भीआइपीको सुरक्षा भन्दै दर्शनार्थीलाई मन्दिर छिर्न दिइएनः दुई देशको संस्कृति र सभ्यताको अभिन्न अंगः आदित्यनाथ

भीआइपीको सुरक्षा भन्दै दर्शनार्थीलाई मन्दिर छिर्न दिइएनः दुई देशको संस्कृति र सभ्यताको अभिन्न अंगः आदित्यनाथ

भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले राम र सीताको जीवन नेपाल भारत दुई देशको धर्म, संस्कृति र सभ्यताको अभिन्न अंग भएको बताएका छन्। जानकी मन्दिरमा दर्शन पछि उनले त्यहाँ लेखेको सन्देशमा राम सीताको जीवनले सधैँ प्रेरित गरिरहने उल्लेख गरेका छन्। विवाह पञ्चमीको अवसरमा जनकपुरमा पूजा अर्चना गर्ने र जनकको भूमिमा आउने अवसर प्राप्त भएकोमा आफूलाई धन्य मानेको छु उनले लेखेका छन्। राम र सीताको जीवन नेपाल र भारतको धर्म, संस्कृति तथा सभ्यताको अभिन्न अंग हो, उनले लेखेका छन्, उहाँहरूले जुन आदर्श तथा मूल्यको पालना गर्नुभयो, ती सर्वभौम छन् र हामी सबैलाई…

Read More

जनकपुर पुगे मुख्यमन्त्री योगी आदित्यनाथ,यस्तो छ पाँच घण्टे कार्यतालिका

जनकपुर पुगे मुख्यमन्त्री योगी आदित्यनाथ,यस्तो छ पाँच घण्टे कार्यतालिका

आलोक आदव, सिरहा । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आदित्यनाथलाई स्वागत गरेका थिए । साढे १० निजी विमानबाट जनकपुर आइपुगेका योगीले सर्वप्रथम जानकी मन्दिर पुगेर आधा घण्टा जति पूजा गर्ने कार्यक्रम छ, त्यसपछि सबै मन्त्रालयहरु रहेको ‘मधेश भवन’ जाने कार्यक्रम रहेको…

Read More

मुख्यमन्त्री आदित्यनाथलाई राउतले स्वागत गर्ने, ड्रोन क्यामेराबाट सुरक्षा निगरानी

मुख्यमन्त्री आदित्यनाथलाई राउतले स्वागत गर्ने, ड्रोन क्यामेराबाट सुरक्षा निगरानी

आलोक यादव, सिरहा । रामजानकी विवाहोत्सवमा सहभागी हुन भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आज जनकपुर आउँदै छन् । योगी आफ्नो निजी विमानबाट उत्तर प्रदेशका राजधानी लखनउबाट सोझै जनकपुर पुग्ने कार्यक्रम रहेको छ । योगीको विमान विहान सवा दश बजे जनकपुर विमानस्थलमा अवतरण गर्ने बताइएको छ । विवाहोत्सव कार्यक्रममा सहभागी भएपछि योगी बुधवार साँझ करिब पौने ६ बजे नै उत्तर प्रदेशका राजधानी लखनउ फर्कने कार्यक्रम रहेको बुझिएको छ । ९ सीट क्षमताको बीई २०० नामक विमानबाट जनकपुर आउने उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँगै चारजना चालक दलका सदस्य तथा पाँच जना प्रतिनिधिमण्डल…

Read More

अवैध लागु औषधसहित सप्तरीबाट एक जना पक्राउ

अवैध लागु औषधसहित सप्तरीबाट एक जना पक्राउ

अनिल पोखरेल, सप्तरी । सप्तरी प्रहरीले अवैध लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । मंगलवार चेकजाचको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी बाट खटीगएको गस्ती टोलीले स ५ प ८२७९ नम्बरको मोटरसाईकल सहित राजबिराज नपा ८ का २७ वर्षीया सन्जय यादवलाई पक्राउ गरेको हो । यादवको साथबाट फनेरगन ९० थान, डाइजेल्याब ९० थान,लिजेसिस ९० थान लगायत बरामद गरेको छ । उनीसहित मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यादवमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

उखुबारीमा भेटियो महतोको शव

उखुबारीमा भेटियो महतोको शव

आलोक यादव, सिरहा । महोत्तरी । खेतमा काउली हेर्न गएका एक पूरुषको शव नजिककै उखुँबारीमा भेटिएको छ ।  महोत्तरीको औरही नगरपालिका वडा नं २ फूलबरिया बस्ने स्थानीय शिवशरण महतोका ४० बर्षिय छोरा बेचु महतो नजिकको उखुँबारीमा मृत भेटिएका हुन् । गएराती करिब १ बजे उनी आफ्नो खेतमा लगाएको काउली हेर्न बाहिर निस्केका थिए । राती काउली हेर्न निस्केका महतो धेरै बेरसम्म नआएपछि उनका छोराहरुले खोजी गर्न खेत तर्फ गएका थिए । खेतमा बुवालाई नपाएपछि विच्चलित हुँदै स्थानीयहरुलाई खवर गरेका थिए । स्थानीयहरुले प्रहरीलाई खवर गरे लगत्तै गएका प्रहरी टोलीले उनको…

