ठूलो परिमाणको चरेससहित तीन जना पक्राउ

ठूलो परिमाणको चरेससहित तीन जना पक्राउ

नेपालगञ्ज– बाँकेको कोहलपुरबाट गए राति प्रहरीले ठूलो परिमाणको चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरो नेपालगञ्जबाट प्रहरी निरीक्षक बोधराज रेग्मीको नेतृत्वमा खटिएको टोलीले कोहलपुर–९ कौशिल्या मेमोरियल अस्पताल अगाडिबाट ३० किलो चरेससहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सल्यान कुपिन्देह नगरपालिका–८ का कालीमान बुढा, सुर्खेत गुर्भाकोट–१ का बुद्धबहादुर रिजाल र पश्चिम रुकुम मुसिकोट–६ का बलबहादुर बुढा रहेका छन् । तीनै जनालाई आवश्यक कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको छ ।

Read More

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गए राति सवारीकोट नजिकै दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन्। बुढाको घटनास्थलमै मृत्यु भएको हो। उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा राखिएको छ। रासस

Read More

हुम्लामा ४ फिटसम्म हिमपात,जनजीवन प्रभावित

हुम्लामा ४ फिटसम्म हिमपात,जनजीवन प्रभावित

हुम्लामा अत्यधिक हिमपात भएको छ। सदरमुकाम सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ। हिमपातपछि यहाँको जनजीवन प्रभावित बनेको छ। विद्यार्थीको पठनपाठनसमेत बन्द भएको छ। मङ्गलबार रातिदेखि हिउँ पर्न थालेको हो। हिमपातका कारण हवाई सेवासमेत अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध हुँदा खाद्यान्न तथा दैनिक उपभोग्य सामानमा अभाव हुन थालेको छ। हिमपातका कारण पशुचौपाया गोठभित्रै थन्किएका छन्। माथिल्लो हुम्लामा ४ फिटसम्म हिउँ जमेकोे छ। हिमपातपछि तापक्रम घट्दै गएको छ। सबैभन्दा बढी उत्तरी नाम्खा गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ। ‘एक गाउँबाट अर्को गाउँ आवातजावत गर्न सकिएको छैन,’ स्थानीयवासी पासाङ लामाले भने। रासस

Read More

भत्ता पाइने आशमा धेरै सन्तान

भत्ता पाइने आशमा धेरै सन्तान

–काशीराम शर्मा बाँके । यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक रु दुई हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ । ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । उनले काखमा छोरालाई च्यापेकी थिइन्। “तिहारअघि जन्मेको छोराको राम्रो नाम सोच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौँ”, उनले भनिन्, “हजुर मेरो छोराको…

Read More

‘गरिबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया गरी अझ दुःख दे’

‘गरिबको घरमा मात्र तेरो बास हुने भए हे ईश्वर दया गरी अझ दुःख दे’

                                सलाम सहयोगी हातलाई शम्भू माली, कपिलवस्तु । एक बिहानै हात खुट्टा गल्ने चिसोमा हातमा एक झोला बोकी युवक गरिबको झुप्रोमा पुगी बच्चाका न्यानो लुगा राखेर बाटो लाग्छन् । जिल्लाको यशोधरा गाउँपालिका ८ सिहोखोरको कुरा हो । ५ वर्षे बालक राम किशोर मुराउ गरिबीले गर्दा उपचारबाट वञ्चित भएको समाचार टिभी अन्नपूर्णमा पढेपछि कपिलवस्तु नगरपालिका १ का दामोदर कोईरला तौलिहवा देखी ८ किमी टाढा ७ बजे घाम नउदाउदैं चिसोबाट बच्नका लागि न्यानो लुगा दिएका छन् ।…

Read More

श्रीमतीको हत्या अभियोगमा युवक पक्राउ

श्रीमतीको हत्या अभियोगमा युवक पक्राउ

बर्दियामा आफ्नै श्रीमती हत्याको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका ५ कृष्णासरटोल बस्ने ३५ वर्षीय मोहन बोहरालाई २५ वर्षीया श्रीमती सुष्मा कुँवरलाई कुटपिट गरी हत्या गरेको अभियोगमा मंगलबार बिहान पक्राउ गरेको प्रहरीले जनाएको छ । हत्या पछि फरार रहेका मोहनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Read More

