अढाई वर्ष देखि तलबविहिन

अढाई वर्ष देखि तलबविहिन

तीर्थ भु्जेल २०७२ सालमा झापाको गौरादह नगरपालिका, ४ स्थित कञ्चनजंघा प्राथामिक सरुवा भएर आए । त्यतिबेला सो विद्यालयमा विद्यार्थी संख्या १७ मात्रै थियो । विद्यालय मर्जर हुनबाट जोगाउने भन्दै माथिल्लो निकायमा पठाएको विवरणमा भने विद्यार्थीको संख्या ५१ उल्लेख गरे । २०७३ सालको शैक्षिक सत्रको सुरुवातसँगै उनी शिक्षकको टोली बनाएर विद्यार्थी जुटाउने अभियानमा जुटे । नभन्दै विद्यार्थी संख्या बढेर ४० पुग्यो । क्रमिक रुपमा विद्यार्थी संख्या बढ्दै जाँदा यतिखेर ८१ विद्यार्थी छन् । मिहिनेतको कदर गर्दै समुदायले भुजेललाई प्रधानध्यापकको जिम्मेवारी दियो । तर, विद्यार्थीको चापसँगै निजी स्रोतबाट राखिएका शिक्षकलाई अढाई वर्षदेखि…

Read More

चालु आर्थिक वर्षमै साढे दुई लाखलाई रोजगारी

चालु आर्थिक वर्षमै साढे दुई लाखलाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा दुई लाख ३० हजार नयाँ रोजगारी सिर्जना हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आवको असार मसान्तसम्म दुई लाख ३० हजार रोजगारी सिर्जना हुने प्रक्षेपण गरेको हो। मन्त्रालयका सहसचिव प्रकाश दाहालले दुई लाख ३० हजार जनाले असार मसान्तसम्म परियोजना र विकास निर्माणमा काम पाउनेछन्। कम्तीमा सय दिन रोजगारी पाउने गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याएको हो। मजदुरले दैनिक पाँच सय १७ रुपैयाँ पाउने गरी वार्षिक करिब ५२ हजार रुपैयाँ आम्दानी गर्न सक्नेछन्। श्रम मन्त्रालयले अन्तरमन्त्रालय समन्वय गरी व्यावसायिक, कृषि, सिँचाइ,…

Read More

साताको शेयर बजार : एक अर्ब ८५ करोडको कारोवार

साताको शेयर बजार : एक अर्ब ८५ करोडको कारोवार

धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ७२ बिन्दुले बढेर एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार १७५ दशमलव शून्य पाँच बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिनसम्म बढेर एक हजार एक हजार १८७ दशमलव ७७ बिन्दुमा पुगेको हो । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव…

Read More

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

धमाधम वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक

वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । बुधबार एनआइसी एशिया बैंकले दोस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो भने आज एभरेष्ट बैंक र माछापुच्छ्रे« बैंकले आफ्नो विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार नयाँ प्रणाली अवलम्बन गरेर वित्तीय विवरण सार्वजनिक गर्न थालिएको बैंकले जनाएका छन् । आज प्रकाशित विवरणअनुसार एभरेष्ट बैंकले गत पुस मसान्तसम्म रु एक अर्ब ४२ करोड नाफा गरेको छ । बैंकको गत वर्षको सोही अवधिमा रु एक अर्ब २२ करोड नाफा गरेको थियो । गत पुस मसान्तसम्ममा बैंकले…

Read More

अस्थायी शिक्षकको बिदाईः गोल्डेन ह्यान्सेकमा मात्रै १० अर्ब चाहिने

अस्थायी शिक्षकको बिदाईः गोल्डेन ह्यान्सेकमा मात्रै १० अर्ब चाहिने

अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण तहको नतिजा प्रकाशन सकेर अन्तर्वार्ता लिने प्रकृया शुरु भएको छ । तर, अनुत्तीर्ण र गोल्डेन हयान्डसेक रोजेका शिक्षकको विदाइकालागि भने हालसम्म रकमको जोहो हुन सकेको छैन । शिक्षक विदाइका लागि शिक्षा मन्त्रालयले रकमको व्यवस्थापन गर्न नसकेको बुझिएको छ । शिक्षक सेवा आयोगका सूचना अधिकारी रामराज खकुरेलले सबै तहको नतिजा र पुर्नयोगको नतीजा प्रकाशनको काम सकेर अन्तवार्ताको प्रकृयामा गइसकेको जानकारी दिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गोल्डेन हेन्डसेक प्रदान गर्नकालागि ५ अर्ब २५ करोड रुपैयाँको व्यवस्था गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक…

Read More

सुशासनमा चुक्यो सरकारः बेरुजु नै साढे ५३ अर्ब रुपैयाँ

सुशासनमा चुक्यो सरकारः बेरुजु नै साढे ५३ अर्ब रुपैयाँ

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ। सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्दा ५३ अर्ब ५८ करोड रुपैयाँ बेरुजु देखिएको हो। यो रकम कुल खर्चको करिब पाँच प्रतिशत हो। त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष १० अर्ब नौ करोड रुपैयाँले बेरुजु बढेको छ। आव ०७३/७४ को कुल बेरुजु…

