उदयपुरमा बिरामीले गरे आत्मदाह

उदयपुरमा बिरामीले गरे आत्मदाह

अभिमन्यु लामीछाने, उदयपुर । उदयपुरमा एक विरामीले आफैले आगो लगाएर आत्मदाह गरेका छन । उदयपुरगढी गाउँपालिका ४ सातबोटे बस्ने वर्ष ४८ का शेरबहादुर कार्की ९ख० ले बुधबार राती परालको गोठमा आगो लगाएर आत्मदाह गरेका हुन । उनी पायल्स, जण्डिस र लिभरका बिरामी थिए । बिरामीका आफ्न्तलाई डाक्टरले पनि धेरै खर्च लाग्छ भनेर भनेको र उपचार गर्न नसकेर घर फर्कने क्रममा रौतामाई गाउँपालिकाको मुर्कुचीमा बास बसेको घर नजिकै परालको गोठमा गएर उनले आगो लगाएको स्थानीयको भनाई छ । स्थानीयले उनलाई घाइते अवस्थमा फेला पारेका थिए । गाउँलेहरुले उद्दार गरेर अस्पताल लगेको…

Read More

मदन भण्डारी लोकर्मागको सडक विस्तारले कटारीका दलित बस्ती विस्थापित हुँदै

मदन भण्डारी लोकर्मागको सडक विस्तारले कटारीका दलित बस्ती विस्थापित हुँदै

अभिमन्यु लामिछाने, उदयपुर धरान-चतरा-हेटौडा सडक योजना (मदन भण्डारी लोकर्माग)को विस्तारसँगै कटारी नगरपालिका— ४ कटारी बसपार्क नजिकैको मुसहर बस्ती विस्थापित हुने भएको छ । दक्षिण क्षेत्रमा प्रशस्त स्थान हुँदाहुँदै पनि नजिकैबाट सडक विस्तार हुँदा कटारीका २२ घर रहेको मुसहर बस्ती विस्थापित हुन लागेका हुन् । सडक विस्तारसँगै बस्ती विस्थापित भएमा त्यहाँका मुसहर पुन सुकुम्वासी हुने छन् । नेपाल सरकारले सुकुम्वासी मुसहरलाई २०५५ सालमा अहिले बसोबास गरिरहेको जग्गामा लालपुर्जा दिएर जग्गाको मालिक बनाएको थियो । सामान्य बसोबास गर्न पुग्नसम्मको जग्गामा नेपाल सरकारले नै जनता आवास अन्तर्गत घर बनाई दिएको छ । सरकारले…

Read More

लागूऔषध सहित तीन जना पक्राउ

लागूऔषध सहित तीन जना पक्राउ

अभिमन्यु लामीछाने, उदयपुर । लागूऔषध सहित तीन जना मंगलबार बिहान पक्राउ परेका छन् । ठूलो संख्यामा लागुऔषध सहित लालपत्ता चौकीले तीन जनालाई पक्राउ गरेको छ। त्रिनपा १२ बस्ने वर्ष १९ को जेनिश राई र त्रिनपा ११ बस्ने अन्दाजी वर्ष १५ को निशान रिजाललाई बिहान ५ बजे लालपत्ता प्रहरी चौकीले लागू औषध सहित पक्राउ गरेको जानकारी दिएको छ। सिरहा बाट गाईघाट तर्फ आँउदै गरेको स१च १६९७ नं को बलेरो गाडी चेकिङ गर्ने क्रममा ब्याग भित्र रहेको ज्याकेटमा लुकाई राखेको डाइजोलोपाम–८ एम्पुल, लुपिजेसिक–८ एम्पुल, फेनारागन–८ एम्पुल गरी जम्मा २४ एम्पुल लागु औषध…

Read More

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान्‌लाई ६ महिना कैद

श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान्‌लाई ६ महिना कैद

भोजपुर जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महिना कैद सजाएको फैसला गरेको छ।अदालतले भोजपुर नगरपालिका–९ पानीट्यांकी बस्दै आएका हेटौंडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो।न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लिखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ। तामाङले गत असोज २४ गते आफ्नो इच्छाविपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। रासस

Read More

खाली टिप्पर वैकल्पिक मार्गबाट संचालन गरिने

खाली टिप्पर वैकल्पिक मार्गबाट संचालन गरिने

अभिमन्यु लामीछाने, उदयपुर । उदयपुरको कटारी नगरपालिकाभित्र चुन ढुङ्गा ढुवानी गर्ने टिप्परका लागी वैकल्पिक मार्ग खोजिने भएको छ। आइतबार नगरप्रमुखसहित सरोकारवालाहरूबिचको छलफलले यस्तो निष्कर्ष निकालेको हो । छलफल कार्यक्रममा प्रदेश सभा सांसद कला घले, नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, वडाध्यक्षहरु नवराज पोखरेल, प्रेम बहादुर थापा, राम पोखरेल, कृष्णराज दनुवार लगायतका सरोकारवालाहरूको उपस्थित थियो। छलफलमा जनताको आवाज तत्काल ट्रिपरका लागी वैकल्पिक बाटो खोज्ने भएकाले यस्तो निर्णय गर्नुपरेको वडाध्यक्ष प्रेम बहादुर क्षेत्रीले बताए। सिमेन्ट उत्पादनको हबका रूपमा रहेको उदयपुरका बासिन्दा धूलो धुवाँबाट पीडित छन् । ३ वटा कम्पनीका १५ सय देखी २ हजार…

