कोदालोले हिर्काएर छोराले गरे आमाको हत्या

कोदालोले हिर्काएर छोराले गरे आमाको हत्या

कोदालोले हिर्काएर दैलेखमा छोराले आमाको हत्या गरेका छन्।नारायण नगरपालिका–३ भुर्तीगाउँका २६ वर्षीय बालाराम नेपालीले ४६ वर्षीया आमा पार्वती सार्कीको सोमबार हत्या गरेका हुन्।घरमै बसिरहेका बेला उनले आमालाई कोदालोले टाउकोमा हिर्काएका थिए। पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।प्रहरीका अनुसार बालाराम मानसिक रूपमा अस्वस्थ रहेका थिए । उनले सोमबार दिउँसो आत्महत्या गर्न भन्दै डोरी बोकेर घरबाट जान लागेको बेला आमाले रोकेपछि कोदालोले हिर्काएको दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। एक्कासी कोदालोले हिर्काएपछि बेहोस बनेकी पार्वतीलाई बचाउन गएकी ७० वर्षीया जुहारा नेपालीलाई पनि वालारामले कोदालो…

Read More

गौरीकला हत्याकामा संलग्न ट्राफिक प्रहरीसहित तीन जनालाई ३२ वर्ष जेल

गौरीकला हत्याकामा संलग्न ट्राफिक प्रहरीसहित तीन जनालाई ३२ वर्ष जेल

पञ्चपुरी नगरपालिका–३ चौर सुर्खेतकी गौरीकला रोकाया हत्याका तीन जना आरोपितलाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको छ । पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी दाजुभाइ लक्ष्मी बास्तोला, खुम बास्तोला र दैलख घर भई बाबियाचौर इलाका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत हरि कोइरालालाई अदालतले दोषी ठहर गरेको हो । दोषी ठहर तीनै जनालाई ३२ वर्षको जेल सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार अधिकृत भुपाल भण्डारीले जानकारी दिए । गौरीकलाको बलात्कारपछि हत्या भएको घटनामा तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा चैत्र १३ गते जाहेरी दर्ता भएको थियो भने २०७५ वैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा…

Read More

कर्णालीमा हिउँ पर्न थाल्यो, जनजीवन कष्टकर बन्दै

कर्णालीमा हिउँ पर्न थाल्यो, जनजीवन कष्टकर बन्दै

कर्णालीको उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ पर्न थालेपछि जनजीवन कष्टकर बनेको छ । तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेसँगै कर्णालीका हिमाली क्षेत्रमा बुधबार साँझदेखि हिउँ पर्न सुरु भएको हो । बुधबार बिहानैदेखि बढेको चिसोसँगै हुम्ला, जुम्ला, डोल्पा र मुगुका हिमाली क्षेत्रमा हिउँ पर्न सुरु भएको हावापानी फिल्ड कार्यालय जुम्लाले जानकारी दिएको छ । कर्णालीका उत्तरी क्षेत्रमा परेको हिँउ यो दोस्रो पटक हो । यसअघि पनि कात्तिकमा हिँउ परेको थियो । लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का, बरगाउँ सिमकोट, छ्रिप्रा, बराई, रोडीकोट, मेल्छाम मिमिलगायत उत्तरी क्षेत्रमा हिउँ परेपछि जनजीवन कष्टकर बनेको हो…

Read More

छोराद्वारा बुबा र ठूलो बुबाको हत्या

छोराद्वारा बुबा र ठूलो बुबाको हत्या

कैलाली, लम्कीचुहा नगरपालिका–४ बलियाका जहवारलाल चौधरीले आज आफ्नै घरमा बुबा र ठूलो बुबाको हत्या गरेका छन् । बिहान ओछ्यानमा सुतेको अवस्थामा जहवारले बुबा ५५ वर्षीय चक्रा थारू र ठूलो बुबा ६० वर्षीय पल्टु थारूको टाउकोमा चिरपट प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जैसीले जानकारी दिए। उनले आमा दिलबहारीदेवी चौधरी माथि पनि चिरपट प्रहार गरी घाइते बनाएका छन् । उनको टाउकोमा चोट पुगेको छ । गम्भीर घाइते उनलाई उपचारका लागि लालरत्न अस्पताल भर्ना गरिएको छ । प्रहरीले जहवारलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान शुरु गरिएको…

Read More

दुई हजार नदिएपछि कुटपिट गरी हत्या

दुई हजार नदिएपछि कुटपिट गरी हत्या

रुकुम पश्चिममा जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकले सोही वडाका २२ वर्षीय रविन सार्कीको हत्या गरेका छन् । व्यक्तिगत रिसका कारण विकले सार्कीमाथि कुटपिट गरेका थिए । गत मङ्सिर ७ गते आठबीसकोटको राडीबाट घरतर्फ जाँदै गर्दा विकले वडा नं ४ गिदीविसा भन्ने ठाउँमा सार्कीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सार्कीले उक्त घटना हुनुभन्दा पहिला विकलाई कुटपिट गरी घाइते बनाएको र त्यसको उपचारका क्रममा खर्च भएको रु दुई हजार नदिएपछि विकले सार्कीलाई कुटेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए । घटनाको…

