शेयर बजार : सूचक घट्यो, कारोबार बढ्यो

शेयर बजार : सूचक घट्यो, कारोबार बढ्यो

शेयर बजार आज पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ ।  आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार १८९.८८ बिन्दुमा पुगेको थियो भने सोमबार पनि सामान्य अंकले गिरावट भएको थियो । आज कूल १५७ कम्पनीको नौ लाख नौ हजार ३४१ कित्ता शेयर रु २१ करोड ३७ लाख ९१ हजार ३१५ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार रकम आइतबार र सोमबारको तुलनामा…

Read More

तनसागर मठका महन्त वैकुण्ठमाथि दुई मुद्द

तनसागर मठका महन्त वैकुण्ठमाथि दुई मुद्द

आलोक यादव , सिरहा। साधुसन्तहरु रामजानकी विवाहमहोत्सवको तयारीमा जुटेको बेला रामजानकी मन्दिर रतनसागर मठका महन्त वैकुण्ठ दास वैष्णव भने मंगलवार अदालतमा आफ्नो बचाउ गर्ने भएका छन् । सरकारी कागजात किर्ते जालसाजी गरेको र ठगी गरेको दुईवटा फौजदारी मुद्दा लगाईएको दासलाई जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतमा मुद्दा दर्ता गराउने भएको छ । दासमाथि किर्ते जालसाजीको मुद्दा संस्कृत विद्यापिठ ज्ञानकुपले लगाएको छ । जिल्ला प्रहरी कार्यालयले तयार पारेको मुद्दामा महन्त दासले सरकारी मुल्यांकन अनुसार २ बिघा ११ कठ्ठा जग्गाको मुल्यांकन १६ करोड ठगी गरेको उल्लेख छ ।प्रहरीले उनीमाथि लगाएको मुद्दाको प्रयाप्त प्रमाणहरु…

Read More

शेयर बजार : दोहोरो अङ्कले वृद्धि

शेयर बजार : दोहोरो अङ्कले वृद्धि

धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२ दशमलव ४९ बिन्दुले बढेर एक हजार १४४ दशमलव १९ बिन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज बजार एक प्रतिशत बढीले वृद्धि भएको हो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव आठ बिन्दुले वृद्धि भई २४३ दशमलव ८१ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख ६४ हजार ३४० कित्ता शेयर रु ४३ करोड ६७ लाख ५२ हजार ८५५ मूल्यमा खरीद बिक्री भएका छन्…

Read More

नियम उल्लङ्घन गर्ने १३ जलविद्युत् कम्पनी कारवाहीमा

नियम उल्लङ्घन गर्ने १३ जलविद्युत् कम्पनी कारवाहीमा

सरकारले तोकेको नियम उल्लङ्घन गरी जलविद्युत् आयोजना सञ्चालन तथा शेयर स्वामित्व परिवर्तन गरेको अभियोगमा १३ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई कारवाही गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चालू आर्थिक वर्षको चार महीनामा आठ कम्पनीलाई कारवाही गरेको हो । बाँकी पाँच कम्पनी भने अघिल्लो वर्ष कारवाहीमा परेका हुन् । विद्युत् ऐन २०४९ को दफा ३८ बमोजिम ती कम्पनीलाई रु पाँच हजार दण्ड गरिएको हो । सो ऐनले जलविद्युत् आयोजनाको अनुमतिपत्र लिनुपर्नेमा सो नलिइ वा अनुमतिपत्रमा उल्लेख भएका शर्त पालन नगरी विद्युत् उत्पादन, प्रसारण वा वितरण गरेमा तोकिएका…

Read More

किसानलाई रु पाँच करोड भुक्तानी

किसानलाई रु पाँच करोड भुक्तानी

मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दूध खरिद गरेवापत किसानलाइ आर्थिक वर्ष २०७४/७५ मा रु पाँच करोड ५० लाख भुक्तानी गरेको छ । संस्थाले नौ लाख ९२ हजार लिटर दूध खरिद गरेवापत सो रकम किसानलाई भुक्तानी दिएको हो । मकवानपुरगढी– ३ मा रहेको सो सहकारी संस्थामा किसान शेयर सदस्य रहेका छन् । एकतीस वर्ष अघि स्थापना भएको उक्त सहकारीका कारण अहिले किसानलाई निकै मद्दत पुगेको संस्थाका अध्यक्ष कृष्ण प्रसादले बताए । मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइँले सहकारीका माध्यमबाट किसानलाई आत्मनिर्भर बनाउन सहयोग पुगेको बताए ।

Read More

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबार भने २२ करोड मात्र

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १० दशमलव ८५ अंकले बढेर १ हजार १ सय ३१ दशमलव ७० को बिन्दुमा कारोबार बन्द भएको छ ।  नेप्से परिसूचक बढेपनि कारोबार भने सामान्य नै रहेको छ । यस दिन कुल १ सय ५५ कम्पनीको ७ लाख १४ हजार ६१८ कित्ता शेयर खरिदबिक्री हुँदा २२ करोड ३७ लाख २४ हजार ६८७ रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको आज २ करोड ७७ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै सर्वाधिक कमाउनेमा मिरर्मिरे…

