सरकारले माग्यो टेलिकमको प्रबन्ध निर्देशकका लागि आवदेन

सरकारले माग्यो टेलिकमको प्रबन्ध निर्देशकका लागि आवदेन

सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको छ। गत साउन २९ गतेको मन्त्रिपरिषद् बैठकले टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई जिम्मेवारी पूरा नगरेको भन्दै पदमुक्त गरेपछि नेतृत्व बिहिन रहेको टेलिकममा नयाँ नेतृत्वका लागि आवेदन माग गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार सूचना प्रकाशित गरेको छन्। पुस ११ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त सूचनाका आधारमा आवेदकले वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ। यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा…

Read More

टेलिकम नै शीर्ष स्थानमा

टेलिकम नै शीर्ष स्थानमा

बजार पूँजीकरणका आधारमा लगातार शीर्ष स्थानमा रहँदै आएको नेपाल टेलिकम यस साता पनि एक नम्बरमा रहन सफल भएको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको साताका उत्कृष्ट दश कम्पनीमध्ये टेलिकम शीर्ष स्थानमा रहेको हो । बजार पूँजीकरण मूल्यका आधारमा टेलिकमको हिस्सा रु एक खर्ब १७ अर्बको रहेको छ । यस्तै दोस्रो नम्बरमा नविल बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु ७६ अर्ब ८४ करोड ९० लाख ४० हजार रहेको छ । सामान्यता उक्त बैंक पनि शीर्षमध्ये दोस्रो स्थानमा नै रहँदै आएको छ । स्टकका अनुसार तेस्रो स्थानमा नेपाल…

Read More

टेलिकमले ल्यायो दसैँको अवसरमा ‘रिचार्जमा बोनस’ तथा अन्य प्याकहरु

टेलिकमले ल्यायो दसैँको अवसरमा ‘रिचार्जमा बोनस’ तथा अन्य प्याकहरु

नेपाल टेलिकमले दसैँको अवसरमा रिचार्ज गर्दा बोनससहितका अफर ल्याएको छ। असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने कम्पनीले जनाएको छ। १०० र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यममार्फत रिचार्ज गर्दा १० प्रतिशत तथा ५०० र १ हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यमबाट रिचार्ज गर्दा १५ प्रतिशत बोनस प्राप्त हुनेछ।  १० प्रतिशतको बोनस ३ दिन भित्र र १५ प्रतिशतको बोनस ५ दिन भित्र उपभोग गरिसक्नु पर्ने टेलिकमले जनाएको छ। त्यसैगरी एमपोसबाट जतिसुकै दरको रिचार्ज गर्दा पनि १५ प्रतिशत बोनस उपलब्ध…

Read More

विजया दशमीमा नेपाल टेलिकमको अफरै अफर (विस्तृतमा)

विजया दशमीमा नेपाल टेलिकमको अफरै अफर (विस्तृतमा)

नेपालीहरुको महान चाड विजया दशमीको अवशरमा नेपाल टेलिकमले विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । टेलिकमले दसैँको अवसरमा अनलिमिटेड भ्वाइस तथा एसएमएस प्याक दिने घोषणा गरेको छ । अनलिमिटेड प्याक अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस र अनलिमिटेड एसएमएस सेवा उपभोग गर्न सकिने छ । ६०० ब्यालेन्समा १५ दिन समयावधिको लागि प्रत्येक दिन २ जीबी प्याक उपलब्ध गराइने छ । सो प्याक अन्तर्गत १ जीबी पिक आवर (बिहान ६ बजेदेखि राति १० बजेसम्म) र १ जीबी ‘अफपिक आवर’ (राति १० देखि बिहान ६ बजेसम्म) प्रयोग गर्न सकिन्छ । सोही प्याक ७…

Read More

नेपाल टेलिकमको एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा

नेपाल टेलिकमको एफटीटीएच सेवामा निःशुल्क भ्वाइस सेवा

नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ ।  सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवामा उच्च गतिको गुणस्तरीय डाटाका साथै सोही फाइबरबाट ‘भ्वाइस’ सेवासमेत उपलब्ध हुन्छ । यसका लागि ग्राहकलाई नयाँ नम्बर प्रदान गरिन्छ । हाल यो सेवा एफटिटीएच वितरण भइरहेका स्थानमा डाटाका साथ उपलब्ध गराइएको छ । बाँकी स्थानमा पनि एफटिटीएच विस्तारसँगै क्रमशः…

