका मानन्धर

–सञ्चिता घिमिरे चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सकिनन् । दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उनी खुलेरै भन्न थालेकी छन् । उनी जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उनको अनुभव छ । नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी उनी गाउँगाउँमा पुगेर महिलाको अवस्था देख्दा झनै दुःखी छन् । आमाले भोगेको समस्याका बारेमा उनले भनीन्, “एकल महिला भएकै कारण आमाले सम्पत्ति नपाउँदा उहाँको अधिकार खोज्न सकिएन ।” जीवन निर्वाहका लागि आमासँगै आफू पनि कठिन परिश्रम गरेको स्मरण…

Read More

‘बाटै बाटो’मा काजोलको पछि परे मिलन

‘बाटै बाटो’मा काजोलको पछि परे मिलन

गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘बाटै बाटो’ बोलको गीतमा गायक बिन्तिकुमार कै शब्दाव सुन्न सकिन्छ। गीतमा लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल कर्ण फिचरिङ छन्। राजीव समरको नृत्य निर्देशन रहेको भिडियोमा मिलन काजोलको पछि परेको देख्न सकिन्छ। ‘जश्मिन क्रियशन’को प्रस्तुतीमा तयार भएको भिडियोमा अर्जुन तिवारीले क्यामेरा चलाएका छन् भने ड्रोन उडाउने जिम्मा सुरेश काफ्लेले पाएका छन्। भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।  

Read More

भारतीय कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिँदै

भारतीय कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिँदै

भारतीय हास्य कलाकार कपिल शर्मा विवाह बन्धनमा बाधिने भएका छन्। शर्माले सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो विवाहको निम्तो दिएका हुन्। उनको ट्विटअनुसार विवाह डिसेम्बर १२ मा हुने भएको हो। उनले गिन्नी चतरथसँग विवाह गर्न लागेका हुन्। कपिलका अनुसार यी दुईको पहिलो भेट सन् २००५ मा भएको थियो। गिन्नीको कलेजमा विद्यार्थीको अडिसन दिन जाँदा भेट भएको थियो। त्यही बेलादेखि उनले गिन्नीलाई मन पराएको बताएका छन्। कपिलका अनुसार उनका बाबुले गिन्नीसँग विवाह गर्न अस्वीकार गरेका थिए। पछि उनी राजी भएका थिए। सन् २००७ मा लाप्टर च्यालेन्ज ३ को उपाधि जितेर कपिल बलिउडमा प्रवेश…

Read More

कुन कलाकारले कति महंगा कार चढ्छन् ? (भिडियोसहित)

कुन कलाकारले कति महंगा कार चढ्छन् ? (भिडियोसहित)

केही वर्षअघिसम्म सिनेमा अभिनय, निर्माणबाट जीविकोपार्जन गर्न गाह्रो परिरहेको गुनासो गर्ने फिल्म सेलिब्रेटीहरू पछिल्लो समय यो क्षेत्रमा नाम र दाम दुवै पर्याप्त रहेको बताउने गर्छन् । नेपाली फिल्म निर्माणमा आएको तीव्रता, फिल्म तथा कलाकारको स्वदेश तथा विदेशमा मागका कारण पनि सेलिब्रेटीको जीवनशैली महँगो देखिएको छ ।अहिले चल्तीमा रहेका अधिकांश सेलिब्रेटी आफ्नै निजी सवारीसाधनमा हुइँकिने गर्छन् । कार फेरिफेरी चढ्ने अभिनेतामा अग्रस्थानमा आउँछन् भुवन केसी । उनी हिरो बन्नुअघि नै कार चलाउने गर्थे । ‘फिल्ममा आउनुअघिदेखि नै गाडी चढ्ने गरेको हुँ,’ भुवन भन्छन्, ‘बजारमा नयाँ मोडलको कार आउनेबित्तिकै खरिद गर्ने गरेको…

