काठमाडौं टोखाबाट १५ जुवाडे पक्राउ

काठमाडौं टोखाबाट १५ जुवाडे पक्राउ

काठमाडौँः महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४० रुपैयाँसहित १५ जुवाडेलाई पक्राउ गरेको छ। प्रहरी टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ बुक ताससहित बुधबार राति ९ बजे उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन्। वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५…

Read More

भरतपुर महानगरले जग्गा कित्ताकाट खुला नगर्ने

भरतपुर महानगरले जग्गा कित्ताकाट खुला नगर्ने

केन्द्र सरकारले जग्गाको कित्तकाट खुल्ला गरेपनि भरतपुर नगरपालिकाले भने पूर्ण रुपमा कार्यन्वयन नगर्ने भएको छ । जग्गाको वर्गिकरणका आधारमा जग्गाको अंशबण्डा, किनबेच, प्लटिङको मापदण्ड स्थानीय तहले नै बनाउने उल्लेख गरिएको नीति अनुसार भरतपुरमा थप गृह कार्य गर्न आवश्यक रहेको भन्दै जग्गा कित्ताकाट नगर्ने जनाएको हो । जग्गाको कित्ताकाट निर्णय भएसगैँ भरतपुरमा मनपरी तवरले भू–माफियाहरु सल्बलाएका कारण आफूहरुले स्पष्ट कार्ययोजना बनाएर मात्रै जग्गाको कित्ताकाट लागु गर्ने भरतपुर महानगरकी मेयर रेनु दाहालले जानकारी दिइन् । भरतपुरमा मात्र अव्यवस्थित तवरले प्लटिङ भएका कारण झण्डै २० प्रतिशत कृषि योग्य जमिन मासिएको कृषि कार्यालयको तथ्याङ्क…

Read More

राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

प्रनिश थापा, चितवन । चितवनको राप्ती नदीमा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १३ सिमलगैरी घर भएका अन्दाजी ३४ वर्षका विष्णु बोटको सीतामाई नजिकै राप्ती नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी चार जनाको समूहमा ड्राइ पिकनिकका लागि सीतामाई नजिकैको भ्यूटावर गएका थिए । राप्ती नदीमा पौडी खेल्ने क्रममा विष्णुको डुबेर मृत्यु भएको बताइएको छ । मृतकको शरीरलाई पोष्टमार्टमका लागी भरतपुर अस्पताल लगिएको छ ।

Read More

नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै

परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले आज यहाँ पत्रकारसम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिनुभयो । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय…

Read More

मासु पसल मापदण्डविपरीत

मासु पसल मापदण्डविपरीत

भक्तपुर, जिल्लाका अधिकांश मासु पसल फोहर र न्यूनतम मापदण्ड पनि पूरा नगरी सञ्चालन गरेको पाइएको छ । भक्तपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले शुक्रबार व्यासी र कासानक्षेत्रमा गरेको मासु पसल अनुगमनका क्रममा यस्तो भेटिएको हो । यसअघि गरिएको अनुगमनका क्रममा दिइएको निर्देशन भक्तपुर फ्रेस हाउस एण्ड अण्डा सेन्टरले पालना नगरेको पाइएपछि उक्त पसलको तराजु नियन्त्रणमा लिएर तीन दिनभित्र पसल दर्ता गर्न निर्देशन दिइएको छ । त्यस्तै इतुसा मिट शप, इन्द्रायणी मिट शप, जयकाली मिट शप, कालिका कोल्डस्टोर, सञ्जीव मिट शप, बालाखु गणेश कोल्डस्टोर, एभरेष्ट चिकेन स्टोर,…

Read More

देवघाटधाममा हुने मेलाको तयारी अन्तिम चरणमा

देवघाटधाममा हुने मेलाको तयारी अन्तिम चरणमा

प्रनिश थापा, चितवन । माघे संक्रान्तिको अवसरमा देवघाटधाममा हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । देवघाट क्षेत्र विकास समितिको समन्वयमा आज जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर तालिम केन्द्रबाट प्रहरी जवानसहित विभिन्न सङ्घ संस्थाको सहभागीतामा देवघाटको वेणी सङ्गममा सरसफाइ गरिएको छ । साथै, चितवनतर्फको देवघाट क्षेत्रको किनारमा भने नेपाली सेना र सशस्त्र प्रहरीहरू समेतले सरसफाइ गरेको छ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि माघे संक्रान्तिमा हुने देवघाट मेलाको पूर्व सन्ध्यामा देवघाटधामको वेणी सङ्गममा सरसफाइ गरिएको जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर तालिम केन्द्रका प्रहरी नायव उपरीक्षक भरत बहादुर विश्कर्माले जानकारी…

