सडकमा फोहोर फाल्नेलाई ६ हजार जरिवाना

सडकमा फोहोर फाल्नेलाई ६ हजार जरिवाना

पोखरा महानगरपालिका–९ मा जनप्रतिनिधिको नेतृत्वमा गठन भएको सरसफाइ समितिका सदस्यले सडकमा फोहरमैला फाल्नेहरुको गतिविधि निगरानी गर्न साँझ बिहान गस्ती गर्ने गरेका छन् । समितिले फोहरमैला सार्वजनिक स्थलमा फालेको भेटिएमा पहिलोपटक फोहरसहित फिर्ता पठाउने छ भने दोस्रोपटक पनि फेला परे जरिवाना गराउने छ । अनुगमन टोलीको आँखा छलेर फोहरमैला फाले भने पनि टोलीले कसको फोहरमैला हो भनेर पत्ता लगाएर जरिवाना गराएरै छाड्ने छ । पोखराको मुख्य बजार महेन्द्रपुल, चिप्लेढुङ्गा र न्यूरोडको क्षेत्रपर्ने वडा नं ९ मा सरसफाइ अनुगमन समिति गठन भएर प्रत्येक रात र बिहान समिति गस्तीमा निस्कने गरेको छ ।…

Read More

भुकम्प पीडित सापकोटा भन्छन्ः‘आफ्नो घरमा बस्नै नपाएर मरिन्छ कि भन्ने चिन्ता लाग्छ’

भुकम्प पीडित सापकोटा भन्छन्ः‘आफ्नो घरमा बस्नै नपाएर मरिन्छ कि भन्ने चिन्ता लाग्छ’

भरत प्रसाद सापकोटा, बागलुङ । ६४ वर्षीय पदम सापकोटालाई एउटै चिन्ता छ, आफ्नो घरमा बस्न नपाउँदै मरिन्छ कि भन्ने । सम्पत्तिको नाममा एउटा घर थियो । घर सँगै जोडिएको सानो बारी र खर भिर । त्यै पनि २०७२ सालको भूकम्पले चिरा चिरा पारिदियो । काँठे खोला गाउँपालिका ५ बिहुकोटका सापकोटा हाल श्रीमतीको माइतीमा बस्दै आएका छन् । भूकम्प गएको चार वर्ष हुन थाल्यो । । त्यो बेला सामान्य गोठमा चिरा परेकाले पनि राहत पाए । घर बनाए । सरकारले सहयोग गर्‍यो । तर सापकोटाको चिरा चिरा परेको घर कसैले देखेनन्…

Read More

समाज विकासको मुख्य आधार नै शिक्षा होः वडाध्यक्ष कँडेल

समाज विकासको मुख्य आधार नै शिक्षा होः वडाध्यक्ष कँडेल

भरत प्रसाद सापकोटा, बागलुङ । बागलुङको काँठे खोला गाउँपालिका वडा ५ का अध्यक्ष वडा अध्यक्ष शिव कँडेलले जनचाहाना अनुसार क्याम्पस सञ्चालन गर्नु पर्ने बताएका छन् । बिहुँकोट अमर क्याम्पस को ७ औ वार्षिकोत्सवको अवसरमा बोल्दै वडाध्यक्ष कँडेलले यस्तो बताएका हुन् । उच्च शिक्षा हासिल गर्न गाउँमै क्याम्पस सञ्चालन गरिएको बताउँदै विद्यार्थीकै रची अनुसारका विषय सञ्चालनमा ल्याउने वाताारण सिर्जना गर्नु पर्नेमा जोड दिए । शिक्षा समाज विकासको महत्त्वपूर्ण आधार भएको भन्दै कँडेलले सहरीकरण बसाई सराई जस्ता कारणले विद्यार्थी घटेकोले यसलाई नियन्त्रण गर्न पनि पहल गर्नु पर्नेमा जोड दिए । वार्षिकउत्सवमा आर्थिक…

Read More

सेनाले बनाएको पुल अज्ञात समूहद्वारा तोडफोड

सेनाले बनाएको पुल अज्ञात समूहद्वारा तोडफोड

नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौँवा खोलाको पुल तोडफोड भएको छ । जैमिनी नगरपालिका–७ जैदीस्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए । गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सो पुलको उद्घाटन गरेका थिए। क्षेत्रीको नामसहितको विवरण राखिएको शिलालेख र केही संरचना फुटालिएको भेटिएको नगरपालिकाका उपप्रमुख लीला रानाले बताए। तोडफोड गर्ने समूहको खोजी भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए । कोरिडोर सेनाले निर्माण गरिरहेको छ । बिना कारण भौतिक संरचनामा तोडफोड भएको भन्दै उपप्रमुख लीला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताए…

Read More

कक्षा ११ को पुरक परीक्षा शनिबारदेखि शुरू

कक्षा ११ को पुरक परीक्षा शनिबारदेखि शुरू

राजेशचन्द्र राजभण्डारी, बागलुङ । राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको माध्यमिक तह कक्षा ११ का विद्यार्थीको मौका परीक्षा शनिबारदेखि शुरू भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्ले संचालन गर्दै आएको परीक्षा प्रणाली परिवर्तनसँगै माध्यमिक तहको कक्षा ११ का विद्यार्थी बढीमा दुई बिषयसम्म दिन पाउने परीक्षा बागलुङ जिल्ला भरिको सदरमुकामको परीक्षा केन्द्रमा शुरू गरेको शिक्षा विकास इकाईका प्रमुख कुश्मराज उपाध्याले बताए । बागलुङ जिल्लाभरिका कुल १८९२ जना विद्यार्थीको लागि बागलुङ सदरमुकामको ३ वटा केन्द्र मार्फत परीक्षा संचान गरिएको छ । विद्यामन्दिर माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र अमृत आदर्श माविमा यसपटक परीक्षा…

