युवती बलात्कार गर्ने दुइ अभियुक्तलाई १० बर्ष कैद

युवती बलात्कार गर्ने दुइ अभियुक्तलाई १० बर्ष कैद

प्रनिश थापा, चितवन । चितवन जिल्ला अदालतले २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा २ अभियुक्तलाई १०÷१० वर्षको कैद फैसला सुनाएको छ । न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले चितवन खैरहनीकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार वडा नं ३ बस्ने वर्ष १८ को छोटु साह तुराहा र भारत जिल्ला पश्चिम चम्पारण, बेतिया थाना भंगाहा पञ्चायत, भंगाहा धुमाटार वडा नं ४ बस्ने वर्ष ३६ को प्रदीप सरकारलाई उक्त सजाय सुनाइएको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । उनीहरुमाथि असार १० गते युवतीलाई…

Read More

गैंडाको खाग र कछुवाको खपडासहित धादिङबाट दुई जना पक्राउ

गैंडाको खाग र कछुवाको खपडासहित धादिङबाट दुई जना पक्राउ

गैंडाको खाग र कछुवाको खपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सामानसहित प्रहरीले धादिङको नीलकण्ठ नगरपालिका ११ गैरी गाउँका ६१ वर्षीय जिवनाथ बोहरा र ३९ वर्षीय रामबहादुर धमलालाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले जिवनाथको घरमा खानतलासी गर्दा लुकाइछिपाई राखेको अवस्थामा गैंडाको खाग एक थान र कछुवाको खपटा एक थान बरामद गरेको हो। बरामद वस्तुसहित प्रहरीले उनीहरूलाई कारबाहीका लागि डिभिजन वन कार्यालय पठाएको छ।

Read More

खोला किनारमै फाल्छन् लोथरवासीले बजारको फोहोर

खोला किनारमै फाल्छन् लोथरवासीले बजारको फोहोर

प्रनिश थापा, चितवन । राप्ती नगरपालिका लोथरवासीले बजारको फोहोर खोलाकिनारमै फाल्ने गरेका छन् । पश्चिम चितवनका विभिन्न सामुदायिक वन, टोल विकास संस्था, आमा समूह, नेपाली सेनालगायतका संघसंस्था मिलेर लोथरदेखि गोलाघाटसम्म सरसफाइ गर्ने अभियान चलिरहँदा पूर्वी चितवनको लोथरवासीले लोथर खोला किनारमा नै फोहोर व्यवस्थापन गरिरहेका छन् । लोथरवासीले विगत दुई वर्षदेखि लोथरखोला पुलको दक्षिणपट्टीको किनारमा फोहोर फाल्दै आएका छन् । ‘फोहोर व्यवस्थापनको लागि नगरपालिकालाई पटकपटक आग्रह गर्दा समेत अहिलेसम्म कुनै प्रयास नभएको स्थानीयले बताए । स्थानीय सरकार आएदेखि अहिले सम्म टोल विकास संस्थाले फोहोर राख्नको लागि १५ वटा बाल्टी दिनेबाहेक अरू…

Read More

चेपाङ बालबालिका भोकभोकै विद्यालय जाँदै

चेपाङ बालबालिका भोकभोकै विद्यालय जाँदै

थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् । दक्षिणी धादिङको बेनीघाटरोराङ गाउँपालिका–२ चोतेसस्थित बागेश्वरी आधारभूत विद्यालय कक्षा १ मा अध्ययनका लागि जाने उनी हुन् ६ वर्षीय सिद्धिबहादुर चेपाङ । बिहान गाउँको बाटो हुँदै विद्यालय जान्छन् । अरु विद्यार्थी आउनुभन्दा अलि पहिला नै विद्यालय पुग्ने सिद्धिबहादुर विद्यालय पुग्ने बित्तिकै दिउँसो खाजा बनाउने ठाउँमा हेर्न पुग्छन् । अघिल्लो दिनको मकै…

Read More

भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने

भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने

प्रनिश थापा, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने भएको छ । भरतपुर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत रहेपनि सहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त भवन ६ करोड २ लाख रूपैयाँमा बनाउन लागेको हो । भवन निर्माणका लागि निर्माणकर्ताको समेत छनोट भइसकेको छ । बोलपत्र आह्वानपछि निर्माणको ठेक्का रविना जोशी फूलजोर जेभीले पाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त भवन अस्पतालको पुर्वपट्टिको खाली ठाउँमा बन्ने समेत उनले जनाएका छन् । अस्पतालको स्तरोन्नति स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई स्तरोन्नति गरी ५ सय शैय्या बनाउन गरेको…

