बुटवलमा काँग्रेसको शक्ति प्रदर्शन

बुटवलमा काँग्रेसको शक्ति प्रदर्शन

नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरेको छ । दिउँसो राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ । कांग्रेसले कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा भनेको छ । जुलुस र सभामा भएको सहभागिता देखेर कांग्रेसका स्थानीय नेता उत्साहित भएका छन् । प्रदेश पार्टीको आधिकारिक निर्णय विना नै कांग्रेस रूपन्देहीले बुटवललाई राजधानी घोषणा गर्न माग राख्दै खबरदारीसभा गरिरहेको छ । उनीहरुले प्रदर्शनमा पचास लाख मान्छे आएको दावी गरेका छन् ।

Read More

प्रदेशको राजधानी रुपन्देही कायम गर्न दबाव दिन काँग्रेसले बुटवलमा शक्ति प्रदर्शन् गर्दै

प्रदेशको राजधानी रुपन्देही कायम गर्न दबाव दिन काँग्रेसले बुटवलमा शक्ति प्रदर्शन् गर्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बुटवलमा शक्ति प्रदर्शनसहित खबरदारी सभा गर्दैछ । प्रदेश पाँचको राजधानी रुपन्देही कायम गर्न दबाव दिने उद्देश्यले शक्ति प्रदर्शन र सभा गर्न लागेको हो । प्रदेश सरकार गठन भएको एक वर्ष पुग्न लाग्दा पनि स्थायी राजधानी तोक्न ढिलाई गर्नुलाई कांग्रेसले अन्यत्र सार्ने षडयन्त्र भनेको छ । शेरबहादुर देउवा नेतृत्वको यसअघिको सरकारले बुटवललाई प्रदेश ५ को सहित सातै प्रदेशको अस्थायी राजधानी तोकेको थियो । सरकारले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सार्ने षड्यन्त्र गरिरहेको कांग्रेसको आशंका छ । सभालाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण,…

Read More

जीपको ठक्करबाट बालकको मृत्यु

जीपको ठक्करबाट बालकको मृत्यु

दाङको लमहीमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । लमही नगरपालिका–५ रातोडाँडामा आज बिहान ११ बजेतिर जिपको ठक्करबाट बाजुराको फैती गाउँपालिका–३ हाल लमही बस्ने सात वर्षीय हेमन्त मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ८०४१ नंको जिपले ठक्कर दिँदा गम्भीर घाइते भएका मल्लको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिए । मृतक मल्ल सशस्त्र प्रहरीका हबल्दार धर्मजीत मल्लका छोरा हुन् । सिंहका अनुसार चालकले ती बालक कुकुरसँग खेलिरहेको अवस्थामा आफैँ ठोक्किन आउँदा दुर्घटना…

Read More

दाउरा काट्न गएकी महिलाको लडेर मृत्यु

दाउरा काट्न गएकी महिलाको लडेर मृत्यु

भीरबाट लडेर जाजरकोटमा एक महिलाको मृत्यु भएको छ। दाउरा काट्न जंगल गएको बेला भीरबाट लडेर बारेकोट ९ काप्तीकी ३५ वर्षीया गोरी नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। अबेरसम्म घर नफर्केपछि जंगलमा खोज्न जाँदा उनी मृत अवस्थामा आइतबार फेला परेकी हुन्। प्रहरीका अनुसार उनी दाउराको भारीसँगै चिप्लिएर दुई सय मिटर तल खसेकी थिइन्।

Read More

हातहतियार कारोबारमा संलग्न एक भारतीय पक्राउ

हातहतियार कारोबारमा संलग्न एक भारतीय पक्राउ

हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया प्रहरीले आइतबार गुलरियाबाट हातहतियार कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले भारतको बहराईच जिल्ला, थाना मुर्तिहा भन्ने ठाउँका २० वर्षिय सलमान खानलाइ कटुवा पेस्तोलसहित पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो । हातहतियार कारोबार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको विशेष प्रहरी टोलीले गुलरिया नगरपालिका १०, कालाबन्जार, गडरिया चोकबाट खानलाइ पक्राउ गरेको हो ।