Read More

पौने दुई करोड हिनामिना गरी एक महिनादेखि फरार लेखा अधिकृत अझै सम्पर्कमा आएनन्

पौने दुई करोड हिनामिना गरी एक महिनादेखि फरार लेखा अधिकृत अझै सम्पर्कमा आएनन्

प्रनिश थापा , चितवन । चितवनको भरतपुरस्थित मालपोत कार्यालयका लेखा अधिकृत रिठ्ठे दर्जी आर्थिक हिनामिना गरेर बेपत्ता भएका छन् । मालपोत कार्यालयका प्रमुख एवम् प्रमुख मालपोत अधिकृत लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा रकम बेरूजु देखिएपछि लेखा अधिकृत दर्जीले एक करोड ७३ लाख रूपैयाँ लिएर मंसिर २५ गतेदेखि नै सम्पर्कविहीन भएको बताए । कार्यालय प्रमुख पौडेलका अनुसार गत, मंसिर ६ गते आन्तरिक लेखा परीक्षणको कार्यालयले रकम दाखिलाको पत्र पठाएपछि सोही दिन मालपोत कार्यालयले दर्जीको नाममा एक हप्ताभित्र रकम दाखिला गर्न भनी पहिलो पटक पत्र काटेको थियो । ‘तर,…

Read More

भक्तपुरको सुर्यविनायकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुरको सुर्यविनायकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

भक्तपुरको सूर्यविनायक नगरपालिका–५, सल्लाघारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् । सृजनानगरबाट दुवाकोटतर्फ जादै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसका चालक २९ वर्षीय सहीद तामाङको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घटनामा घाइते तामाङलाई उपचारका लागि ईवामुरा अस्पताल सल्लाघारी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । मोटरसाइकलमा पछाडि सवार शेरबहादुर तामाङ घाइते भएका छन् । उनको अहिले ईवामुरा अस्पताल सल्लाघारीमै उपचार भइरहेको प्रहरीको भनाई छ ।

Read More

चितवनमा प्रचण्डः एकाबिहानै निस्किए गणेशधाम मन्दिरको निरीक्षणमा

चितवनमा प्रचण्डः एकाबिहानै निस्किए गणेशधाम मन्दिरको निरीक्षणमा

प्रनिश थापा, चितवन। पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान मर्निङ्ग वाकमा गणेशधामको निरीक्षण गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको गणेशधामका विषयमा जानकारी सगैँ स्थलगत निरीक्षणका लागी पूर्व प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले गणेशधामलाई चितवनकै मात्र नभई मुलुककै प्रमखु धार्मिक पर्यटकीय बनाउन विशेष सहयोग गर्ने बताए । साथै उनले स्थानीयस्तर बाटै सक्रिय बनाएर निर्माण गरिने यस्ता खालका परियोजनालाई पर्यावरणसगै पर्यटन विकासमा समेत नयाँ आयम थप्ने बताए । सो, अवसरमा ८० करोड लागत अनुमान गरिएको गणेशधाम गुरुयोजनाका विषयमा…

Read More

चितवन महोत्सवको तयारी पुरा, आज प्रचण्डले उद्घाटन गर्दै

चितवन महोत्सवको तयारी पुरा, आज प्रचण्डले उद्घाटन गर्दै

प्रनिश थापा, चितवन। १२ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । माघ ४ गतेसम्म सञ्चालन हुने महोत्सवको आज पूर्व प्रधानमन्त्री,सत्तारुढ नेकपाका अध्यक्ष पुष्प कमल दाहालले उद्घाटन गर्दै छन् । चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रचण्डले मोहत्सवको उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ । महोत्सव उद्घाटनअघि निकालिने शोभायात्राले नारायणगढ बजार परिक्रमा गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक सहन प्रधानले बताए । आर्थिक समिति संयोजक कल्याण जोशीले महोत्सवमा बचत हुन आउने ५६ लाख रूपैयाँ नारायणीकिनारको प्रदर्शनीस्थलको विकासका लागि खर्च गरिने बताए । महोत्सव प्रवद्र्धन समिति संयोजक…

Read More