आफैं बिरामी कान्ति बाल अस्पताल: महत्वपूर्ण उपचारमा अरुकै भर (भिडियोसहित)

आफैं बिरामी कान्ति बाल अस्पताल: महत्वपूर्ण उपचारमा अरुकै भर (भिडियोसहित)

अस्पतालको भित्रको दुर्गन्धले बिरामी भएर फर्कन्छन कुरुवा विनोद देवकोटा । कान्ति बाल अस्पताल । मुुलुककै एकमात्र केन्द्रीय बाल अस्पताल हो । देशको कुना कुनाबाट बालबालिकाहरुको उपचारका लागि मानिसहरुको घुइँचो लाग्ने गर्दछ । धेरैको आसा र भरोसा कान्तिमा गएपछि आफ्नो बालबालिकालाई सन्चो होला भन्ने हुन्छ । तर यथार्थ भने ठिक उल्टो छ । किनकी कान्ति बाल अस्पताल आफै बिरामी छ । अस्पताललाई विभिन्न समस्याले बिरामी पारेको छ । जनशक्ति अभाव, पुराना मेसिन तथा उपकरण, चरम आर्थिक संकट लगायत विभिन्न समस्याले सताएको छ । बिरामीको उपचारमा ध्यान दिनुपर्ने र सेवा प्रवाहलाई प्रभावकारी…

Read More

मापसे गरी सवारी चलाउने महिला बढे, प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता हाबी(भिडियोसहित)

मापसे गरी सवारी चलाउने महिला बढे, प्रहरीले जाँच गर्दैन भन्ने मानसिकता हाबी(भिडियोसहित)

पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको संख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४–७५ को तुलनामा चालू आर्थिक वर्षमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्या बढेको पाइएको छ । आव २०७४–७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए । ‘पछिल्लो समय मापसे गरेर सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइयो,’ उनले भने, ‘महिलामा मापसे…

Read More

कुन कलाकारले कति महंगा कार चढ्छन् ? (भिडियोसहित)

कुन कलाकारले कति महंगा कार चढ्छन् ? (भिडियोसहित)

केही वर्षअघिसम्म सिनेमा अभिनय, निर्माणबाट जीविकोपार्जन गर्न गाह्रो परिरहेको गुनासो गर्ने फिल्म सेलिब्रेटीहरू पछिल्लो समय यो क्षेत्रमा नाम र दाम दुवै पर्याप्त रहेको बताउने गर्छन् । नेपाली फिल्म निर्माणमा आएको तीव्रता, फिल्म तथा कलाकारको स्वदेश तथा विदेशमा मागका कारण पनि सेलिब्रेटीको जीवनशैली महँगो देखिएको छ ।अहिले चल्तीमा रहेका अधिकांश सेलिब्रेटी आफ्नै निजी सवारीसाधनमा हुइँकिने गर्छन् । कार फेरिफेरी चढ्ने अभिनेतामा अग्रस्थानमा आउँछन् भुवन केसी । उनी हिरो बन्नुअघि नै कार चलाउने गर्थे । ‘फिल्ममा आउनुअघिदेखि नै गाडी चढ्ने गरेको हुँ,’ भुवन भन्छन्, ‘बजारमा नयाँ मोडलको कार आउनेबित्तिकै खरिद गर्ने गरेको…

Read More

नेपालमा विदेसीको अचम्मको आर्कषण, करोडौं जरिवाना तिरेर पनि बस्छन किन ?

नेपालमा विदेसीको अचम्मको आर्कषण, करोडौं जरिवाना तिरेर पनि बस्छन किन ?

