मेक्सिकोमा भएको विस्फोटमा परी २० को मृत्यु, ५४ घाइते

मेक्सिकोमा भएको विस्फोटमा परी २० को मृत्यु, ५४ घाइते

मेक्सिकोको मध्य भागमा शुक्रबार भएको विस्फोटनमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीले दिएको जानकारीअनुसार हिडाल्गो राज्यमा भएको सो घटनामा परी अन्य ५४ जना घाइते भएका छन् । स्थानीय समयअनुसार बेलुका ७ बजे सान प्रिमिटीभो समुदायको बस्तीमा घटना भएको हो । इन्धन सङ्कलन गर्न स्थानीय बासिन्दा भेला भएको बेला पाइप विस्फोटन भएकाले धेरै क्षति भएको बताइएको छ । पाइप विस्फोटनलगत्तै आगलागी भएकाले २० जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको हिडाल्गोका गर्भनर ओमार फायाडले बताउनुभयो ।

Read More

स्वाईन फ्लुुका कारण ४० को मृत्यु , एक हजारबढी मानिस बिरामी

स्वाईन फ्लुुका कारण ४० को मृत्यु , एक हजारबढी मानिस बिरामी

भारतको पश्चिमी क्षेत्रमा नयाँ बर्ष सन् २०१९ को सुरुवातीका बेला फैलिएको स्वाईन फ्लुका कारण अहिलेसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार एक हजार भन्दा बढी विरामी परेका छन् । यस्तै रोगका कारण गत बर्ष भारतभरी एक हजार एक सय जनाको मृत्यु भएको थियो भने १५ हजार जना प्रभावित भएका थिए । अहिले प्रभावित भएकाहरू गत डिसेम्बर र यही जनवरीका हुन् । उनीहरू भारतको नयाँ दिल्ली र राजस्थानसहित पश्चिमी र उत्तरी राज्यका भएको अधिकारीहरुले जनाएका छन् । विरामीहरूलाई सेवा दिनका लागि ती राज्यहरुमा सरकारले…

Read More

रुसका दुई लडाकू विमान दुर्घटनामा

रुसका दुई लडाकू विमान दुर्घटनामा

रुसी हवाई बलको दुई ओटा लडाकू विमान एक आपसमा ठक्कर खाएका छन् । प्रशिक्षणमा रहेका ती विमानहरु देशको सुदुरपूर्वमा शुक्रबार उडाइएको रुसको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार दुर्घटना भएका विमानहरु जापानी समुद्रमाथी जुधेका हुन् । स्थानीय समय अनुसार विहान ८ बजेर ७ मिनेट जाँदा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । ठक्कर खाएका विमानहरु गोला बारुद विना थिए भने उनीहरुलाई सुरक्षित अवतरण गरिएको छ । एनएन– १२ र टु मि–८ नामका हेलिकोप्टरले अवतरण गरेको ठाउँबाट विमान चालकहरुको उद्धारका लागि खोजी गरिरहेको छ ।

Read More

लडाकूहरुविरुद्धको जवाफी कारबाहीमा १३ को मृत्यु

लडाकूहरुविरुद्धको जवाफी कारबाहीमा १३ को मृत्यु

म्यानमारको सेनाले १३ जना राखिने लडाकूहरु मारिएको शुक्रबार जनाएको छ । विद्रोहीहरुले यही महिनाको सुरुमा प्रहरी कार्यालयमा आक्रमण गरेकोमा त्यसको जवाफी कारबाही गर्दा उनीहरु मारिएको सैन्य अधिकारीहरुले जनाएका छन् । राखिने राज्यमा पछिल्ला केही हप्तामा नयाँ तहबाट हिंसात्मक घटनाहरु सुरु भएका छन् । राखिने बौद्धहरुको छुट्टै राज्य हुनु पर्ने माग गर्दै भइरहेको विद्रोहका क्रममा विद्रोही र सरकारी सेना बीच भिडन्त भएका हुन् । यनीहरुको द्वन्द्वका कारण मुस्लीम धर्माबलम्वी रोहिङ्ग्याहरु ठूलो संख्यामा विस्थापित भएका छन् । पछिल्लो तथ्याङ्क अनुसार सात लाख २० हजार रोहिङ्ग्याहरु बङ्लादेश विस्थापित भएका हुन् । उनीहरु त्यहाँ…

Read More

पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय

पेट्रोलियम पदार्थको मूल्य नबढाउने निगमको निर्णय

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । आइओसीले १५/१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । आइओसीले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ पैसा र डिजेलमा ०.४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी…

