चर्चित अभिनेता कादर खानको निधन


बलिउडका चर्चित अभिनेता कादर खानको निधन भएको छ। क्यानडामा छोरा बुहारीसँग बस्दै आएको खानलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा खानको ८१ वर्षको उमेरमा आज निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भेट्रान अभिनेता खानले मुझसे सादी करोगी, लक्की, जिना सिर्फ मेरेलिए, आखियोसे गोली मारे, जोरुका गुलाम, हसिना मानजाएगी, अनारी नम्बर वान, आन्टी नम्बर वनलगायतका थुप्रै चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन्।


Related posts

Leave a Comment