झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने २ पक्राउ

झुटो विवरण पेश गरी नागरिकता बनाउन खोज्ने २ पक्राउ

आलोक यादव, सिरहा । झुठो विवरण पेश गरेर नागरिकता बनाउन खोज्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक श्रीपुर गाविस वडा नम्बर २ अहिलेको औरही नपा वडा नम्बर ३ बस्ने ३९ वर्षीय सिवो देवी र विहार प्रान्त मुज्जफरपुर जिल्ला शिवदाशपुर वडा नम्बर ६ दौरा असली भारत बस्ने २१ वर्षीय राजपाल सहनी रहेका छन् । सिवो देवीले आफ्नो ज्वाईँ राजपाल सहनीलाई आफ्नै छोरा हो भनेर नेपाली नागरिकताको प्रमाणपत्र बनाउन खोज्दा उनीहरुलाई ईलाका प्रहरी कार्यालय गौशालाको टोलीले पक्राउ गरेको महोत्तरीका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनुभयो । प्रहरीको टोलीले उनीहरुको…

Read More

राजविराजको वडा नम्बर ५ बालविवाह मुक्त घोषणा

राजविराजको वडा नम्बर ५ बालविवाह मुक्त घोषणा

अनिल पोखरेल, राजविराज । सप्तरीको राजविराज नगरपालिका वडा नं ५ लाई सोमबार एक कार्यक्रमबीच बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा प्रदेश २ का भूमि, व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले वृक्षारोपण तथा कार्यक्रमको ब्यानर पढेर सो वडालाई बाल विवाह मुक्त वडा घोषणा गरे । घोषणा सभालाई सम्बोधन गर्दै मन्त्री साहले मधेशमा विकृतिको रुपमा देखापरेको बाल विवाह अन्त्यका लागि वडा ५ ले गरेको प्रयास सराहनीय रहेको भन्दै यसबाट अन्य वडाले पनि सिकाई गर्नु पर्ने बताए । ५ सय ६० घरधुरी भएको…

Read More

डिजेल तस्करद्वारा प्रहरीमाथि आक्रमण, असईसहित तीन जना घाइते

डिजेल तस्करद्वारा प्रहरीमाथि आक्रमण, असईसहित तीन जना घाइते

पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् । प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो । आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । तस्करले आक्रमण गरेर हतियारसमेत लुटे पनि घटनास्थलभन्दा केही परबाट बरामद भएको प्रहरीले जनाएको छ । पर्साका एसपी रेवती ढकालले तस्करले भारततर्फ जैलाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि आक्रमण गरेको जानकारी दिए । एसपी…

Read More

महन्थ बैकुण्ठ दास बैष्णव १५ लाख धरौटीमा रिहा

महन्थ बैकुण्ठ दास बैष्णव १५ लाख धरौटीमा रिहा

आलोक यादव , सिरहा। जनकपुरस्थित रत्नसागर मठका महन्थ बैकुण्ठ दास बैष्णव धरौटीमा रिहा भएका छन्। सरकारी कागज कीर्ते र ठगी मुद्दाका अभियुक्त बैष्णवलाई २ पुसमा जिल्ला अदालत धनुषाले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। उनीसँगै सरकारी कागज कीर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। उनलाई जलेश्वर कारागार पठाइएको छ। न्यायाधीश राजेश कट्वालको इजलासले धरौटीमा थुनामुक्त गर्न आदेश गरेलगत्तै बैकुण्ठका सहयोगीहरूले अदालतमा धरौटीवापतको रकम पुर्‍याएका थिए। थुनामुक्त हुँदा बैकुण्ठले अदालती आदेशलाई सत्यको जितको संज्ञा दिए। जनक हजारी विद्यापीठको २ बिघा…

Read More

देश भरिका स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा, सिरहा नगरपालिकामा पनि कामकाज ठप्प

देश भरिका स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा, सिरहा नगरपालिकामा पनि कामकाज ठप्प

आलोक यादव , सिरहा । सिरहाका १७ वटै स्थानिय तहका कर्मचारीहरु सहित देशैभरका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रिए पछि स्थानीय तहको कामकाज ठप्प हुन पुगेको छ । स्थानीय तह संयुक्त आन्दोलन परिचालन समिति अन्तर्गत सिरहा नगरपालिकाका कर्मचारीहरु काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् । स्थानीय तहमा कार्यरत कर्मचारी आवद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन लगायत कर्मचारी संघ, संगठनमा आवद्ध कर्मचारीहरुले समायोजन अध्यादेश विधेयकले आफूहरुलाई विभेदमा पारेको भन्दै विरोधमा उत्रिनु परेको कर्मचारीहरुले बताए। सिरहा नगरपालिकाका कर्मचारीहरुले पौष २ गते सांकेतिक विरोध स्वरूप देश भरिका स्थानीय तहमा कामकाज बन्द…

