१८ किलो चरेससहित शिक्षिका पक्राउ


१८ किलो चरेससहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बझाङको मष्टा गाँउपालीकाको कार्यालय नजिकैबाट बुधबार बेलुका खीकालाको तुती सडक खण्डमा सदरमुकाम चैनपुर तर्फ झोलामा चरेस ल्याउँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मष्टा गाउँपालिका वडा नम्बर २ का २० वर्षीया दिपक बुढा र जय पृथ्वी नगरपालिका १० घर भएकी गौरी शङ्कर प्राथमिक विद्यालय मष्टाकी शिक्षिका हस्ता पुरी रहेका छन् । दुवै जनाको झोलाबाट नौरनौ किलो चरेस फेला पारेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन गरी उक्त बरामद चरेस र व्यक्तिलाई सार्वजनिक गरिएको छ ।


Related posts

Leave a Comment