Read More

चौधरी समूहकोे सिजी टेलिकमको पक्षमा यस अघि दिएको अन्तरिम आदेश बदर

चौधरी समूहकोे सिजी टेलिकमको पक्षमा यस अघि दिएको अन्तरिम आदेश बदर

सर्वोच्च अदालतले उद्योगपति विनोद चौधरीको स्वामित्वमा रहेको सिजी टेलिकमको पक्षमा गत पुस १० गते जारी भएको अन्तरिम आदेश खारेजी गर्ने निर्णय सुनाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश ईश्वर खतिवडाको पूर्ण इजलासले यसअघि जारी भएको आदेश खारेज हुने निर्णय सुनाएको हो। नेपाल दुरसञ्चार प्राधिकरणका तर्फबाट निमित्त कार्यालय प्रमुख पुरुषोत्तम खनालले सर्वोच्चमा पुस २४ गते भ्याकेटको निवेदन दायर गरेका थिए। सर्वोच्चले गत पुस १० गते चौधरी स्वामित्वको सिजी कम्युनिकेसन प्रालि (सिजी टेलिकम) लाई मोबाइल सेवा सञ्चालनका लागि आवश्यक अनुमति प्रदान गर्न नेपाल दुरसञ्चार प्राधिकरणलाई अन्तरिम आदेश दिएको थियो। न्यायाधीश दीपकराज…

Read More

चोभारमा बन्ने भयो सुक्खा बन्दरगाह, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

चोभारमा बन्ने भयो सुक्खा बन्दरगाह, प्रधानमन्त्री ओलीले गरे शिलान्यास

स्थानीयबासीको विरोधका बिच चोभारको सुक्खा बन्दरगाह शिलान्यास भएको छ। विरोधका कारण यसअघि रोकिएको सुक्खा बन्दरगाह (काठमाडौं कन्टेनर फ्रेट स्टेसन) प्रधानमन्त्री केपी ओलीले बिहीबार शिलान्यास गरेका हुन्। गत असोज ३० गते बन्दरगाहको भवन निर्माणको शिलान्यास गर्ने कार्यक्रम स्थानीयवासीको विरोधका कारण रातारात स्थगित भएको थियो। स्थानीयवासीको विरोध भने अहिले पनि जारी नै छ। प्रधानमन्त्री आउनुअघि बिहानैदेखि यहाँ स्थानीयवासीले विरोध गरिरहेका थिए। स्थानीयबासीले २०–३० वर्षका लागि मात्रै उपभोग हुने गरी भौतिक पूर्वाधार गर्नुभन्दा सय डेढसय वर्षसम्म उपभोग हुन सक्ने गरी भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने माग अघि सार्दै आएका छन्।उनीहरूले बन्दरगाहभन्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल…

Read More

नेपाल–भारत व्यापार प्रवद्र्धन गर्न समझदारी

नेपाल–भारत व्यापार प्रवद्र्धन गर्न समझदारी

नेपाल–भारतबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स र ट्रेड प्रोमोसन काउन्सिल अफ इन्डियाबीच द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल र भारतबीचको व्यापारलाई दुई देशको हितमा हुने गरी प्रवर्दन गर्ने, व्यापारिक सम्बन्धलाई बढाउने, व्यापार, वाणिज्य तथा लगानीसँग सम्बन्धित सूचनाको आदानप्रदानका विषय समेटिएका छन् । ‘ट्रेड मिसन’ लाई प्रभावकारी रुपमा अगाडि बढाउन द्विपक्षीय व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, अन्तर्राष्ट्रिय सेमिनारको आयोजनालगायत विषमा समेत सझदारी भएको चेम्बरले जनाएको छ । चेम्बरले अन्तर्राष्ट्रिय व्यापार र बहुपक्षीय सम्बन्धलाई विस्तार गर्ने उदेश्यअनुरुप हालसम्म विभिन्न देशका ६६ अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजसँग समझदारी…

Read More

आइपिओ जारी गर्ने निर्णय सहित डिशहोमको साधारण सभा सम्पन्न

आइपिओ जारी गर्ने निर्णय सहित डिशहोमको साधारण सभा सम्पन्न

डिश मिडिया नेटवर्क लि. ले ९ औं वार्षिक साधारण सभा हेमराज ढकालको अध्यक्षतामा यहि पौष २६ गते सम्पन्न गरेको छ । साधारण सभाले आगामी आर्थिक वर्षमा आइपिओ जारी गर्ने निर्णय गरेको छ । आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने कम्पनिले जनाएको छ ।  साथै सभाले यस अघिकै संचालक समितिलाई आगामी चार वर्षका लागि निरन्तरता दिने निर्णय समेत गरेको छ । संचालक समितिको अध्यक्षमा श्री हेमराज ढकाल चयन भएका छन् ।  नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि…

Read More