त्रिवेणी मेलाः मुख्य आकर्षणमा बोटिङ (फोटो फिचरसहित)

त्रिवेणी मेलाः मुख्य आकर्षणमा बोटिङ (फोटो फिचरसहित)

अभिमन्यु लामिछाने, उदयपुर । त्रिवेणी मेलाको यो वर्षको प्रमुख आकर्षण बोटिङ्ग भएको छ । उदयपुरको कटारी नगरपालिका २ खोक्सा र सिन्धुलीको दुधौलीमा जारी मेलामा यो वर्ष जल सयरको समेत सुविधा थपिएको हो । शनिवार बोटिङ्गमा सफर गर्दै उदयपुर २ ख का प्रदेश सांसद कला घलेले भनिन्, यो वर्षको मेला अत्यन्तै रमाइलो छ । त्यसमा पनि बोटिंग पनि छ । यो नै मुख्य आकर्षण हो जस्तो लाग्दै छ । तावा खोलाको पानीलाई कृतिम पोखरी बनाएर बोटिङ्ग सुरु गरिएको उदयपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्कर खड्काले बताए । राफ्टिंग स्टार भोटेकोशी र वाईडर…

Read More

आगोमा जलेर इलाममा एक महिलाको मृत्यु

आगोमा जलेर इलाममा एक महिलाको मृत्यु

आगोमा जलेर इलाममा एक महिलाको बिहीबार ज्यान गएको छ । इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर ५ लुम्देकी ५४ वर्षीया बिष्णुमाया राईको जलेर मृत्यु भएको हो । कोठामा टुकी बत्ती बालेर सुतिरहेको अवस्थामा बेडमा आगो सल्किएपछि घाइते भएकी राईको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ । मृतकलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

Read More

श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान कारागार चलान

श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान कारागार चलान

आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। गएको असोज ८ गते जबर्जस्ती करणी गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएकी थिइन्। जाहेरीपश्चात् गत पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। पक्राउपश्चात् अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेपछि अदालतले मङ्गलबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। रासस

Read More

खेतमा पानी लगाउने क्रममा युवकको लडेर मृत्यु

खेतमा पानी लगाउने क्रममा युवकको लडेर मृत्यु

झापाको बुद्धशान्ति गाउँपालिकामा एक युवकको लडेर ज्यान गएको छ। बुद्धशान्ति १ का २४ वर्षीय अजय राईको आफ्नै खेतमा पानी लगाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले बताएको छ। आइतबार पानी लगाउने क्रममा अचानक चिप्लिएर ढुङ्गामा ठोकिन पुगेका राईलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको हो। मृत राईको टाउकोमा चोट लागेकाले अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Read More

एक किलो गाँजा सहित एक युवक पक्राउ

एक किलो गाँजा सहित एक युवक पक्राउ

अभिमन्यु लामीछाने, उदयपुर । उदयपुरबाट प्रहरीले एक किलो गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ । चौडण्डीगढी नगरपालिका — ५ सुन्दर बजारबाट प्रहरीले १ किलो काँचो गाँजा सहित सप्तरीको सप्तकोशी नगरपालिका १ फत्तेपुर बस्ने वर्ष २४ का गोविन्द परियारलाई आज साँझ साढे ५ बजे पक्राउ गरेको ईलाका प्रहरी कार्यलय बेल्टार प्रहरी निरिक्षक गंगा पौडेलले बताए । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले परियारलाई सुन्दर बजारबाट पक्राउ गरेको प्रहरी निरिक्षक गंगा पौडेलले वताए । पक्राउ परेका परियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक पौडेलले बताएका छन् । भरूवा बन्दूक सहित…

Read More

फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

फोहरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

–चन्द्रकला भण्डारी ,भद्रपुर, झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् । कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो । विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक÷पटक छलफल गरी नगरबाट निस्कने ‘फोहरबाट मोहर’ बनाउन यस्तो निष्कर्ष निकालेका हृुन । अर्जुनधारा र विर्तामोडले नगरपालिकाले कनकाई नगरपालिकालाई नै कामको अख्तियार प्रदान गरेकाले ग्यास प्लान्ट सञ्चालन गर्ने स्थानसम्म पुग्नका लागि बाटो बनाउने र नजिकै रहेको सुरुङ्गा खोलामा बाँध बाँध्ने काम भइरहेको…