Read More

न्यानो कपडा वितरण

न्यानो कपडा वितरण

जिल्ला बालकल्याण समितिले व्यास नगरपालिका–११ राम्चेस्थित सूर्योदय आधारभूत विद्यालयका छात्रछात्रालाई न्यानो कपडा वितरण गरेको छ । सिर्जनशील बालविकास संस्था पोखराको समन्वयमा समितिले विद्यालयमा अध्ययनरत २२ छात्रछात्रालाई शुक्रबार न्यानो कपडा र झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो ।उक्त समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बालबालिकालाई न्यानो कपडा वितरण गर्दै यसले विद्यार्थीलाई अध्ययनमा सहयोग पुयाउने बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोका कारण न्यानो कपडा नहुँदा विद्यार्थी विद्यालयमा अनुपस्थित हुने क्रम बढ्दो छ, न्यानो कपडाले उनीहरुलाई विद्यालय आउने वातावरण सिर्जना गर्ने अपेक्षा गरेका छौँ ।” यसैगरी रोटयाक्ट क्लब अफ दमौली र रोटयाक्ट…

Read More

चिसो मौसममा समेत भुइँमै पढ्न बाध्य

चिसो मौसममा समेत भुइँमै पढ्न बाध्य

विकासको मूल आधार शिक्षा भनिए पनि सामुदायिक विद्यालयहरुमा आवश्यक शैक्षिक जनशक्ति, पर्याप्त पूर्वाधार र आर्थिक स्रोत नहुँदा विद्यालयहरु समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम क्षेत्रमा सञ्चालित विद्यालयमा दरबन्दी अनुसार शिक्षक व्यवस्थापन हुन नसक्दा समस्या भएको हो ।यस्तै समस्या झेलिरहेको छ, म्याग्दीको बेनी नगरपालिका–५, चिप्लेटीमा अवस्थित डिम्ब आधारभूत विद्यालय । जिल्ला सदरमुकामदेखि नजिकै र नगरपालिका भित्रको विद्यालयले आवश्यक मात्रामा शिक्षक दरबन्दी नपाउनु, आर्थिक अभाव, फर्निचर तथा पूर्वाधारको कमीका कारणले गर्दा विद्यालय सञ्चालनमा समस्या भैरहेको छ । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी नहुँदा समस्या भएको विद्यालयले जनाएको छ ।विद्यालय तह अनुसार कम्तीमा…

Read More

पुस १५ गते सार्वजनिक बिदा

पुस १५ गते सार्वजनिक बिदा

तमु ल्होसार पर्वको अवसरमा पुस १५ गते आइतवार गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले शुक्रवार सूचना जारी बिदा दिने निर्णय गरेको हो । पुस १५ गते तमु ल्होसार पर्व परेकोले गण्डकीस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी गराइएको छ । गण्डकी प्रदेश विशेषतः गुरुङहरूको बाहुल्यता रहेको प्रदेश भएको र सो दिन उनीहरूको प्रमुख चाड तमु ल्होसार अवसरमा बिदा दिने निर्णय भएको जनाइएको छ । बिदाका लागि तमु समुदायले सरकारलाई दबाब दिँदैआएका थिए ।

Read More

बिहुँकोट खेलकुद विकास केन्द्र बाग्लुङले निर्माण गर्न लागेको खेलकुद मैदान रकम अभावमा अलपत्र

बिहुँकोट खेलकुद विकास केन्द्र बाग्लुङले निर्माण गर्न लागेको खेलकुद मैदान रकम अभावमा अलपत्र

भरत प्रसाद सापकोटा । बाग्लुङको काँठेखोला गाउंपालिका ५ मा बिहुँकोट खेलकुद समाज विकास केन्द्रले कुकुर विसौनामा निर्माण गर्न लागेको खेलकुद मैदान अलपत्र परेको छ । रकम अभाव भए पछि निर्माण कार्य अलपत्र परेको केन्द्रका अध्यक्ष कृष्ण कंडेंलले बताए । उनले भने सानो रकमले निर्माण सम्पन्न हुने आसामा निर्माण कार्य थालनी गरिए पनि सम्भव नभएको उनले बताए । वडा कार्यालयले दिएको रकमबाट काम सुरु गरेको भए पनि हाल सो भन्दा धेरै खर्च भइसकेको तर काम भने ४० प्रतिशत पनि नभएको जानकारी दिए । निर्माण थालनी गरेर अब खेल मैदानको काम अलपत्र…

Read More

सरकारले अपेक्षाकृत काम गर्न सकेनः सांसद सापकोटा

सरकारले अपेक्षाकृत काम गर्न सकेनः सांसद सापकोटा

राजेशचन्द्र राजभण्डारी, बागलुङ । गण्डकी प्रदेशका सांसद इन्द्र लाल सापकोटाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको जिकिर गरेका छन् । मुलुकमा ३ तहका सरकार छन् । जनताको अपेक्षा ठुलो छ । तर सोचे अनुसार काम भने हुन सकेको छैन । उनले भने । धौलागीरी सञ्चार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रदेशका सांसद सापकोटाले अब असार पछि सामाजिक सुरक्षा भत्ता बृद्धि हुन लागेको बताए । सै सरकारले देखाउने गरी काम गर्न नसकेको सापकोटाले बताए । उनले भने, व्यवस्था परिवर्तन भयो तर अवस्था भने उस्तै छ । संघीयता असफल बनाउने खेल चलिरहेकोले…

Read More