Read More

जिल्ला सिंचाइ योजनाले ९ महिना बित्दा समेत बुझाएनन् बिद्युत महसुल

जिल्ला सिंचाइ योजनाले ९ महिना बित्दा समेत बुझाएनन् बिद्युत महसुल

प्रनिश थापा, चितवन। नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रले सरकारी कार्यालयमा बाँकी रहेको बक्यौता अझै उठाउन सकेको छैन । प्राधिकरणले जिल्ला सिंचाई योजना बाट ९ महिनाको जरिवाना बाहेक १ करोड २१ लाख ८९ हजार ८ सय ३८ रुपैयाँ विद्युत महसुल उठाउन नसकेको जनाएको हो । त्यस्तै, प्राधिकरणले सडक बत्तीबाट मात्रै २३ करोड १ लाख ८९ हजार र कालोसुचीमा परेका अन्य सेवाग्राहीहरुबाट ९५ लाख ९८ हजार ५ सय ४४ रुपैयाँ महसुल समेत उठाउन सकेको छैन। घरायसी क्षेत्रबाट ७ करोड ८३ लाख ३४ हजार , व्यवसायीक क्षेत्रबाट ४७ लाख १८ हजार र…

Read More

दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिने

दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिने

–रामहरि न्यौपाने नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी आज आफन्तलाई जिम्मा लगाइएको छ । दुर्घटनामा ज्यान गुमाएका २० मध्ये १९ जनाको शव शनिबार घटनास्थलमा नै चिकित्सकको टोलीले परीक्षण गरेपश्चात आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । उहाँको अनुसार दुर्घटनाका क्रममा घटनास्थलमा १८ जना र उपचारका लागि अस्पताल लैजाने क्रममा घटनास्थल नजिकै रामतीमा ज्यान गुमाएका थप एकजना गरी १९ जनाको शव आज आफन्तलाई जिम्मा लगाइएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये उपचारका क्रममा एक जनाको काठमाडौँमा…

Read More

काठमाण्डौबाट ठूलो परिमाणमा अवैध मदिरा नष्ट

काठमाण्डौबाट ठूलो परिमाणमा अवैध मदिरा नष्ट

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर बागमती खोला किनारको सुकुम्वासी बस्तीमा छापा मारी ठूलो परिमाणमा अवैध मदिरा फेला पारेको छ ।प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेको नेतृत्वमा गएको प्रहरी टोलीले रु तीन लाखभन्दा बढी मूल्य बराबरका चार हजार लिटर अवैध घरेलु मदिरा ९रक्सी, जाँड र तोङ्गवा० बरामद गरिएको छ । सो क्रममा मदिरा बनाइराखेको अवस्थामा चार महिलालाई पक्राउ गरेको वृतले जनाएको छ । उनीहरुले अवैध मदिरा तयार गरी विभिन्न भट्टी पसल र होटेलहरुमा लगेर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

Read More

जन्ती लिएर हिडेको जीप दुर्घटना बेहुलाबेहुली सहित २१ घाइते

जन्ती लिएर हिडेको जीप दुर्घटना बेहुलाबेहुली सहित २१ घाइते

रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा१९च ६९३४ नं को बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।प्रहरी नायब उपरीक्षक दिपक गिरीकाअनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो । घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्विकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ । बलेफी गाउँपालिका–६ का चालक प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

पोलपोलमा चोरीका बिजुली, प्राधिकरण भने मौन

पोलपोलमा चोरीका बिजुली, प्राधिकरण भने मौन

प्रनिश थापा, चितवन । नेपाल विद्युत् प्राधिकरणले चोरीका बिजुली बाल्ने अभियानलाई कडाइ गरेको जतिसुकै दाबी गरेता पनि चितवनमा भने चोरीको बिजुली बाल्ने परम्परा अझै यथावत नै रहेको पाइएको छ । जिल्लाको सदरमुकाम मै चोरीका बिजुली बालेको सप्रमाण फेला पारेका छन् । नेपाल विद्युत प्राधिकरणका इन्जिनियर अविनाश महतोले चालु आर्थिक वर्षको चौमासिकमा विद्युत चोरी गर्ने ५७० सेवाग्राहीहरुको विद्युत लाइन काटेको बताएका छन् । विद्युत लाइन काटिनेमध्ये ५२५ सेवाग्राहीबाट ७८ लाख ९८ हजार २४४ रुपैंयाँ असुली गरिएको उनले जानकारी दिए । चालु आर्थिक वर्ष ०७५/७६ को कात्र्तिक मसान्तसम्ममा लाइन काटिएका ५७० सेवाग्राहीबाट…

Read More