चौतारी लघुवित्तको आईपीओ आजबाट


चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि एक सय रुपैयाँ अंकित ५ लाख ६० हजार ७ सय कित्ता शेयरको आइपीओ बिक्री आज बुधबारबाट सुरु गरेको छ । यो वित्तीय संस्थाले आजबाट छिटोमा २३ र ढिलोमा पुस १९ सम्मको लागि शेयर आवेदन माग गरेको छ । यसले साधारण शेयरमा ५० देखि ३ हजार कित्तासम्म शेयर आवेदन दिन पाइने व्यवस्था गरेको छ ।यसले ६ लाख कित्ता साधारण शेयरमध्ये ९ हजार ३ सय कित्ता कर्मचारीलाई, र ३० हजार कित्ता समामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको शेयरको साधारण निष्काशन गरेको छ।यसले संस्थापकबाट ६७।४७ प्रतिशत र सर्वसाधारण ९कर्मचारी०समेबाट ३२।२६ प्रतिशत गरी कुल १८ करोड ६० लाखको चुक्ता पुँजी पुर्याउने भएको छ ।यसको शेयर आवेदन सी आस्वा सदस्य सबै वित्तीय संस्थाबाट गर्न सकिने छ । यसको बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड हो ।


Related posts

Leave a Comment