  इद्रिस अहमद र अब्दुल सलाम । पाकिस्तानी नागरिक मन्सुर अहमद सिद्दिकी ४१ वर्षका भए । श्रीमती समिनार तीन छोरीहरू अमतुल्ला, निगरिस र हिवातुल साथ उनी काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८ मा बसेका छन् । उनले डीटी ५४६८२३१ नम्बरको पाकिस्तानी राहदानीमा इस्लामावादस्थित नेपाली दूतावासमा ११ मे २०११ मा पर्यटकको रूपमा नेपाल आउन भिसा लिएका थिए । भिसा लगाएको करीब ५ महीनापछि मन्सुर १३ अक्टोबर २०११ को मध्याह्न परिवारसाथ कराँचीबाट काठमाडौंका लागि उडे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखाले उनलाई त्यसै दिन ३० दिनसम्म रहन सक्ने छाप लगाइदियो । तर, उनले ३० दिनपछि पनि…

Read More

सरकारी कार्यालयमा भारतले बनाएको नक्सा प्रयोग ! (भिडियोसहित)

सरकारी कार्यालयमा भारतले बनाएको नक्सा प्रयोग ! (भिडियोसहित)

देशभक्त जनगणतान्त्रीक मोर्चाले नेपालको केहि भूभाग नै नभएको नक्सा प्रयोग भईरहेको भन्दै तत्काल नेपालको पूर्ण आकारको नक्सा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार काठमाडौ जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ज्ञापन पत्र बुझउदै नेपालको १ लाख ४७ हजार १ सय ८१ वर्गमिटर क्षेत्र फल भएको पुरा नक्शा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको हो । सरकारी कार्यालय र स्थानीय कार्यालयमा कालापानी वाहेकको नेपालको नक्शाको प्रयोग भएको अनुगमनपछि पुरा नक्शा प्रयोग गर्न ध्यानाकर्षण गराईएको मोर्चाका काठमाण्डौ ईन्चार्ज सुरेश श्रेष्ठले जानकारी दिए । त्यस्तै उनले भारतद्धारा निर्मित नेपालको नक्कली नक्सा खारेज गर्न…

Read More

बुढानिलकण्ठ नगरपालिकामा सेवाभन्दा सास्ती बढी, मेयर भन्छन कर्मचारीले टेरेनन(भिडियोसहित)

बुढानिलकण्ठ नगरपालिकामा सेवाभन्दा सास्ती बढी, मेयर भन्छन कर्मचारीले टेरेनन(भिडियोसहित)

विनोद देवकोटा, टिभी अन्नपूर्ण ।  संघीयतामा जाँदा प्रशासनिक र संरचनात्मक रुपमा देशले नयाँ प्रणाली अवलम्बन गर्यो । २० वर्षदेखी हुन नसकेको स्थानीय निकायको चुनाव भयो । जनप्रतिनिधी चुनिए । सिंहदरवारका अधिकार गाउँगाउँमा पुगे । तर अपेक्षाकृत रुपमा जनताले सहज र सुलभ रुपमा सिंहदरवारको सेवा पाउनुको साटो कर्मचारी र जनप्रतिनिधीको मनोमानिका कारण झन सास्ती भोग्दै छन । सुशासन र जवाफदेहिता स्थानीय तहमा पटक्कै छैन । कर्मचारीको पुरानै मानसिकता र कुहिरोका कागजस्तै जनप्रतिनिधीका कारण संघीयता तातो दुध निल्नु न ओकल्नुको त्रासमा छ सरकार । देशको दुरदराजका कुरा छाडौं केन्द्रीय राजधानी काठमाण्डौभित्रै स्थानीय…

Read More

ओलीजी घोडा चढ्नुभयो तर हाँक्न सक्नुभएन यसले जनतालाई निराश बनायो: पशुपति शमशेर(भिडियोसहित)

ओलीजी घोडा चढ्नुभयो तर हाँक्न सक्नुभएन यसले जनतालाई निराश बनायो: पशुपति शमशेर(भिडियोसहित)

हामीले एउटा सुत्र बनाएका छौ राजतन्त्रवादी  र गणतन्त्रको बिचबाट जाने । यहि नै तीन राप्रपबिचको मिलनबिन्दु हो । लामो समयदेखि छलफलमा रहेका तीन वटा राप्रपाबीचको एकता तत्कालका लागि टरेको छ । एकता घोषणा गर्ने मिति समेत तय गरिसकेपछिको अवस्थामा उनीहरूको एकता भाँडिएको हो । कमल थापा नेतृत्वको राप्रपा, पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र प्रकाश चन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी)बीच एकताको तयारी र छलफल चलेको थियो । थापा र जबरा नेतृत्वका दुई राप्रपाबीचको एकता घोषणाको तयारी भइरहँदा अन्तिम समयमा आएर रोकियो । एकता प्रक्रिया अवरुद्ध भएपछि दुवै नेताहरू एक…

