चितवनमा प्रचण्डः एकाबिहानै निस्किए गणेशधाम मन्दिरको निरीक्षणमा


प्रनिश थापा, चितवन।

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान मर्निङ्ग वाकमा गणेशधामको निरीक्षण गरेका छन् । धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको गणेशधामका विषयमा जानकारी सगैँ स्थलगत निरीक्षणका लागी पूर्व प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले गणेशधामलाई चितवनकै मात्र नभई मुलुककै प्रमखु धार्मिक पर्यटकीय बनाउन विशेष सहयोग गर्ने बताए ।

साथै उनले स्थानीयस्तर बाटै सक्रिय बनाएर निर्माण गरिने यस्ता खालका परियोजनालाई पर्यावरणसगै पर्यटन विकासमा समेत नयाँ आयम थप्ने बताए । सो, अवसरमा ८० करोड लागत अनुमान गरिएको गणेशधाम गुरुयोजनाका विषयमा गणेशथान मन्दिर संरक्षण समितिका अध्यक्ष दिनेशकुमार चुके र भरतपुर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी गराएका थिए ।


सो अवसरमा उनीहरुले गणेशधामलाई मुुलुकको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा राख्न र यसको गुरुयोजना अनुसार निर्माण सम्पन्न विशेष पहल गर्न माग राखेका थिए । ८० करोड लागत लाग्ने धाम बनाउन केहि समय अगाडि मात्र धनधान्याञ्चल महायज्ञबाट ११ करोड उठेको छ । भने माघको दोश्रो हप्ता देखि काम सुरु गर्ने सो अवसरमा अध्यक्ष चुकेले गराएका थिए । प्रचण्डको मर्निङ्गवाकमा प्रदेश सासंद विजय सुवेदी, नेकपा नेता बद्री तिमिल्सीना, समितिका उपाध्यक्ष राजन श्रेष्ठ लगायतको सहभागी थियो ।


Related posts

Leave a Comment