चलचित्र क्षेत्र यौन दुर्व्यवहारबाट अछुतो छैनः नायिका ऋचा शर्मा


नायिका ऋचा शर्माले नेपाली फिल्मी क्षेत्र यौन दुव्र्यवहारबाट अछुतो नरहेको बताएकी छन् । चलचित्र क्षेत्रमा काम गर्ने महिलाहरूमा आँट नहुँदा त्यस्ता यौन हिंसाका विषय बाहिर आउन नसकेको उनले बताइन् ।हिंसामा परेकालाई भोलि यही फिल्मी क्षेत्रमा काम गर्नुपर्छ, त्यसैले आफ्नो करिअरको त्रासले उनीहरुले हिंसा लुकाइरहेका छन्, पोखरामा जारी नेपाल साहित्य महोत्सवको दोस्रो दिन नायिका शर्माले भनिन् ।मी टू अभियान पुरूषविरूद्ध महिलाको अभियान नभइ यो हिंसाविरूद्ध महिलाले चलाएको अभियान भएको उनको भनाइ थियो । ‘एकै कार्यक्षेत्रमा काम गर्ने महिलाहरूलाइ आफू भोलि एक्लिन्छु भन्ने त्रासले उनीहरू चुप लागेका छन् । हामो फिल्मी क्षेत्रमा यौन दव्र्यवहार हुँदै नहुने होइन भन्ने होइन’, उनले भनिन् ।

नेपाली फिल्म उद्योगका यौन हिंसाका घटना सार्वजनिक भए भने त्यसमा सिनियर वा सहकर्मीले साथ दिने सम्भावना कतिको छ रु भेनेर ऋचालाई सोधिएको प्रश्नमा उनले भनेकी थिइन–‘मलाई लाग्छ सिनेमा क्षेत्रका साथीहरुले साथ दिनुहुनेछ ।कार्यक्रममा तेस्रोलिगी तथा समलिंगी अभियन्ता भूमिका श्रेष्ठ र त्रिविका प्रध्यापक सुरेश ढकालले मिटू अभियानले विश्व परिवेशमा एउटा नयाँ आयाम थपेको उल्लेख गरेका थिए ।


Related posts

Leave a Comment