Read More

ओझेलमा दाङकै ठूलो दह

ओझेलमा दाङकै ठूलो दह

संरक्षण र प्रचारप्रसारको अभावका कारण दाङको ज्यामिरे दह आझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको उक्त दहको प्रचारप्रसार तथा संरक्षणका लागि कुनैपनि निकायबाट चासो नदेखाइँदा उल्लेख्य रुपमा पर्यटक भित्र्याउन सकिएको छैन । ‘‘दाङकै ठूलो ताललाई हामीले प्रचारप्रसार र संरक्षण गर्ने सन्दर्भमा चासो दिन सकेनौँ’’ ताल व्यवस्थापन समितिका अध्यक्ष दयाजी रोका मगरले भने, “यसले गर्दा उक्त ताल ओझेलमा पर्दै गएको छ ।” ज्यामिरे सामुदायिक वनभित्रको चार हेक्टर बढी क्षेत्रफलमा रहेको ज्यामिरे दहको लम्बाइ एक हजार १५ मिटर, चौडाइ ४० मिटर र गहिराइ ३० मिटर रहेको छ । घोराही उपमहानगरपालिकाको रु…

Read More

गाडीको ठक्करबाट पाटेबाघ घाइते

गाडीको ठक्करबाट पाटेबाघ घाइते

पूर्व पश्चिम राजमार्ग अन्र्तगत बर्दिया राष्ट्रिय निकुञ्जको कोरएरीया कुवाभारमा पिकअप भ्यानले ठक्कर दिँदा एउटा पाटेबाघ गम्भीर घाइते भएको छ। पूर्वबाट पश्चिमतर्फ गइहेको वा ८ च ३९१८ नम्बरको पिकअपले ठक्कर दिँदा लोपोन्मुख पाटेबाघ गम्भीर घाइते भएको हो। घाइते बाघलाई उपचारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पुर्याइएको छ। तिब्र गतिको पिकअपले ठक्कर दिँदा बाघका सबै दाँत र अगाडिको एउटा खुट्दा भाँचिएको छ । निकुञ्जले सवारीसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। साढे १ वर्ष अघि सोही स्थानमा गाडीले ठक्कर दिएर एउटा पाटेबाघ मरेको थियो।फाइल फोटो

Read More

थुनुवाको मृत्यु

थुनुवाको मृत्यु

लमही, जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार अपराह्न ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो । हातखुट्टा सुन्निने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताए । उनको शव परीक्षणका लागि सोही प्रतिष्ठानमा राखिएको छ ।

Read More

आत्महत्या रोक्न योजना तर्जुमा

आत्महत्या रोक्न योजना तर्जुमा

बर्दियाका आठ स्थानीय तहमध्ये बढैयाताल गाउँपालिकामा अहिले आत्महत्याका घटना बढ्दै गएपछि स्थानीय जनप्रतिनिधिलगायत सबैको चिन्ता र चासो बढेको छ । ‘‘आत्महत्याका घटना बढिरहेको अवस्थालाई दृष्टिगत गरी गाउँपालिकाले त्यसको रोकथामका लागि योजना नै तर्जुमा गरेको छ’’ अध्यक्ष लालबहादुर श्रेष्ठको भनाइ छ । योजनाअनुसार, स्थानीयस्तरमा आत्महत्याविरुद्धको चेतनामूलक सन्देश प्रवाह, युवा वर्गलाई आत्महत्या, मानसिक र मनोरोग र यसको उपचार पद्धतिका बारेमा प्रशिक्षण दिने गरिएको उनले बताए । गाउँपालिकाले आप्mनो योजनामा स्थानीय प्रहरी कार्यालय, नागरिक समाजका अगुवा, समाजसेवी, मानसिक रोग विशेषज्ञ चिकित्सक र स्थानीयवासीलाई पनि समेटेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी…

Read More

ठूलो परिमाणको चरेससहित तीन जना पक्राउ

ठूलो परिमाणको चरेससहित तीन जना पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरबाट गए राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन् । तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ ।

Read More