च्याम्पियन्स लिग अन्तर्गत सात टोली अन्तिम सोह्रमा


च्याम्पियन्स लिग फुटबलमा गएरातिका खेलपछि थप सात टोली नकआउट चरणमा पुगेका छन् । शीर्ष क्लबहरु रियाल मड्रिड, युभेन्टस, बायर्न म्युनिख, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाईटेड, एएस रोमा र आयाक्स एम्सटरडमले अन्तिम १६ मा ठाउँ सुरक्षित गरेका हुन् ।गएराति भएको खेलमा स्पेनिस क्लब रियाल मड्रिडले ईटालीको एएस रोमालाई २–० ले हरायो । समूहको अर्को खेलमा रुसको सिएसकेए मस्कोलाई चेक गणतन्त्रको भिक्टोरिया प्लेजेनले २–१ ले हराएपछि रियाल मड्रिडसँगै रोमा पनि अन्तिम १६ मा प्रवेश गयो ।युएफा च्याम्पियन्स लिगकै अर्को खेलमा जर्मनीको बायर्न म्युनिखले पोर्चुगलको बेनिफिकालाई ५–१ ले हराउँदा यही समूहको अर्को खेलमा नेदरल्याण्ड्सको आयाक्सले ग्रिसको एईके एथेन्सलाई २–० ले हरायो ।यसैगरी समूह एफको खेलमा इंग्ल्यान्डको म्यान्चेस्टर सिटीले फ्रान्सको लियोंसँग २–२ गोलको बराबरी खेल्दा युक्रेनको शख्तरले जर्मनीको होफनहाईमलाई ३–२ ले पाखा लगायो ।समूह एचको खेलमा इंग्ल्यान्डको म्यान्चेस्टर युनाईटेडले स्विट्जरल्याण्डको योङ ब्वाईजलाई १–० ले हराउँदा ईटालीको युभेन्टसले स्पेनको भ्यालेन्सियामाथि १–० कै जित निकाल्यो । च्याम्पियन्स लिग फुटबलमा लिग चरणका पाँचौ लेगका बाँकी ८ खेल आजराति हुनेछन् ।


Related posts

Leave a Comment