Read More

सप्तरीबाट लागु औषध सहित एक व्यक्ति पक्राउ

अनील पोखरेल, सप्तरी । सप्तरीबाट लागु औषध सहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको राजविराज नगरपालिका वडा नंम्वर ४ कल्टुदास पोखरीबाट जिल्ला प्रहरी कार्यालय सप्तरी बाट खटिगएको गस्ती टोलीले मोटरसाइकल लाई चेकजाच गर्ने क्रममा लागु औषध सहित  राजविराज नगरपालिका ८ बस्ने वर्ष २७ को सञ्जय यादव पक्राउ परेका हुन् । उनको साथबाट प्र्रहरीले फेनेर्गान ९० थान डियाजल्याव ९० थान लेगेसिक ९० थान डियाकलेक डिसी कोडाईन फोस्फेट २ बोतल फेला परेको प्रहरीले बताएको छ ।पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालत बाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको…

Read More

आदित्यनाथ चढेर आउने विमानको जनकपुरमा परिक्षण उडान

आदित्यनाथ चढेर आउने विमानको जनकपुरमा परिक्षण उडान

आलोक यादव , सिरहा । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चढेर जनकपुर आउने विमानको परीक्षण उडान (टेस्ट फ्लाइट) गरिएको छ । रामजानकी विवाहोत्सवमा सरिक हुन जनकपुर आउनुभन्दा एक दिनअघि मंगलबार भारतीय विमानको परीक्षण गरिएको हो। बिहान उत्तर प्रदेशको राजधानी लखनउबाट उडान भरेको भारतीय विमान जनकपुर विमानस्थलमा १० बजेर १९ मिनेटमा अवतरण गरेको थियो । ९ जना यात्रु बोक्ने क्षमता रहेको बीई २०० नामक भारतीय कम्पनीको विमान जनकपुर विमानस्थलमा अवतरण भएको केहि बेरपछि पुनः लखनउ फर्किएको छ । बुधबार पनि १०.१५ मा योगी चढेर आउने यो विमान जनकपुर विमानस्थलमा अवतरण…

Read More

एमबीबीएस अध्ययनरत दलित विद्यार्थीलाई प्रदेश सरकारद्वारा साढे १० लाख आर्थिक सहयोग

एमबीबीएस अध्ययनरत दलित विद्यार्थीलाई प्रदेश सरकारद्वारा साढे १० लाख आर्थिक सहयोग

आलोक यादव, सिरहा । आर्थिक समस्यामा परेका एमबीबीएस अध्ययनरत तीनजना दलित विद्यार्थीलाई प्रदेश नम्बर २ सरकारले आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आज तीनै जना विद्यार्थीहरुलाई साढे तीन लाखको दरले चेक हस्तान्तरण गरे । सो अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाँल सहितको उपस्थिति रहेको थियो । छात्रवृतिमा नाम निकाली नेशनल मेडिकल कलेज विरंगजमा अध्ययनरत तीनै जना विद्यार्थीलाई खान र बस्न समस्या भएपछि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारको आर्थिक सहयोग पाउनेहरुमा छिन्नमस्ता गाँउ पालिका…

Read More

योगी आदित्यनाथलाई प्रदेश सरकारको ३६ व्यञ्जनकाे दिवाभोज, तीन तहको सुरक्षा घेरा

योगी आदित्यनाथलाई प्रदेश सरकारको ३६ व्यञ्जनकाे दिवाभोज, तीन तहको सुरक्षा घेरा

आलोक यादव , जनकपुरधाम । रामजानकी विवाह महोत्सवमा सहभागी हुन बुधबार भारतको अयोध्याबाट आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भव्य स्वागतको तयारी गरिएको छ । आदित्यनाथ भारतको उत्तरप्रदेशको राजधानी लखनउबाट विमान चढी सोझै जनकपुरधामको विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको छ । प्रदेश २ का डिआईजी हरिबहादुर पालका अनुसार जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिरमा पूजा गर्न आउनेछन् । त्यसपछि प्रदेश २ सरकारको मधेश भवनमा आयोजना गरिएको दिवा भोजमा सरिक भए पछि उनी विवाहपञ्चमी महोत्सव बाह्रबिघा मैदानमा आयोजना हुने स्वयंवरमा सहभागी हुनेछन् । विवाह पञ्चमीमा सहभागी भई आदित्यनाथ सोझै विमानस्थल…

Read More

सेनाविरुद्ध बर्दिबासका जनताले आन्दोलन गर्ने

सेनाविरुद्ध बर्दिबासका जनताले आन्दोलन गर्ने

आलोक यादव, सिरहा। महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९ पशुपतिनगरमा व्यक्तिको नाममा रहेको ५ विघा जग्गा नेपाली सेनाले मिचेको आरोप लागेको छ । नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री न्रम्बर २ युद्धकवच गुल्म किसाननगरले स्थानीय जोगेन्द्र महतोलगायतको नाममा रहेको सो जग्गा मिचेको आरोप लागेको हो । महतोले भने–‘हामीले यो जग्गा ५० औं वर्षदेखि भोग चलन गर्दै आएका हौं । अहिले आएर नेपाली सेना पिल्लर गाडेको छ। हामीले भन्दा टेर्दैनन्, उनीहरु राति, दिउँसो जतिबेला मन लाग्यो सयौंको संख्यामा आएर पिलर गाड्छन् तर हाम्रो कुरा सुन्दै मान्दैनन् ।’ स्थानीय घुरन महतोका अनुसार…

Read More