Read More

शेयर लगनीकर्ताले मागे अर्थमन्त्रीको राजीनामा, कार्यालयको मूलगेटमै अनसन

शेयर लगनीकर्ताले मागे अर्थमन्त्रीको राजीनामा, कार्यालयको मूलगेटमै अनसन

शेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा अनसन सुरु गरेका छन् । राज्यले आफूहरुमाथि खेलबाड गरिरहेको निष्कर्ष निकाल्दै सेयर लगानीकर्ता दवाव समूहले अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्दै आइतबारबाट काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयको मूलगेटमै अनसन सुरु गरेका हुन् । तत्काल विशेष कार्यक्रम ल्याई सेयर कारोबारलाई सहज नबनाए देशभरका सेयर लगानीकर्ताहरु आमरण अनसन बस्न बाध्य हुने समूहका संयोजक हरि ढकालले बताए । शेयर बजारका लागि संचालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीले काम नगरेपछि शेयर लगानीकर्ताहरुले आपत्ती जनाउँदै अर्थमन्त्री खतिवडाकोसमेत राजीनामा माग गरेका हुन् ।

Read More

सञ्चालकको सुविधामै सहकारीको ढुकुटी स्वाहा

सञ्चालकको सुविधामै सहकारीको ढुकुटी स्वाहा

आलोक यादव, सिरहा। गरिब जनताको दैनिक र मासिक सानो सानो रकमबाट खडा गरिएका सरकारीका ठुला ठुला कोषमा सञ्चालक समितिको रजाई सरकारी संस्था जनताकाकै लागि जनताले नै बनाएका संस्था मानिन्छन् । तर पछिल्लो समय सहकारीमा सञ्चालक समितिको मनोमानी बढ्दै गएको छ ।  साना किसान कृषि सहकारी संस्था लिमिटेड विष्णुपुर,सिराहाको अधिकांश रकम सञ्चालक समितिले नै स्वाहा पारेको छ । आफू खुसी भ्रमण गरी सहकारीको ठुलो रकम सकाएका छन् । उनीहरूले प्रशासनिक नियमावली विपरीत दोहोरो सुविधा लिइरहँदा सहकारीको भविष्य नै अन्योल देखिएको छ । सहकारीले गरेको २२ औँ वार्षिक साधारणसभामा आर्थिक वर्ष २०७४र०७५…

Read More

काम नसक्ने ठेकदारनै माग्छन् उल्टो क्षतिपूर्ति

काम नसक्ने ठेकदारनै माग्छन् उल्टो क्षतिपूर्ति

सरकारले सडक विस्तार कार्यमा असहयोग गरेको भन्दै विस्तारको ठेक्का पाएका कम्पनीहरुले समयमै काम सम्पन्न गर्नुको सट्टा सरकारसँग उल्टै ठूलो रकम क्षतिपूर्ति माग गर्ने गरेका छन् । काठमाडौं उपत्यकाभित्रका सडक विस्तारको ठेक्का पाएकामध्ये २२ कम्पनीले सरकारसँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन् ।सरकारले सडक विस्तारमा नसघाउँदा ठूलो घाटा बेहोर्नुपरेको भन्दै उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागसँग क्षतिपूर्ति माग गरेका हुन् ।“अधिकांस सडकमा ठेक्का प्राप्त निर्माण कम्पनीले ओभरहेड कस्ट ९सम्झौता गरेभन्दा बढी लागत० मागेका छन्,” उपत्यका सडक विस्तार आयोजना कार्यालय इन्जिनियर तथा सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठले भने,…

Read More

दश लाख बजेटमा करोडको ठेक्का

दश लाख बजेटमा करोडको ठेक्का

अर्थ मन्त्रालयले टुक्रे आयोजनाका लागि एक खर्ब रुपैयाँभन्दा बढीको स्रोत सुनिश्चितता दिएको छ। पर्याप्त बजेट विनियोजन नभएका आयोजना तथा कार्यक्रमलाई पूर्ण बजेट दिने प्रतिबद्धता नै स्रोत सुनिश्चितता हो। अर्थ मन्त्रालयले बजेटमा समावेश आयोजनालाई एक आर्थिक वर्षका लागि मात्र स्रोत सुनिश्चितता दिन सक्छ। तर कुनै एक आर्थिक वर्षमा स्रोत सुनिश्चितता भएर ठेक्का लागिसकेको आयोजना भन्दै निर्माण नसकिँदासम्म बजेट छुट्याउन अर्थ मन्त्रालयलाई दबाब पर्ने गरेको छ। प्रभावशाली नेताको निर्वाचन क्षेत्रबाट यस्तो दबाब आउन थालेपछि स्रोत सुनिश्चितता रोक्ने अडानबाट अर्थमन्त्री डा। युवराज खतिवडा पछि हटेका छन्।

Read More