Read More

नेपाल टेलिकमले ल्यायो नमस्ते रिचार्ज ब्राण्डको रिचार्ज कार्ड

नेपाल टेलिकमले ल्यायो नमस्ते रिचार्ज ब्राण्डको रिचार्ज कार्ड

नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज (Namaste Recharge) ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल टेलिकम द्वारा जारी विज्ञप्तीमा उल्लेख छ । कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज (NT Recharge)कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने छ ।कम्पनीले रु. ५०।–, १००।–, २००।–, ५००।– र १०००।– दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने छ । रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज कार्डको पछिल्लो भागमा भएको १६ अंकको पिन कोड प्रयोग गरी रिचार्ज गर्नुपर्छ । नेपाल टेलिकमको ल्यान्डलाइन…

Read More

अज्ञात विदेशी नम्बरबाट फोन आए नउठाउन नेपाल टेलिकमको आग्रह

अज्ञात विदेशी नम्बरबाट फोन आए नउठाउन नेपाल टेलिकमको आग्रह

नेपाल टेलिकमले विदेशी नम्बरबाट आएको अज्ञात फोन नउठाउन आग्रह गरेको छ । टेलिकमका अनुसार शनिबारदेखि नेपाली उपभोक्ताको मोबाइलमा अज्ञात विदेशी नम्बरबाट फोन आइरहेको छ । नेपाल टेलिकमले आइतबार आज उक्त कल रिसिभ नगर्न सम्बंन्धित सबैलाई आह्वान गरेको हो।नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् जुन देशमा टेलिफोन शुल्क महंगो हुन्छ ति देशहरुमा पैसा कमाउनका लागि अन्धाधुन्ध नम्बर मिलाएर फोन गर्छन’ । ‘त्यस्तो नम्बरमा कलब्याक गर्दा कल ट्रयाक हुने र सो हुँदा पैसा उनीहरुको खातामा ट्रान्सफर हुन्छ । त्यस्तो नम्बर नउठाउन र कल ब्याक नगर्न अनुरोध गर्दछौं।’ उनका अनुसार टेलिकमले त्यस्ता आगमन…

Read More

नेपाल टेलिकमको मनसुन अफर, सरकारले कर बढाएपनि पहिलेकै दरमा विभिन्न सेवा

नेपाल टेलिकमको मनसुन अफर, सरकारले कर बढाएपनि पहिलेकै दरमा विभिन्न सेवा

नेपाल टेलिकमले सरकारको आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था अनुसार आफ्नो दरमा पनि केही परिवर्तन ल्याउने भएको छ । तर केही सेवाहरु भने पहिलेकै दरमा उपलब्ध गराउने टेलिकमले जनाएको छ । सरकारले बजेटमा कर बढाएको भए पनि टेलिकमले भने पहिलेकै दरमा विभिन्न सेवा उपलब्ध गराउने भएको हो । नेपाल टेलिकमले साउन १ गतेदेखि लागू हुने गरी मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको हो । नेपाल सरकारले आगामी साउन १ गतेदेखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको र डाटा सेवामा…

Read More

तोकिएको समय अगावै भूकम्प प्रभावित चार जिल्लामा टेलिकमको निशुल्क इन्टरनेट

तोकिएको समय अगावै भूकम्प प्रभावित चार जिल्लामा टेलिकमको निशुल्क इन्टरनेट

नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका विभिन्न स्थानमा निशुल्क इन्टरनेट सेवा संचालनमा आएको छ। टेलिकमले तोकिएको समय भन्दा एक महिना अगावै सेवा सञ्चालनमा ल्याएको हो। नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमसँग सम्झौता गरी भूकम्पबाट अति प्रभावित चार जिल्लाका ७ सय ४७ सेवा केन्द्रमा असार मसान्तसम्म इन्टरनेट सेवा उपलब्ध गराउन जिम्मेवारी दिएकोमा टेलिकमले जेठमसान्त भित्रै तोकिएका सम्पूर्ण सेवा केन्द्रहरुमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो। प्राधिकरणले २०७४ बैशाख २१ मा नेपाल टेलिकमसँग सम्झौता गरेर ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी सो कार्य सम्पन्न गर्न टेलिकमलाई जिम्मेवारी दिएको थियो। कम्पनीले भूकम्पबाट अति…

Read More

मन्त्री बाँस्कोटाद्वारा नेपाल टेलिकमको निरीक्षण भ्रमण

मन्त्री बाँस्कोटाद्वारा नेपाल टेलिकमको निरीक्षण भ्रमण

सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिनुभएको छ । निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको संकल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्दै गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु पर्नेमा जोड दिएका हुन् । स्मार्ट नेपाल बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने बताउँदै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने भन्दै नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिदै जनताको घर घरमा सेवा पुर्याउने तथा…

Read More