Read More

कारबम आक्रमणमा २१ को मृत्यु

कारबम आक्रमणमा २१ को मृत्यु

कोलोम्बिया सरकारले बिहीबारबाट तीन दिनको शोकको घोषणा गरेको छ । तालिम जारी रहेको अवस्थामा सैनिक विद्यायलमा भएको कारबम आक्रमण्मा परी कम्तीमा २१ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६८ घाइते भएपछि सरकारले शोकको घोषणा गरेको हो । यस देशमा गएको १६ वर्ष यताको यो सबैभन्दा भिषण आक्रमण भएको सरकारी अधिकारीहरुले बताएका छन् । आतङ्ककारीहरुले ८० किलोग्राम विस्फोटक पदार्थ बोकेको एक सवारी साधन विस्फोट गराएका रक्षा मन्त्रालयले जानकारी दिएको छ । दुर्भाग्यबस यस बम आक्रमणमा परी २१ व्यक्तिको मृत्यु भएको र मृतकहरुमा आक्रमणकारी समेत रहेका पनि सो समाचारमा बताइएको छ । यस…

Read More

रामरहिम सिंहः बलात्कारमा दोषी गुरुलाई हत्याको दोषमा आजीवन कारावास

रामरहिम सिंहः बलात्कारमा दोषी गुरुलाई हत्याको दोषमा आजीवन कारावास

डेरा सच्चा सौदा समूहका नेता गुरमित रामरहिम सिंहलाई सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो। बलात्कारको दोषमा जेल सजाय काटिरहेका एक भारतीय गुरु सन् २००२ मा एक जना पत्रकारको हत्याका लागि पनि दोषी पाइएका हुन्। उनको समुदायभित्र रहेका महिलाहरूविरुद्ध गरेका यौन दुर्व्यवहारका घटना उजागर गरिदिएका एक पत्रकारको हत्यामा दोषी पाइएपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको हो। यसअघि, डेरा सच्चा सौदा समूहका नेता गुरमित रामरहिम सिंहलाई सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो। सिर्साको उत्तरपश्चिममा…

Read More

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति सवारी दुर्घटनामा घाइते

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति सवारी दुर्घटनामा घाइते

बेलायतकी महारानी एलिजाबेथ द्वितीयका पति फिलिप एक सवारी दुर्घटनामा घाइते भएका छन् । दुर्घटनापछि उनलाई एक अस्पतालमा उपचारका लागि लगिएको अधिकारीहरुले जनाएका छन् । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । उनको शरीरमा भित्री चोट नरहेको चिकित्सकले जनाएका छन् । ९७ वर्षीय फिलिप सवार मोटर भने क्षतिग्रस्त भएको छ । दुर्घटनामा अन्य सवारी साधनमा पनि क्षति भएको छ । अन्य सवारी साधनका चालक र यात्रुसमेत घाइते भएको अधिकारीहरुले जनाएका छन् । एजेन्सी

Read More

कुमारी युवतीलाई बोतलको सिलसँग तुलना गरेपछि प्राध्यापकलाई प्रतिबन्ध

कुमारी युवतीलाई बोतलको सिलसँग तुलना गरेपछि प्राध्यापकलाई प्रतिबन्ध

बीबीसी भारतको जादवपुर विश्वविद्यालय प्रशासनले बुधबार कथित रुपमा फेसबुकमा महिलाविरुद्ध अश्लिल टिप्पणी गर्ने प्राध्यापक कनक सरकारलाई विश्वविद्यालय परिसरमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ । विश्वविद्यालय प्रशासनले इन्टरनेशनल रिलेसन्स डिपार्टमेन्टमा पढाउने प्राध्यापक सरकारमाथि लागेको आरोपको अनुसन्धान सुरु गर्दै उनलाई पढाउन प्रतिबन्ध लगाएको छ । विश्वविद्यालयका भाइस चान्सलर सुरन्जन दासले यसबारे भने, ‘प्राध्यापक सरकारको फेसबुक कमेन्ट मामलामा तीन भिन्न–भिन्न अनुसन्धान सुरु गरिएको छ । यो अनुसन्धान पूरा नहुञ्जेल उनलाई विश्वविद्यालय परिसरमा प्रवेशको रोक लगाइएको छ । अनुसन्धान पूरा नभएसम्म पढाउन पनि पाउने छैनन् ।’ यो मामलामा एक विभागीय जाँचबाहेक पश्चिम बंगाल राज्य…

Read More

भाजपा अध्यक्षलाई ‘स्वाइन फ्लु’

भाजपा अध्यक्षलाई ‘स्वाइन फ्लु’

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहलाई स्वाइन फ्लु भएको पाइएको छ । स्वाइन भएका कारण उनी अस्पताल भर्ना भएका छन् । बुधबार राति ट्विट गर्दै शाह आफैंले भनेका छन्,‘‘मलाई स्वाइन फ्लु भएको छ । त्यसको उपचार भइरहेको छ । ईश्वरको कृपा र तपाईँहरुको प्रेम र शुभकामनाले चाँडै स्वस्थ हुनेछु ।’’ उनलाई उपचारका लागि एम्स अस्पतालमा भर्ना गरिएको जनाइएको छ । भारतका अर्थमन्त्री अरुण जेट्लीपनि स्वास्थ्य खराब भएका कारण अमेरिकामा उपचार गराइरहेको समाचारमा जनाइएको छ ।

Read More