Read More

दिलै यो जलाईमा पल र एलिशाको विछोड पिडा

दिलै यो जलाईमा पल र एलिशाको विछोड पिडा

मिलन खलिङ राईको स्वर रहेको नयाँ गीत ‘दिलै यो जलाई’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा पुष्प अधिकारी ‘एन्जल’को शब्द तथा दिपेन्द्र थिङको संगीत सुन्न सकिन्छ। गीतको एरेन्ज सुमन केसीले गरेका छन्। मिलनले यसै गीतबाट गायनमा डेब्यु गरेका छन्। शान थापाको निर्देशनमा तयार भएको यस भिडियोमा पल शाह र एलिशा राई फिचरिङ छन्। रजिव समरको कोरियोग्राफी रहेको भिडियोमा पल र एलिशाको विछोडको पिडालाई देखाइएको छ। महेन्द्र खलिङ राईको प्रस्तुतीमा निर्माण भएको भिडियोमा वुद्ध थापाको छायांकन रहेको छ। अर्जुन तिवारीको डिओपी रहेको भिडियोलाई सुप्रिम पराजुलीको सम्पादन गरेका छन्।  

Read More

बलिउडको सबभन्दा महँगो फिल्म बन्यो ‘२.०’, प्रर्दशन अगाडी नै २ सय करोड कमाई

बलिउडको सबभन्दा महँगो फिल्म बन्यो ‘२.०’, प्रर्दशन अगाडी नै २ सय करोड कमाई

नोभेम्बर २९ अर्थात अबको एक हप्तापछि प्रदर्शनमा आउने फिल्म २.० ले फिल्म ‘बाहुबली २’को रेकर्ड तोडेको छ। अक्षय कुमार र रजनीकान्त स्टारर यो फिल्म बलिउड फिल्म उद्योगको इतिहासमा अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको फिल्म हो । फिल्म रजनीकान्त अभिनीत बलिउड फिल्म रोबोटको सिक्वेल हो। यो फिल्म भारतमा मात्र ६६ सय देखि ६८ सय हलमा एक साथ प्रदर्शन हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जबकी ‘बाहुबली २’ भारतका ६५ सय हलमा प्रदर्शन भएको थियो। यस्तोमा प्रदर्शन अगावै अक्षयको फिल्मले नयाँ रेकर्ड बनाएको छ। त्यस्तै, २ घण्टा २८ मिनेट लामो यो फिल्मले पहिलो दिन…

Read More

किन कोठीमा पुगीन त आशा खड्का ‘एक हजारको नोट’ को कारण

किन कोठीमा पुगीन त आशा खड्का ‘एक हजारको नोट’ को कारण

गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । सर्वाधिक दर्शक तथा स्रोताका रोजाईमा रहेका ख्याती प्राप्त कलाकारहरुको साथमा निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो । बविता श्रेष्ठद्धारा निर्देशित गीतमा वियोगान्त अवस्था र प्रेम पछिको विछोडको अवस्थालाई गीतमा समेटिएको छ । बविता श्रेष्ठद्धारा निर्देशित गीतमा मायामा परेका जोडीहरुले स्वार्थमा परेर आफनै बहिनीलाई कोठीमा पुयाएको प्रतिनिधि कथालाई समेटिएको छ । मायालाई पैसामा तुलना गर्ने परिस्थतीलाई हटाउनुपर्छ भन्ने सन्देश गीतमा रहेको छ । त्रिकोणात्मक प्रेम कथामा रहेको गीतमा…

Read More

दिपशिखा अभिनित ‘प्रेम लिला’को पोस्टर रिलिज

दिपशिखा अभिनित ‘प्रेम लिला’को पोस्टर रिलिज

नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको पोष्टरमा फिल्मका तीन मुख्य पात्र नायिका दिपशिखा खड्का र नायक द्वय अलि खान र मौसम खड्का अटाएका छन् । सार्वजनिक ४ भिन्न भिन्न पोष्टरमा फिल्मकी नायिका दिपशिखा खड्काको दुवै नायकसँगको प्रेम भाव देख्न सकिन्छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको फर्स्ट लुक र पहिलो गीत ‘जाने क्या हुवा ए’ यसअघि सार्वजनिक भइसकेको छ । फिल्ममा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको…

Read More