Read More

जुम्लामा १३ वर्षीया बालिका बलात्कृत

जुम्लामा १३ वर्षीया बालिका बलात्कृत

जुम्लामा एक १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । चन्दननाथ नगरपालिका ८ धरालबाडामा ४८ बर्षीय लक्षिराम रोकायाले बालिकालाई ललाई फकाई बलात्कार गरेको प्र्रहरीले जनाएको छ । राति सुतेको अवस्थामा आफ्नै घरमा बलात्कार गर्दै गरेको भेटेपछि आफन्तले उनलार्इ नियन्त्रणमा लिएका थिए। प्रहरीका अनुसार बालिकालार्इ चाउचाउ, बिस्कुट दिएर फकाएर बलात्कार गरेका हुन् । बलात्कारको घटना गाउँमै मिलाउने अधिकतम प्रयास भएपनि आफन्तले नमान्दा प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको हो। बलात्कार गर्ने लक्षिराम प्रहरी नियन्त्रणमा छन्।

Read More

एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम होइनः प्रकाश ज्वाला

एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम होइनः प्रकाश ज्वाला

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले एशिया प्यासिफिक समिट विशुद्ध धार्मिक कार्यक्रम नभएको बताएका छन् । मंगलबार काठमाडौमा आयोजित साक्षात्कारमा उनले एशिया प्यासिफिक समिट धार्मिक सम्मेलन नभई शान्तिको सम्मेलन भएको बताए । अहिले चर्को स्वरमा विरोध गर्ने नेपाली कांग्रेसका केही नेताहरु त्यही संस्थाको यस्तै खालका कार्यक्रमहरुमा अमेरिका, फिजीलगायतका देशहरुमा गएका उदाहरणहरुपनि प्रशस्तै रहेको उनले बताए । त्यस्तै उनले बलात्कारका घट्ना, बालक अपहरणपछि हत्या भएको घट्नाप्रति आफूहरु संवेदनशील रहेको जिकिर गरे । उनले पुँजीगत खर्च कम हुनु नेपालकै ठूलो समस्या भएको सुनाउँदै कर्णाली प्रदेशमा पनि यही रोग रहेको बताए…

Read More

मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु

ललितपुरको एकान्तकुनामा मोटरसाइकल दुर्घटना हुँदा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी वृत्त कालिमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको दुर्घटनामा मृत्यु भएको हो । कँडेलले चलाएको बा ९४ प ६१९७ नम्बरको मोटरसाइकल गएराति एकान्तकुनामा दुर्घटना भएको थियो ।उनको उपचारको क्रममा गएराति १० बजे मृत्यु भएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Read More

Update: पिकनिकमा गएको बस दुर्घटनामा दुईको मृत्यु ४३ घाइते

Update: पिकनिकमा गएको बस दुर्घटनामा दुईको मृत्यु ४३ घाइते

  सुर्खेतमा पिकनिकमा गएको बस दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ। कटकुवाबाट सुर्खेत आउदै गरेको भे १ ख ८५९ नम्बरको बस कपासे नजिकै दुर्घटना हुँदा अरू ४३ जना घाइते भएका छन्। प्रहरीको अनुसार भर्खरमात्र उद्धारकार्य सकिएको छ। घाइतेहरूको कर्णाली प्रदेश अस्पताल, देउती अस्पताल, माया नर्सिङहोममा उपचार भइरहेको छ। पिक्निक खाएर फर्कदै गरेको अवस्थामा कपासे नजिकैको मोडमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको हो। बसमा कति जना सवार थिए भन्ने भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण पनि खुल्न सकेको छैन।

Read More

७ हजार सवारी ट्राफिक कारवाहीमा

७ हजार सवारी ट्राफिक कारवाहीमा

जिल्ला ट्राफिक कार्यालय सुर्खेतले चालु आवको पहिलो चौमासिकमा ट्राफिक नियम उल्लङ्घन गर्ने सात हजार सवारी साधनलाई कारवाही गरेको छ ।ट्राफिक कारवाहीमा परेका सात हजार २४२ सवारीबाट चार महीनामा प्रहरीले रु ४३ लाख ८० हजार राजश्व सङ्कलन गरेको छ । ट्राफिक नियम विपरीत सञ्चालन भएका सवारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वसन्त रजौरेले राससलाई जानकारी दिनुभयो ।“नियम विपरीत सञ्चालन गरी ट्राफिक कारवाहीमा पर्ने सवारीमा सबैभन्दा बढी मादकपदार्थ सेवनका छन्,” प्रहरी उपरीक्षक रजौरेले भन्नुभयो, “ साउनमा एक हजार ४४१, भदौमा एक हजार ६९७, असोजमा एक हजार ८१४ र कात्तिकमा दुई…

Read More