दाङको एक घरमा आगलागी, २ सय कुखुरा जले

दाङको एक घरमा आगलागी, २ सय कुखुरा जले

जिल्लाको राप्ती गाउँपालिका–२, बारखुटीको एक घरमा आगलागी हुँदा करीब ६ लाख बराबरको क्षति भएको छ । आइतबार बिहान ५ बजेतिर देवी कुमालको खरले छाएको एकतले घरमा विद्युत् सर्ट भएर आगो लागेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । आगलागी हुँदा घर तथा त्यसभित्र रहेका सम्पूर्ण मालसामान पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । उनका अनुसार घरमा पालिएका २ सय कुखुरा जलेर नष्ट भएका छन् । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरी टोली, स्थानीयवासीले आगलागी नियन्त्रणमा लिएका हुन् । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको…

Read More

नदीजन्य पदार्थ चोरी

नदीजन्य पदार्थ चोरी

शम्भु माली, कपिलवस्तु । कपिलवस्तुका नदीनालामा चोरी तस्करीमा प्रहरी संलग्नता रहेको आवाजहरू आई राख्दा एक टोलीले फेला पारेको अवैध माल रातारात गायब भएको छ । नदीजन्य पदार्थ चोरी गर्ने गिरोहलाई छिटपुट कारबाही गरेर मख्ख परेको प्रहरी माथि गए राति भएको चोरीले मिलेमतो भएको आशङ्का उब्जिएको छ । कपिलवस्तुको वाणगंगा ७ बनगाई क्षेत्रको वाणगंगा नदी किनारमा अवैध रूपमा डम्पिङ गरिएको १ सय बढी ट्रली बालुवा स्थानीय टोलीले फेला पारेर प्रहरी र स्थानीय तहलाई खबर गरेका थिए । पत्रकारहरूले खबर गरेर प्रहरी त्यहाँ पुगेका थिए । साथै उनीहरूले पत्रकारहरूले नियन्त्रणमा लिएका केही…

Read More

भारतबाट दुई करोड चोरेर फरार समूहका एक जना नेपाली कोहलपुरबाट पक्राउ

भारतबाट दुई करोड चोरेर फरार समूहका एक जना नेपाली कोहलपुरबाट पक्राउ

भारतबाट गरगहनासहित दुई करोड बढी रकम चोरेर नेपाल आएका समूहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हैदराबादबाट दुई करोड बढी चोरेर नेपाल आएका कालिकोट घर भई हाल कैलालीको लम्कीमा बस्ने कमल शाहीलाई कोहलपुरबाट पक्राउ गरेको हो । चोरीमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । एक हप्ता दिनदेखि इलाका प्रहरी कार्यालय, कोहलपुरमा थुनिएका शाहीले अरुको बारेमा नबताएको प्रहरीको भनाई छ । कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले भारतमा ठूलो रकम चोरी गरेर आएका एकजना पक्राउ परेको र बाँकीको खोजी भइरहेको बताए । ब्यूरोको टोलीले घटनाको अनुसन्धान गरिहेकाले डिएसपी सिंहले धेरै…

Read More

साढे दुई लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ 

साढे दुई लाख रुपैयाँ घुससहित वडाध्यक्ष पक्राउ 

 बर्दियाको राजापुर नगरपालिका–१०, का वडा सदस्य उत्तम चौधरी पक्राउ परेका छन् । उनलाई २ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ पक्राउ गरिएको हो ।  क्रसर उद्योगको दर्ता गर्न सिफारिस तथा सहयोग गरिदिने भन्दै सेवाग्राहीसँग २ लाख ५० हजार घुस  लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगञ्जको टोलीले चौधरीलाई पक्राउ गरेको हो । उनलाई कोठियाघाटमा रहेको इच्छा होटलबाट बिहीबार पक्राउ गरिएको र थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।

Read More