Read More

सरकारको कार्यशैलीले जनता निराश छन्, नारामा भन्दा काममा ध्यान दिनुपर्छ: भरत मोहन अधिकारी(भिडियोसहित)

सरकारको कार्यशैलीले जनता निराश छन्, नारामा भन्दा काममा ध्यान दिनुपर्छ: भरत मोहन अधिकारी(भिडियोसहित)

एउटा यस्तो व्यक्तित्व । जसले २००७ सालको परिवर्तन देखे । त्यसपछिका प्रत्येक परिवर्तनमा सक्रिय सहभागी भए । परिवर्तनका अङ्ग बने । २०४७ सालको संविधान निर्माण होस या २०७२ को नेपालको संविधान । उनको सक्रियता निरन्तर रह्यो । चार पटकसम्म अर्थमन्त्रीको जिम्मेवारी र एक पटक उपप्रधानमन्त्रीको जिम्मेवारी समेत उनले सम्हाले । यो बिचमा परिवर्तनका लागि उनी भूमिगत, बन्दी जीवन र निर्वासनमा समेत बस्नु पर्यो । उमेरले ८३ पुगेका उनी अहिले पनि नेपाली राजनीतिमै चिन्ता र चासो राख्छन् । तत्कालीन एमालेका प्रभावशाली नेता । मनमोहन अधिकारी नेतृत्वको ९ महिने सरकारको अर्थमन्त्री बनेर…

Read More

तिहारमा मैले टिका लगाइदिने सबै परिवारकै दाजुभाई जस्तो लाग्छः अञ्जली मास्के (भिडियोसहित)

तिहारमा मैले टिका लगाइदिने सबै परिवारकै दाजुभाई जस्तो लाग्छः अञ्जली मास्के (भिडियोसहित)

२० वर्षदेखि दिदीबहिनी नभएका दाजुभाइलाई सामूहिक भाइटिका लगाइँदै आएकी अञ्जली मास्के धर्मकर्ममा विश्वास गर्छिन् । सानै उमेर देखि मानव सेवा तथा धर्ममा आस्था राख्ने मास्के आफ्नो भन्दा अरुकोबारे बढी सोच्ने गर्छिन् । यही ऊर्जा र निस्वार्थ भावनाले हजारौँ दाजुभाइकी प्यारी दिदी वा बहिनीको रूपमा उनलाई धेरैले चिन्छन् । उनका आफ्नै माइती नभएका भने होइनन् । तर चेली नभएका दाजुभाइको निधार खाली नहोस् भनेर सामूहिक भाइटिका लगाउन सुरुवात गरेको उनी बताउँछिन् । नेपालीहरूको दोस्रो ठुलो चार्ड तिहार नजिकिँदै गर्दा यसै विषयमा केन्द्रित रहेर टिभी अन्नपूर्णकर्मी तुल्सी अर्यालले सबैकी दिदी अञ्जली मास्केसँग…

Read More

कार्यान्वयन नहुने सम्झौताको समाचार छपाएर श्रममन्त्री सेलिब्रेटि हुन खोजेः गुरुङ(भिडियो सहित)

कार्यान्वयन नहुने सम्झौताको समाचार छपाएर श्रममन्त्री सेलिब्रेटि हुन खोजेः गुरुङ(भिडियो सहित)

खुट्टामा कहाँनिर बिझाउँछ भन्ने कुरा त जुत्ता लाउने मान्छेलाई थाहा हुन्छ । छलफल त गर्नु पर्यो नि हामीसँग  !   गएको जेठ ३ गतेदेखि बन्द रहेको मलेसियाको श्रम बजार नेपाली श्रमिकहरूका लागि खुल्ला हुने भएको छ । नेपाल र मलेसिया सरकारबीच श्रम सम्झौता भएसँगै मलेसिया जाने बाटो खुलेको हो । कामदारको आपूर्ति, रोजगारी र फिर्ता पठाउने सम्बन्धमा सम्झौता उल्लेख गरिएको छ । समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउनेछन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नेछन् । कामदारलाई लेभी…

Read More