संरक्षणको पर्खाइमा सुदूरका तालहरू

संरक्षणको पर्खाइमा सुदूरका तालहरू

संरक्षण नहुँदा डडेल्धुरालगायतका सुदूरपश्चिम प्रदेशको क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् । स्थानीयस्तरबाट ताल संरक्षणका लागि समिति गठन गरी पहल गरेको भए पनि सरकारी उदासिनताका कारण संरक्षण गर्न नसकिएको आलिताल गाउँपालिका अगुवा अमर बुढामगरले जानकारी दिए । डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्रमा रहेको आलिताल गाउँपालिकाले रणनीतिक योजना बनाए पनि स्थानीयवासीको पहलमा श्रमदानबाट तीन किलोमिटर तालसम्म पुग्ने बाटोबाहेक कुनै काम हुन सकेनन्, अलितालका स्थानीयवासी भरत खड्काले भने। ताल…

Read More

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

कैलालीको अत्तरियामा शनिबार साँझ दुई समूहबीच झगडा भइ हानाहानको घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा गोदावरी नगरपालिका–१ का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले बताए। मृतकको छाती र पेटमा धारिलो हतियारको घाउ लागेकाले दुई समूहबीच खुकुरी वा चक्कु हानाहान भएको हुनसक्ने जनाइएको छ । घटनामा घाइते भएका भट्टलाई तत्काल अत्तरियाको पद्मा अस्पतालमा लगिएकामा थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्याउने क्रममा निजको बाटैमा मृत्यु भएको हो । घटनामा सोही ठाउँका सबिन कट्टेल, हरि राई र राजेश नेपाली घाइते भएका…

Read More

सुरक्षाविहीन त्रिदेशीय तिङ्कर नाका

सुरक्षाविहीन त्रिदेशीय तिङ्कर नाका

– नरेन्द्रसिंह कार्की , दार्चुला, दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरु–तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरिसकेको छ । स्थानीय सरकारले कायान्वयन गर्ने केही योजना व्यास गाउँपालिका वडा नं १ को त्यही मावनविहीन बस्तीमा परेको छ तर अहिले स्थानीय मात्र होइन, सुरक्षाकर्मीको उपस्थिति पनि त्यहाँ छैन । भारत र चीनका तर्फबाट सीमाक्षेत्रमा पर्याप्त कडाइका साथ सुरक्षाकर्मीको उपस्थिति हुँदा पनि नेपालका प्रहरी भने स्थानीवासीसँगै व्यासकै वडा नं २ दुम्लिङ झरेपछि छाङ्गरु र तिङ्कर सुरक्षाविहीन भएको हो ।…

Read More

बैनिया जेसिसः वर्ष २०१९ को अध्यक्षमा शाही

बैनिया जेसिसः वर्ष २०१९ को अध्यक्षमा शाही

बौनिया जेसिसको वर्ष २०१९ को अध्यक्षमा धिरज शाही निर्वाचित भएका छन् । बुधवार कैलालीको बौनियामा सम्पन्न आठौं शाखा अधिवेशनले शाहीलाई अध्यक्षमा निर्वाचित गरेको हो । जसको कार्यकारिणी उपाध्यक्षमा केशव शाही र इन्द्र राज खतिवडा सर्वसम्मत चयन भएका छन् । ४ जना उपाध्यक्षमा कृष्ण प्रसाद ओझा, चक्र शाही, गोबिन्द बिसी र सुनिल भण्डारीलाई चयन गरिएको छ । वर्ष २०१८ का अध्यक्ष जनक बिष्टको अध्यक्षतामा सम्पन्न अधिवेसनमा संस्थापक अध्यक्ष लीला जंग शाही, पूर्र्व अध्यक्ष शिब राज कुवर लगायतको उपस्थिति थियो । नयाँ निर्वाचित पदाधिकारीको पदस्थापना माघ १२ गते गर्नेहुने निवर्तमान अध्यक्ष कृष्ण…

Read More

सुदूपश्चिम प्रदेशका मुख्य सचिवले गरे पत्रकारमाथि दुव्र्यवहारः पत्रकार महासंघद्वारा कारबाहीको माग

सुदूपश्चिम प्रदेशका मुख्य सचिवले गरे पत्रकारमाथि दुव्र्यवहारः पत्रकार महासंघद्वारा कारबाहीको माग

