काँग्रेसद्वारा दुबै सभा अवरुद्दः राष्ट्रिय सभा एक हप्ताका लागि स्थगित

काँग्रेसद्वारा दुबै सभा अवरुद्दः राष्ट्रिय सभा एक हप्ताका लागि स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्‍वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार भन्दाबाहिर राख्ने सरकारको निर्णय सच्याउन माग गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद विजयकुमार गच्छदारले बैठकको सुरुमै सभामुख समक्ष समय माग गर्दै सरकारले गरेको यो निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरेका हुन्। उनले निर्णय नसच्चिएसम्म स‌सद् बैठक चल्न नदिने चेतावनी दिएका छन्। स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने पत्राचार गरिरहेका बेला सरकारले गत पुस २७ गते मन्त्रिपरिषद् बैठकमार्फत ९ वटा…

Read More

राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको छ । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजा प्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पतालहरु सरकारले खारेज गर्न लागेको भन्दै कांग्रेस सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु आ आफ्नो स्थानबाट उठेर बैठकमा अवरोध गरेका हुन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आसन ग्रहण गर्न आग्रह गरे पनि कांग्रेस सांसदहरुले मानेनन् । अहिले बैठक आधा घण्टाका लागि स्थगित गरिएको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिए ।

Read More

सांसद चौधरी र रौनियार निलम्बित अवस्थामा

सांसद चौधरी र रौनियार निलम्बित अवस्थामा

दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाका दुई सांसद निलम्बित अवस्थामा रहेका छन् । यसैकारण सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोले भ्रष्ट्राचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियारले प्रतिनिधि सभाको चालु अधिवेशनमा भाग लिन पाएका छैनन् । कैलाली क्षेत्र नं। १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी ९राजपा० सांसद चौधरीलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको शपथ गराएका थिए । सभामुखको कार्यकक्षमा शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो । स्रोतका अनुसार सभामुख महरालाई जेलमै गएर सपथ गराउन सरकारको तर्फबाट आग्रह…

Read More

चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्ने मनसायमा सरकारः संसद् अवरोध गर्ने काँग्रेसको तयारी

चिकित्सा शिक्षा विधेयक हुबहु पारित गर्ने मनसायमा सरकारः संसद् अवरोध गर्ने काँग्रेसको तयारी

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा. गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने र त्यसपछि उक्त विधेयक पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले बनाएको हो । कार्यसूचीअनुसार विधेयक पारित गर्ने रणनीति सत्तापक्षको छ भने प्रमुख प्रतिपक्षी कांग्रेस संसद् बैठक अवरोध गर्ने तयारीमा छ । ‘संसदीय उपसमितिको सुझावसहितको प्रतिवेदन र विधेयक पारित गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ’ विधेयक तयार गर्ने शिक्षा समितिका…

Read More

पाँच आयोगमा अध्यक्ष नियुक्त गर्न सिफारिस, वित्तमा पौडेल र समावेशीमा सुवेदी

पाँच आयोगमा अध्यक्ष नियुक्त गर्न सिफारिस, वित्तमा पौडेल र समावेशीमा सुवेदी

संवैधानिक परिषद्ले विभिन्न पाँच संवैधानिक आयोगमा अध्यक्ष पदका लागि नाम सिफारिश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगका अध्यक्षमा प्यूठानका शान्तराज सुवेदी र मधेशी आयोगको अध्यक्षमा धनुषाका डा विजयकुमार दत्तको नाम सिफारिश गरेको हो । त्यसैगरी, परिषद्ले थारू आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौँका समिम अन्सारीको नाम सिफारिश गरेको बैठकपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन् । नेपालको संविधानअनुसार संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक…

