काश्मिर आक्रमण : चार प्रहरीको मारिए

काश्मिर आक्रमण : चार प्रहरीको मारिए

श्रीनगर, भारत, शङ्कास्पद विद्रोहीले भारत प्रशासित काश्मिरमा एक प्रहरी चौकीमा आक्रमण गर्दा कम्तीमा चार प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । सेनाले सुरक्षा कारबाईमा काश्मिर आन्दोलनरत विद्रोहीको निकट मानिने दुई किशोरहरू उनीहरूको प्रभाव क्षेत्र काश्मिरको दक्षिणी भागमा मारिएका थिए । विद्रोहीले उक्त सुरक्षा कारबाहीमा मरेका दुई किशोरको मृत्युको बिषयलाई लिएर प्रहरी चौकीमा आक्रमण गरिएको हुनसक्ने बताइएको छ । सन् २००९ पछि जानपोरा ग्रामिण क्षेत्रमा प्रहरीलाई लक्षित गरी भएको यो सवैभन्दा ठूलो रक्तपातपूर्ण घटना हो । आक्रमणकारीले प्रहरीको चार वटा राइफलसमेत लुटेर लगेका छन् । “विद्रोहीको आक्रमणबाट तीन प्रहरी अधिकारी…

Read More

कङ्ग्रेस राजस्थान र छत्तिसगढमा अगाडी, मध्यप्रदेशमा भाजपासँगसँगै

कङ्ग्रेस राजस्थान र छत्तिसगढमा अगाडी, मध्यप्रदेशमा भाजपासँगसँगै

भारतीय सत्तारूढ दलको बलियो पकड रहेको राजस्थानमा प्रारम्भिक मतगणनाले भारतीय कङ्ग्रेसलाई मजबुत देखाएको छ । कङ्ग्रेस छत्तिसगढमा पनि भाजपाभन्दा अगाडी देखिएको छ भने मध्य प्रदेशमा समानान्तर मत परिणाम ल्याउने देखिएको छ । त्यस्तै तेलङ्गनामा क्षेत्रीय दल तेलङ्गना राष्ट्र समिति (टिआरएस)ले नेतृत्व गरेको छ भने मोजिराममा मिजो नेशनल फ्रन्टले प्रारम्भिक मतगणनामा निर्वाचनमा नेतृत्व गरिरहेका छन् । भारतमा वर्तमान निर्वाचनमा राहुल गान्धीको नेतृत्वलाई कति सफल वा असफल भनी मापन गर्ने कडीका रूपमा लिइएको छ भने प्रारम्भिक मतगणनाबाट कङ्ग्रेसको अवस्था मजबुत नै देखिएको छ । यद्यपि निर्वाचनको एकदमै प्रारम्भिक नतिजा आइरहेकाले यसैलाई मानक…

Read More

मलेसियामा ३ सय २२ नेपाली कामदारको मृत्यु

मलेसियामा ३ सय २२ नेपाली कामदारको मृत्यु

मलेसिया । धेरै कमाउने र परिवारलाई सुखका साथ पाल्ने सपना बोकेर मलेसिया आइपुगेका नेपाली कामदारमध्ये दैनिक एक जनाको अकालमै ज्यान जाने गरेको छ । आत्महत्या, सडक दुर्घटना, कारखाना दुर्घटना, कडा रोगका कारण उनीहरुको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङ्कअनुसार सन् २०१८ को हालसम्म ३२२ को विभिन्न कारणले मृत्यु भएको छ । यो सङ्ख्या सन् २०१७ मा ३६४ रहेको थियो । कार्यवाहक राजदूत कुमारराज खरेलका अनुसार सन् २०१८ मा सबैभन्दा बढी आत्महत्या गरी ४३ जना, सडक दुर्घटनाबाट २५ जना, कडा रोगका कारण ३९ जना र…

