काँग्रेसले पनि छुट्टै सरकार बनाउनेः मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रह


प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छायाँ सरकार बनाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले छायाँ सरकार बनाउने निर्णय गरेको नेता गगन थापाले जानकारी दिए ।

कांग्रेसले छायाँ सरकारका लागि मन्त्रालय रोजेर नाम पेश गर्न संसदहरुलाई आग्रहसमेत गरेको छ । थापाका अनुसार एक जना सांसदले तीन वटा मन्त्रालय रोजेर नाम दिन सक्नेछन् ।

अघिल्लो साता शंखमूलको एक पार्टी प्यालेसमा कांग्रेस पदाधिकारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवातिर हेर्दै सभापतिको छायाँ सरकारले काम गर्न नसकेको बताएका थिए ।


Related posts

Leave a Comment