Read More

नेता भुसाल नेकपामा प्रवेश गरेपछि चितवनमा खैलाबैला

नेता भुसाल नेकपामा प्रवेश गरेपछि चितवनमा खैलाबैला

प्रनिश थापा , टिभी अन्नपूर्ण चितवन । नेपाली काँग्रेसमा रहँदा अन्तर्घात गरेको आरोप लागेका तीर्थ भुसाल नेकपामा प्रवेश गरेका छन् । विभिन्न निर्वाचनमा पार्टीबाट उम्मेद्धवारको आकाङ्क्षी बनेका उनलाई आफूले टिकट नपाएपछि पार्टीका उम्मेदवार हराउन सक्रिय रहेको आरोप लागेको थियो । पार्टीको गतिविधिलाई सुराकी गरेर विपक्षी दललाई सघाउँदै आएको आरोपमा उनलाई काँग्रेसले बहिष्कृत गर्दै आएको थियो । काँग्रेसले उनलाई सबै कार्यक्रममा निषेध गर्दै आएको थियो । पार्टीबाट आफैले मात्र अवसर खोज्ने भुसालले पार्टीका सक्रिय नेताले पाएको अवसरको विरोध गर्थे । अरू केही उपाय नरहेपछि बाध्यतावश उनी नेपाल कम्युनिस्ट पार्टीमा गएपनि उनको…

Read More

मेलम्ची खानेपानी आयोजनाः सीएमसीसँग ठेक्का तोड्ने तयारीमा सरकार

मेलम्ची खानेपानी आयोजनाः सीएमसीसँग ठेक्का तोड्ने तयारीमा सरकार

मेलम्ची खानेपानी आयोजनाको ठेकका लिएको सीएकसीसँगको ठेक्कता तोड्ने तयारी सरकारले गरेको छ । आयोजनाबारे छलफल गर्न इटालियन ठेकेदार कम्पनी सीएमसी नआएपछि सरकारले ठेक्का तोड्ने तयारी गरेको हो। खानेपानी मन्त्रालय स्रोतका अनुसार आइतवार नै ठेक्का तोड्ने तयारी छ । स्रतका अनुसार आजै ठेककता तोडेको पत्र सीएमसीलाइृ पठाउने तयारी छ । सीएमसी वित्तीय संकटमा फसेपछि उसका कर्मचारीहरु काम छोडेर हिँडेका थिए ।प्रहरकिो सहयोगमा सीएमसीका केही कर्मचारी पक्राउ परेपनि नयाँ वर्ष मनाएर फर्किने सर्तमा दूतावासलाइृ जिम्मा लाइउको थियो । हाल मेलम्ची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ । सीएमसीका नेपाली ठेकेदारहरु पनि सबै…

Read More

राजपा नेपालको संयोजकमा यादव

राजपा नेपालको संयोजकमा यादव

राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी महेन्द्रराय यादवलाई दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा शनिबार बसेको बैठकले चक्रीय प्रणालीअनुसार आज (आइतबार)देखि अध्यक्ष मण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले जानकारी दिए । बैठकले शहीद परिवारलाई सहयोग गर्न शहीदको सम्मानस्वरुप बलिदानी दिवसका अवसर पारेर ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी यही माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णयसमेत गरेको छ ।

Read More

सभापति देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेता केशवराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक अग्रज नेता गुमाएको र पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । काङ्ग्रेस कास्कीका अग्रज नेता रेग्मीको हिजो काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको पार्टीले जनाएको छ । विसं २०३० मा गण्डकी छात्र समितिबाट राजनीतिमा प्रवेश गरेका रेग्मी नेपाल तरुण दल कास्कीका संस्थापक थिए । स्व रेग्मीले पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा पटक–पटक गरी करीब पाँच वर्ष जेल जीवन समेत बिताउनु भएको थियो…

Read More

काङ्ग्रेस नेता रेग्मीको निधन

काङ्ग्रेस नेता रेग्मीको निधन

नेपाली काङ्ग्रेसका पुराना, त्यागी नेता केशव रेग्मीको निधन भएको छ । काङ्ग्रेस कास्कीका पूर्व सचिवसमेत रहेका उनकोे बिहीबार राति आफ्नै निवास गोँगबुमा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वास रोगबाट ग्रसित रेग्मीलाई ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल उपचार पछि केही दिन अगाडि मात्र आफ्नै निवासमा ल्याइएको थियो । पशुपति आर्यघाटमा आज बिहानै उनको अन्त्येष्टि गरिएको छ । यसअघि उनको पार्थिव शरीरमा काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री डा शशांक कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । विसं २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य…

Read More