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रशाद विडारीले पत्रकारमाथि दुव्र्यवहार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रमुख सचिव विडारीले पत्रकारमाथि हातपात र दुव्र्यवहार गरेका हुन् । प्रमुख सचिव विडारीले समाचार संकलनमा पुगेका पत्रकार जनक विष्ट र पदमराज भट्टमाथि हातपात र दुव्र्यवहार गरेका हुन् । उनले क्यामरा छ भन्दैमा जे पनि सोध्न पाईन्छ ? भन्दै विष्टको क्यामरा खोसेका हुन्। विडारीले विष्टसंगै रहेका अर्का पत्रकार भट्टलाई समेत अंगरक्षकलाई बोलाएर बल प्रयोग गर्दै कार्यकक्षबाट बाहिर पठाएका थिए। यस विषयमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम शाखाले घटनाको भत्र्सना गरेको छ। महासंघका महासचिव योगेश रावलद्वारा…

Read More

सुप विश्वविद्यालयको अनियमितता छानविन गर्न समिति गठन

सुप विश्वविद्यालयको अनियमितता छानविन गर्न समिति गठन

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा भएको भनिएको आर्थिक र नीतिगत भ्रष्टाचारको विषयमा छानविन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्रीस्तरीय निर्णयबाट विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको हो । छानबिन समितिमा शिक्षा मन्त्रालयका सचिव खगराज बराल र विश्वविद्यालय अनुदान आयोगका सदस्य डा। विकास अधिकारी सदस्य छन् । समितिलाई छानबिन प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ । सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति भूषण श्रेष्ठ र रजिष्ट्रार द्विराज भट्टले आर्थिक र नीतिगत भ्रष्टाचार गरेको आरोप छ । उनीहरुले कार्यकारी परिषदको निर्णय विपरित काम गरेको, पदीय जिम्मेवारीविपरित काम गरेर…

Read More

आगलागीबाट तीन पसल जलेर नष्ट

आगलागीबाट तीन पसल जलेर नष्ट

डोटी जिल्लाको सदरमुकाम सिलगढीमा गएराति आगलागी भएको छ। आगलागीमा तीन वटा पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। डोटी जिल्लाको सदरमुकाम सिलगढीमा गएराति आगलागी भएको छ। आगलागीमा तीन वटा पशु जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। डोटीको जिल्ला सदरमुकाम सिलगढीमा गए राति आगलागी भएको छ। आगलागीका कारण तीन पसल जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ नाँचनथलीमोडमा आगलागी हुँदा स्थानीय बहादुर बोहराको कपडा तथा सिलाइकटाइको पसल, रञ्जन नेपालीको मोबाइल ग्यालरी तथा दीर्घ विकको सैलुन पसल…

Read More

कैलालीका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

कैलालीका तीन स्थानीय तहमा आज सार्वजनिक बिदा

माघीका अवसरमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिने भएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताए । सार्वजनिक बिदाका दिन स्थानीय तहका कार्यपालिका कार्यालय, वडा कार्यालय र अन्य विषयगत कार्यालय बन्द रहने छन् । रासस

Read More

१२ वर्षीया बालिका बलात्कारको अभियोगमा ४७ वर्षीय थापा पक्राउ

१२ वर्षीया बालिका बलात्कारको अभियोगमा ४७ वर्षीय थापा पक्राउ

बाजुरामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका– ८ नुवाकोट बस्ने ४७ वर्षीय दल बहादुर थापा रहेका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो । पीडित बालिका र अभियुक्त थापाको स्वास्थ्य परीक्षण कार्य भइसकेको र बाँकी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Read More

छाउगोठको तथ्यांक संकलन गर्दै प्रहरी

छाउगोठको तथ्यांक संकलन गर्दै प्रहरी

बाजुरा – जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न भाट आफै खटिएका छन् । “पहिलो चरणमा छाउगोठ रहेको स्थानको पहिचान तथा सङ्ख्या यकिन गर्ने रणनीति बनाएका छौँ,” भाटले भने । भाटको नेतृत्वमा बडिमालिका नगरपालिकाका नौ वडामा छाउगोठ पहिचान गर्न…

Read More