‘चौका दाउ’ शुक्रबारदेखि हलहरुमा


सामाजिक कथामा आधारित हाँस्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुकका सात दर्जन भन्दा बढी सिनेमा हलमा शुक्रबार रिलिज भएको छ । यसका परिकल्पनाकार एवम् कथाकार शम्भुजित बास्कोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको हो।

‘माघेसंक्रान्तीको अवसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौँ । यो फिल्मले दर्शकलाई दुई घण्टासम्म पुरा हँसाउने छ ।’ यो चलचित्रका सङ्गीतकार शम्भुजित बास्कोटाले भने ।
सौर्यजीत बास्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई काठमाडौँमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गरेको छ । निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा चार चौकाको रूपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौँ चौकाको रूपमा अजश्र ढुङ्गानालाई देख्न पाइन्छ । फिल्मकी एक मात्र ‘मिस्सी’को रूपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । फिल्ममा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिवशङ्कर रिजाललगायतको पनि भूमिका रहेको छ ।
पौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषहरूको युवती प्रतिको आकर्षण र त्यसले निम्त्याउने परिणाममा यो फिल्म केन्द्रित रहेको छ । फिल्मलाई परिवारमा बसेर हेर्न सकिने निर्देशक झाको भनाई छ । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए ।

चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण व्यवस्थापन रहेको छ । यो चलचित्रको दुई गीत ‘राधा पियारी…’ र ‘मेरो माया कतारमा…’ चर्चामा छ । फिल्म अष्ट्रेलियामा समेत प्रदर्शन गरिने भएको छ ।


Related posts

Leave a Comment