Read More

विधानसभा चुनावः आइ काँग्रेसको भाजपालाई कडा टक्कर

विधानसभा चुनावः आइ काँग्रेसको भाजपालाई कडा टक्कर

भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणना मंगलबार जारी छ । मध्य प्रदेश, राजस्थान, छत्तीसगढ, तेलंगाना र मिजोरममा भएको विधानसभा चुनावको मतगणना जारी छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कांग्रेस अघि देखिएको छ । यस्तै तेलंगानामा टिआरएसले अग्रता लिएको छ भने कांग्रेसले कडा टक्कर दिइरहेको छ । मिजोरममा एमएनएफ अघि रहेको छ भने कांग्रेसले पछ्याइरहेको छ । मध्य प्रदेशमा २३० विधानसभा सिटका लागि भएको चुनावमा बहुमतका लागि ११६ सिट चाहिन्छ । यस्तै १९९ सिटको विधानसभा रहेका राजस्थानमा बहुमतका लागि १००, ९० सिट रहेको छत्तीसगढमा बहुमतका…

Read More

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ, चीन । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश मन्त्रालयमा बोलाई समस्याबारे सोधपुछ गरेको चिनियाँ अधिकारीले बताएका छन् । मेङलाई यही डिसेम्बर १ मा क्यानडामा पक्राउ गरिएको थियो भने अमेरिकालाई सुपुर्दगी गर्ने बताइएको छ । चीनका उपविदेशमन्त्री ले युचेङद्वारा शनिबार जारी एक विज्ञप्तिलाई उद्धृत गरी टोरोन्टो स्टारले लेखेको छ, “बेइजिङले राजदूत म्याककालमसँग क्यानडामा पक्राउ परेका मेङलाई तत्काल छोड्न आग्रह गरिएको छ । राजदूतसँगको भेटमा मेङलाई तत्काल रिहा नगरिए यसको परिणाम राम्रो हुनेछैन ।” मेङलाई गत हप्ता एउटा…

Read More

हुवावे काण्डले चर्काउँदै अमेरिका–चीन व्यापार युद्ध

हुवावे काण्डले चर्काउँदै अमेरिका–चीन व्यापार युद्ध

क्यानडामा हालै चिनियाँ कम्पनी हुवावेकी एक उच्च अधिकारी पक्राउ परेको घटनापछि प्रविधि उद्योगमा हलचल नै मच्चिएको छ भने चीन र अमेरिका बीचको व्यापार युद्ध झनै पेचिलो बन्ने देखिएको छ ।अमेरिकी अधिकारीहरुको आग्रहमा हुवावेकी प्रमुख वित्तिय अधिकृत मेंग वान्झोउ गत शनिवार क्यानडाको भ्यानकुभरमा पक्राउ परिन् ।क्यानेडाली अभियोजकहरुका अनुसार इरानमाथिको प्रतिबन्धको उल्लंघनका लागि हुवावेले भूमिका खेलेको आरोप अमेरिकी अधिकारीहरुले लगाएका छन् ।हुवावे कम्पनी अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि चुनौती बनेको आरोप अमेरिकी सांसदहरुले लगाउँदै आएका छन् । तर चीनले भने हुवावे कम्पनीकी अधिकारी मेंगलाई रिहा गर्न आग्रह गरेको छ । चिनियाँ पत्रिका ग्लोबल…

