फेरी बम पड्काउने र बन्दुक बोक्ने तयारी हुदैछ : अध्यक्ष ढकाल (भिडियो सहित)


नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले देशमा फेरी युद्ध हुने बताएका छन् । टिभी अन्नपूर्णको कार्यक्रम अनलाइन टक शोमा कुरा गर्दै उनले भने, संसदीय राजनीतिले देशलाई खोक्रो बनाइसकेको छ, यो प्रणाली परिवर्तनको विकल्प छैन, यो व्यवस्था परिवर्तन गर्न हामी जस्तोसुकै संघर्ष गर्न तयार छौ । आफूहरुले शाान्तिपूर्ण तरिकाले परिवर्तन चाहेको भएपनि सत्तापक्षको दमन गर्ने रणनीतिका कारण जस्तोसुकै दमनको प्रतिकार गर्न तयार रहेको बताए । उनले भने, त्यसका लागि चाहे बन्दुक बोक्न परोस्, बम पड्काउन परोस् या हजारौको बलीदान दिन परोस हामी तयार छौ । साथै उनले शिक्षामा व्यापारीकरण गर्न अहिलेका राजनीतिक दल र विद्यार्थी संगठनले नै प्रसय दिएको बताए । उनले भने, जो सरकारमा छन्, उनैका निजी विद्यालयमा लगानी छन्, उनीहरुबाट परिवर्तनको आस नगरे पनि हुन्छ, नारामात्रै हुन काम गर्न सक्दैनन् । हामी शान्तिपूर्ण रुपमा परिवर्तन चाहान्छौं । सरकारले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई नजर अन्दाज गरे फेरि बम पडकाउने र बन्दुक बोक्ने तयारी हुन्छ र हुदैंछ ढकालले ढकालको जिकिर थियो ।

उनीसँग गरिएको सम्पूर्ण कुराकानी हेर्न तलको लिङ्कमा हेर्नुहोस्


Related posts

Leave a Comment