चेल्सीविरुद्ध टोट्टनहामको संघर्षपूर्ण जित


काराबाओ कपको पहिलो लेगमा टोट्टनहामले चेल्सीमाथि कठिन जित हात पारेको छ । मंगलबार राति आफ्नै घरेलु मैदानमा भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सीलाई १–० गोलले हरायो ।

टोटनह्यामको जितमा ह्यारी केनले निर्णायक गोल गरे । केनले २७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै टोट्टनहामका लागि प्रयाप्त बन्यो । पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा पनि कायमै राख्दै टोटनह्यामले खेल जितेको हो ।

दोस्रो हाफमा पनि टोटनह्यामले गोल गर्ने केही अवसर खेर फालेको थियो । यता, चेल्सीले भने पहिलो र दोस्रो हाफमा पाएको सदुपयोगलाई गोल गर्न नसक्दा हार ब्यहोरेको हो । चेल्सी रटोट्टनहामबीचको दोस्रो लेग जनवरी २४ मा चेल्सीको मैदानमा हुनेछ ।


Related posts

Leave a Comment