सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजनाको एक लाख मोरङकी रुना धिमाललाई


सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना अन्तरगत तेस्रो महिनाको उपहार मोरङकी रुना धिमालले पाएकी छन्।उनले साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको मासिक लक्की ड्र मा उनको नाम छनौट भई एक लाख जित्न सफल भएको जनाएको छ। विजेता धिमालले नगद एक लाख रुपैयाँ प्राप्त गरेकी छन्। सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बिच उक्त नगद पुरस्कार हस्तान्तरण गरेको सिटी एक्प्रेस द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस उपहार योजना अवधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सय रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार रुपैयाँ र २ जनाले एक लाख रुपैयाँ जितिसकेका छन्। विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो।

उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ।
सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही उपहार योजनामा सहभागी भएका थिए।


Related posts

Leave a Comment