Read More

आगलागीमा परी मृत्यु

आगलागीमा परी मृत्यु

झापाको गौरीगञ्ज गाउँपालिका–२ मा आगलागीमा परी एक मजदूर महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गौरीगञ्ज–२ हेमनाडाँगीस्थित जोगेन टुडुको घरमा शनिबार राति आगलागी हुँदा उनकी ४५ वर्षीया श्रीमती सुनिता टुडुको मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेका अवस्थामा नजिकै बालेको कुपीबाट ओछ्यानमा आगो सल्किँदा उनको सुतेकै अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । आगलागीको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी कार्यालयका प्रमुख टेकेन्द्र पौडेलले बताए । मृतक टुडुको शव परीक्षणका लागि आम्दा अस्पताल दमक पठाइएको छ ।

Read More

भीभीआइपीको सुरक्षाका लागि प्रदेश सरकारले किन्यो ४ करोडका गाडी

भीभीआइपीको सुरक्षाका लागि प्रदेश सरकारले किन्यो ४ करोडका गाडी

भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनका लागि भन्दै प्रदेश १ सरकारले करिब ४ करोड रुपैयाँ खर्चेर सवारी साधन खरिद गरेको छ । चालू आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्थाअनुसार, २ करोड ७ लाख ५० हजार र १ करोड ७९ लाख ५० हजार रुपैयाँमा सुविधा सम्पन्न दुई सवारी खरिद गरेको प्रदेश १ सरकारले जनाएको छ । खरिद गरिएको सवारी साधन भीआईपी र भीभीआईपीको सवारी व्यवस्थापनमा प्रयोग हुनेछ ।’ प्रदेश सरकार बनेलगत्तै प्रदेशको सुरक्षा हेर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मोरङका प्रमुख जिल्ला अधिकारीलाई भीआईपीका लागि सुविधायुक्त र सुरक्षित गाडीको जोहो गर्न हम्मेहम्मे…

Read More

त्रियुगा नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने

त्रियुगा नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने

अभिमन्यु लामीछाने, उदयपुर । त्रियुगा नगरपालिकाका नगरपालिकाले नगर क्षेत्रका सुत्केरी महिलाहरूलाई एम्बुलेन्स सेवा प्रदान गर्ने तयारी थालेको छ । घरघरमा नै प्रसूति हुने क्रमलाई घटाउन सुत्केरी महिलालाई स्वास्थ्य संस्था सम्म लैजान एम्बुलेन्सको खर्च दिन लागेको प्रमुख बलदेव चौधरीले बताए । त्रियुगा नगरपालिका वडा नम्बर १२ ले आयोजना गरेको ज्येष्ठ नागरिक, एकल महिला, र अपाङ्गता भएका व्यक्तिहरूलाई जाडोको मौसम भएकाले एक/एक वटा बल्यानकेट र एक/एक वटा जुस दिएर सम्मान गरेका नगर प्रमुख चौधरीले देश निर्माणको अभियानमा सबै एक भएर जुट्नु पर्ने बताए । राज्यले अवलम्बन गरेको सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा सबैको…

Read More

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

धनकुटाको साँगुरीगढी गाउँपालिका ३ डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । धरानबाट आङ्ना मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान बोकेर पाँचथरतर्फ जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चालक ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । मृतक चालकको ठेगाना खुल्न सकेको छैन । दुर्घटना पश्चात मृत्तकको शव धनकुटा अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ । तमोर करिडोरअन्तर्गत सडक निर्माण भइरहेकाले कच्ची सडकमा मादक पदार्थ सेवन गरी गाडी चलाएको हुँदा अनियन्त्रित भई दुर्घटना भएको हुन…

Read More

एकल पुरुषलाई पनि मासिक भत्ता

एकल पुरुषलाई पनि मासिक भत्ता

झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गाउँपालिकाले गत वर्षदेखि नै ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षावापत मासिक रु ५०० का दरले भत्ता दिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालले जानकारी दिए । “एकल महिलाजस्तै एकल पुरुषलाई पनि समस्या हुन्छ”, उनले भने, “असहाय एकल पुरुषलाई व्यक्तिगत गर्जो टार्न सजिलो होस् भनेर भत्ता दिन थालेका हौँ ।” गाउँपालिकाले गत वर्ष ४८ एकल पुरुषलाई मासिक रु ५०० का दरले भत्ता प्रदान गरेकोे थियो । त्यसैगरी उक्त गाउँपालिकाले ८४ वर्षमाथिका ११८ वृद्धवृद्धालाई सरकारले प्रदान गर्दैै आएको…

Read More