पूर्व सांसदलाई १६ वर्ष जेल सजाय


चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ वर्ष जेल सजाय सुनाइएको छ ।

उनलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस लिएको आरोपमा बिहीबार दोषी ठहयाइएको हो । उनलाई ३० लाख युआन जरिवाना स्वरूप तिर्नुपर्ने फैसला पनि अदालतले गरेको छ ।

चीनको जनअदालतले दोषी ठहयाएका लि सो प्रदेश सभाको स्थायी समितिका पूर्व उप निर्देशक समेत हुन् ।

लिले सन् १९९७ देखि २०१६ सम्मको अवधिमा अवैध तरिकाले रकम लिएको प्रमाण भेटिएको अदालतले जनाएको छ ।

उनले आफ्नो पदीय जिम्मेवारीको फाइदा उठाउँदै सन् १९९७ देखि २०१६ सम्मको समयमा आफुभन्दा तल्लोस्तरका सदस्यको बढुवा गर्ने, व्यापार तथा निर्माण कार्यहरुमा प्रभाव पार्ने गरेको पाइएको अदालतको ठहर छ ।

आरोपी नेता लिले आफुमाथि लगाइएको आरोपका बारेमा अदालतमा न्यायाधीशहरूसँग स्वीकार गर्दै पुनरावेदन नगर्ने बताएका छन् ।


Related posts

Leave a Comment