Read More

ड्युटीमा रहेका पालेलाई बञ्चरो प्रहार गरी मारियो

ड्युटीमा रहेका पालेलाई बञ्चरो प्रहार गरी मारियो

अनिल पोखरेल, राजविराज । शनिबार राति ड्युटी गरिरहेका तिलाठी कोइलाँडी गाउँपालिका–१ का पाले पर्शुराम मिश्रलाई गर्दनमा बञ्चरो प्रहार गरे पछि आइतबार राति थप उपचारकका लागि विराटनगर लाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । स्थानीय शैलेन्द्र मुखियासहितको समूहले ड्युटी गरिरहेका मिश्रलाई कार्यालयबाट उत्तरतर्फ लगेर बञ्चरोले पछाडि भागको गर्दनमा हिर्काएर घाइते बनाएका थिए । घाइते मिश्रले हारगुहार गरेपछि उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचारको क्रममा नै उनले आफूलाई मुखियासहितको समूहले कुटपिट गरेको बयान दिएका थिए । सगरमाथा अस्पतालमा उनको उपचार हुन नसक्ने भएपछि अस्पतालले…

Read More

सप्तरीको तिलाठी कोईलाडिमा आगलागी हुँदा २० लाख बढीको क्षति

सप्तरीको तिलाठी कोईलाडिमा आगलागी हुँदा २० लाख बढीको क्षति

अनिल पोखरेल, राजविराज। सप्तरीको तिलाठी कोईलाडिमा आगलागी हुँदा २० लाख भन्दा बढीको क्षति भएको छ । गाउँपालिकाको वडा नम्बर १ बेल्हिमा विहान करिव ३ बजे आगलागी भएको हो । आगलागीमा गोठ, घर, चौपाया तथा धनमाल सहित २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बिजय कुमार रायको फुसकोबाट अचानक आगो सल्किदा फुसको घर, गाई ३ वटा, बाछा १ वटा जल्दा अन्दाजी मुल्य रू। ३ लाख बराबरको क्षेति भएको साथै उनका छिमेकी नागेश्वर रायको फुसको घर १, १ सय मन धान सहित अन्दाजी रु। ३ लाख ५० हजार बराबरको…

Read More

लाखौँ मुल्यबराबरको भन्सार छलीका समान बरामद

लाखौँ मुल्यबराबरको भन्सार छलीका समान बरामद

भन्सार छली गरेर भारत बाट नेपाल तर्फ ल्याउदै गरेको एक लाख १८ हजार ६ सय बराबरको सामान सिरहा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँचको क्रममा भन्सार छली अबैध रुपमा भारत बाट नेपालतर्फ ल्याउदै गरेको अबैध सामानहरु प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले अनिक दुध पाउडर ६०० पाकेट, इलाइची चक्लेट ४ पाकेट, कागजको प्लेट १५ पाकेट, कोकोनेट चक्लेट २४ पाकेट, गुल पाउडर २५ पाकेट, जिरा ३० केजी, जिरा पाउडर १० पाकेट, ड्रिमक्रिम चक्लेट २० पाकेट, ड्रिमलाइट बिस्कुट ३…

Read More

श्री एयरलायन्सले विमान सेवा कटैती गरेपछि यात्रु समस्यामा

श्री एयरलायन्सले विमान सेवा कटैती गरेपछि यात्रु समस्यामा

अनिल पोखरेल, राजविराज । श्री एयरलायन्स कम्पनीको विमानले नियमित उडान शुरु गरेको ६ महिना नवित्दै विमान सेवा कटैती गरेपछि यात्रु समस्यामा परेका छन् । गत असार १० गते देखि श्री एयरलायन्सले साताको ६ दिन राजविराज काठमाण्डौ नियमित उडान भर्दै आईरहेको थियो । श्री एयरलायन्सको ५० सिट क्षमता भएको जेट विमानले सेवा शुरु गरेपछि यात्रुको चाप दिन प्रतिदिन बढी रहेको श्री एयरका राजविराज स्टेशन म्यानेजर सुरेश मल्लीकले वताए । ६ महिनामा राजविराजवाट १३ हजार ६ सय ३१ र काठमाण्डौवाट राजविराज ९ हजार ६७ जना यात्रुले यात्रा गरिसकेका छन् । विराटनगर र…

Read More

सत्तारुढ दलकै विद्यार्थी संगठनले दल्यो क्याम्पस प्रमुख दासलाई कालोमसो

सत्तारुढ दलकै विद्यार्थी संगठनले दल्यो क्याम्पस प्रमुख दासलाई कालोमसो

  आलोक यादव, सिरहा। प्रदेश नम्बर दुईको सत्तारुढ दल राजपा नेपालका विद्यार्थीहरुले जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख बिजयलाल दासलाई कालोमोसो दलेका छन् । आइतबार रामवरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख दासमाथि कार्यकक्षमा बसेको बेला राष्ट्रिय विद्यार्थी संघको अगुवाईमा कालोमोसो दलिएको हो । संघले लामो समयदेखि १९ सूत्रीय माग राख्दै पढाइको माग गर्दै आन्दोलन गर्दै आएको छ । क्याम्पस प्रमुख दासले वास्ता नगरेको भन्दै आक्रोशित विद्यार्थीको समूहले कार्यकक्षमै पसेर कालोमोसो दलेको स्रोतले जनाएको छ ।  

Read More