Read More

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, एक हजार ७०० पक्राउ

फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक, एक हजार ७०० पक्राउ

फ्रान्समा राष्ट्रपति म्यानुअल माँक्रोको राजीनामाको माग गर्दै हिंसात्मक प्रदर्शनमा उत्रिएका पहेँलो टिसर्टधारीमध्ये एकहजार ७२३ जनालाई प्रहरीले पक्राउ गरेको छ । देशका विभिन्न ठाउँमा प्रदर्शनमा सहभागी उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयले आइतबार जनाएको छ । पक्राउ परेकामध्ये एकहजार २२० जनालाई अर्को आदेश नभएसम्म थुनामा राख्न आदेश दिइएको छ । शनिबार भएको प्रदर्शनमा एक लाख ३६ हजारभन्दा बढी प्रदर्शनकारीहरुले भाग लिएको बताइएको छ । प्रदर्शनका क्रममा भएको झडपमा परी १३५ जना घाइते पनि भएका छन् । गत महिना इन्धनको मूल्यवृद्धि गर्ने राष्ट्रपतिको निर्णय विरुद्धको प्रदर्शन हिंसात्मक हुँदै गएपछि अहिले प्रदर्शनकारीहरुले राष्ट्रपतिकै राजीनामा…

Read More

बाढीका कारण चारको मृत्यु, २०० विस्थापित

बाढीका कारण चारको मृत्यु, २०० विस्थापित

इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा आएको बाढी पहिरोका कारण चार जनाको मृत्यु भएको छ । बाढी पहिरोले अरु दुईसय ३६ जनाभन्दा बढी गाउँलेहरु विस्थापित भएको अधिकारीहरुले आइतबार जनाएका छन् । प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले बाढी पहिरोका कारण कैयौं घरहरु बगाएको वा भत्किएको पनि जानकारी दिएका छन् । एक अधिकारीले सिन्ह्वालाई फोनमा जानकारी दिँदै भने, “अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।” घटनास्थलमा उद्धार तथा खोजी कार्य भइरहेको समाचारमा जनाइएको छ । बाढी र पहिरोबाट प्रभावितहरुलाई घटनास्थलबाट विभिन्न ठाउँमा स्थानान्तरण गरिएको र अस्थायी बसोबासको व्यवस्था गर्न लागिएको छ…

Read More

रात्रि क्लबमा भागदौड हुँदा छको मृत्यु, दजनौँ घाइते

रात्रि क्लबमा भागदौड हुँदा छको मृत्यु, दजनौँ घाइते

इटालीको मध्य क्षेत्रमा अवस्थित एक रात्रि क्लबमा शनिबार भएको भागदौडमा परी कम्तिमा छ जनाको ज्यान गएको इटालीका अग्नीनियन्त्रकहरूले जनाएका छन् । बिहान १ः०० बजेको समयमा आकस्मिक खलबली मच्चिएको र यसपछि क्लबमा जम्मा भएका युवाहरूबीच भागदौड मच्चिएको थियो । अग्नी नियन्त्रण सेवा प्रदायक स्थानीय कार्यालयले ट्वीटरमार्फत प्रेषित एक विज्ञप्तिमा भनिएको छ, “एउटा पिरो गन्धसहितको वस्तुलाई मानिसहरूको भीडबाट छर्किएपछि क्लबमा जम्मा भएका युवाहरू त्रासले भाग्दा कतिपय व्यक्ति लडेका र उनीहरूलाई अन्य व्यक्तिले हतारमा कुल्चेर भाग्ने क्रममा उक्त दुःखद घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।” स्थानीय सामाचारहरूमा एड्रियाटिक सामुद्रिक तटीय क्षेत्रमा…

Read More

बस दुर्घटनामा परि ११ जनाको ज्यान गयो

बस दुर्घटनामा परि ११ जनाको ज्यान गयो

भारतमा बस दुर्घटनामा परि ११ जनाको ज्यान गएको छ । जम्मु कास्मिर राज्यको पुंछ जिल्लामा भएको घटनामा अन्य थुपै घाइते भएको स्थानीय अधिकारीले बताएको छ । दुर्घटनाग्रस्त बस लोरानबाट पुंछ जाँदै गर्दा गहिरो खाडीमा खसेको हो । घटनास्थलमा प्रहरीले उद्धार कार्य सुरु गरी सकेको छ भने दुर्घटनाको कारण पत्ता लाग्न नसकेको प्रहरीले बताएको छ ।

Read More