Read More

उदयपुरमा बिरामीले गरे आत्मदाह

उदयपुरमा बिरामीले गरे आत्मदाह

अभिमन्यु लामीछाने, उदयपुर । उदयपुरमा एक विरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन । उदयपुरगढी गाउँपालिका ४ सातबोटे बस्ने वर्ष ४८ का शेरबहादुर कार्की ९ख० ले बुधबार राती परालको गोठमा आगो लगाएर आत्मदाह गरेका हुन । उनी पायल्स, जण्डिस र लिभरका बिरामी थिए । बिरामीका आफ्न्तलाई डाक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घर नजिकै परालको गोठमा गएर उनले आगो लगाएको स्थानीयको भनाई छ । स्थानीयले उनलाई घाइते अवस्थमा फेला पारेका थिए । गाउँलेहरुले उद्दार गरेर अस्पताल लगेको…

Read More

मदन भण्डारी लोकर्मागको सडक विस्तारले कटारीका दलित बस्ती विस्थापित हुँदै

मदन भण्डारी लोकर्मागको सडक विस्तारले कटारीका दलित बस्ती विस्थापित हुँदै

अभिमन्यु लामिछाने, उदयपुर धरान-चतरा-हेटौडा सडक योजना (मदन भण्डारी लोकर्माग)को विस्तारसँगै कटारी नगरपालिका— ४ कटारी बसपार्क नजिकैको मुसहर बस्ती विस्थापित हुने भएको छ । दक्षिण क्षेत्रमा प्रशस्त स्थान हुँदाहुँदै पनि नजिकैबाट सडक विस्तार हुँदा कटारीका २२ घर रहेको मुसहर बस्ती विस्थापित हुन लागेका हुन् । सडक विस्तारसँगै बस्ती विस्थापित भएमा त्यहाँका मुसहर पुन सुकुम्वासी हुने छन् । नेपाल सरकारले सुकुम्वासी मुसहरलाई २०५५ सालमा अहिले बसोबास गरिरहेको जग्गामा लालपुर्जा दिएर जग्गाको मालिक बनाएको थियो । सामान्य बसोबास गर्न पुग्नसम्मको जग्गामा नेपाल सरकारले नै जनता आवास अन्तर्गत घर बनाई दिएको छ । सरकारले…

Read More

लागूऔषध सहित तीन जना पक्राउ

लागूऔषध सहित तीन जना पक्राउ

अभिमन्यु लामीछाने, उदयपुर । लागूऔषध सहित तीन जना मंगलबार बिहान पक्राउ परेका छन् । ठूलो संख्यामा लागुऔषध सहित लालपत्ता चौकीले तीन जनालाई पक्राउ गरेको छ। त्रिनपा १२ बस्ने वर्ष १९ को जेनिश राई र त्रिनपा ११ बस्ने अन्दाजी वर्ष १५ को निशान रिजाललाई बिहान ५ बजे लालपत्ता प्रहरी चौकीले लागू औषध सहित पक्राउ गरेको जानकारी दिएको छ। सिरहा बाट गाईघाट तर्फ आँउदै गरेको स१च १६९७ नं को बलेरो गाडी चेकिङ गर्ने क्रममा ब्याग भित्र रहेको ज्याकेटमा लुकाई राखेको डाइजोलोपाम–८ एम्पुल, लुपिजेसिक–८ एम्पुल, फेनारागन–८ एम्पुल गरी जम्मा २४ एम्पुल लागु औषध…

Read More

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान्‌लाई ६ महिना कैद

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान्‌लाई ६ महिना कैद

भोजपुर जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महिना कैद सजाएको फैसला गरेको छ।अदालतले भोजपुर नगरपालिका–९ पानीट्यांकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो।न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लिखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ। तामाङले गत असोज २४ गते आफ्नो इच्छाविपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। रासस

Read More