‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै’


“चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिट सँगै”भन्ने नारा सहित एनआईसी एशिया बैंकले नेपालीहरुको महान चाडदशै तिहार, छठको शुभ उपलक्ष्यमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने व्यवस्था गरेको छ । रेमिट रकम ग्राहकहरुले बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सकिने बताएको छ ।।

यो सुविधा आगामी आश्विन, कात्र्तिक र मङ्सिर महिना सम्म लागु हुने बैंकले जनाएको छ । योे समयमा रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहजतवरबाट बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने बताएको छ ।

बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म बैंकले एनआई सी रेमिट मार्फत रकम पठाउने आफ्ना ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २४६ शाखा कार्यालयहरु, २४० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बताएको छ । ।


Related posts

Leave a Comment