सामुदायिक विद्यालयको भर्ना अभियान, नारामात्रै कि व्यवहार पनि ?


राजेशचन्द्र राजभण्डारी, बागलुङ
हामी सबैका इच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने नारासहित नयाँ शैक्षिक शत्र २०७५ को लागि सामुदायिक विद्यालयमा भर्ना अभियान शुरू गरिएको छ । साच्चै अहिले सरकारले तय गरेको नारा सुन्दाखेरी अति सुन्दर छ तर हामीले तय गर्ने नारा र व्यवहार एउटै हुने हो भने समस्या कहि पनि छैन तर हामीले भन्ने नारा एउटा गर्ने व्यवहार उल्टो हुने भएको मात्र हामी आफ्नो लक्ष्यमा पुग्न नसकेका हौ ।
अहिले बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालय भित्र पठाउने अनिवार्य भर्ना गर्ने त्यस्ता बालबालिका लाई दुई जोर बिद्यालयको पोशाक एकजोर जुत्ता मोजा शैक्षिक सामाग्री समेत गरि ६ हजार रकम बराबरको लगानी गर्ने जुन नीति सरकारले बनाएको छ यो निकै सकारात्मक मान्नुपर्छ ।
यस वर्ष भर्ना अभियानको शुरूवात देशका रास्ट्रबादी प्रधानमन्त्री केपी शर्मा ओलीले मुगु जिल्लाका एकजना जनजातिका थरका बिद्यार्थीलाई बिद्यालय भर्ना गरेर यश अभियानको शुरूवात गर्नु भएको छ ।
अहिले पनि सरकारी तथ्यांक लाई बिश्वास गर्ने हो भने देशमा पाँचदेखि नौ बर्ष उमेर समूहका ८८ हजार २०७ जना बालबालिका बिद्यालयमा पाइला टेक्न पाएका छैनन् ।आधारभूत तह उमेर समूहका तीन लाख १३ हजार २८९ जना बालबालिकाले बिद्यालयको कक्षाकोठाको नाक मुख समेत देख्न पाएका छैनन् ।उनीहरूलाई समेत अहिलेको भर्ना अभियान मार्फत बिद्यालयमा भित्र्याउने उदेश्य सरकारले बनाएको छ ।
यसपटक सरकारले ल्याएको नारा हेर्दा केही फरकपन आउने हो कि भन्ने देखिन्छ  बिद्यालय बाहिर रहेका बालबालिकालाई यसपटक भर्ना अभियान सफल बनाउन बालबालिकाको लागि पोशाक शैक्षिक सामग्री दिने जुन कार्यक्रम ल्याएको छ यसले यो शैक्षिकसत्रमा केही प्रगति हुने निश्चित छ ।सरकारले बिद्यार्थी भर्ना सफल बनाउनको लागि सचिब सहसचिव स्तरका कर्मचारीबाट एक एक हजार पाँच पाँच सय रूपैयाँ उठाउने निर्णय गरेको छ यसलाई पनि अहिले बामपंथी गठबन्धन सरकारको सकारात्मक काम मान्नुपर्छ ।
सचिव र सहसचिवस्तरका कर्मचारीले बिद्यालय बाहिर रहेका एकएकजना बिद्यार्थीलाई बिद्यालय भर्ना गराउनु पर्ने बाध्यकारी ब्यबस्था सरकारले यो बर्ष गरेको छ ।अहिले सामुदायिक बिद्यालय लाई राम्रो बनाउने तर्फ भन्दा पनि अहिले सरकारको ध्यान खाली बालबालिका भर्ना
गर्ने तर्फमात्रै भएको देखिन्छ ।साच्चै भन्ने हो भने हामीले सामुदायिक बिद्यालयमा गुणस्तरीय शिक्षा नैतिक शिक्षा ब्यबहारिक शिक्षा दिन नसकेर पनि हो अहिले गाउँ देखि शहरसम्मका बिद्यार्थी अभिभावकलाई सरकारी बिद्यालयको पढाइमा बिश्वास छैन ।
अहिले समाजमा रहेका हरेक बर्गले आफ्नो छोराछोरी लाई जतिसुकै महंगो शुल्क तिर्न तयार देखिन्छन् ।तर सामुदायिक बिद्यालयमा आफ्नो बालबालिका लग्न तयार छैनन् अहिले पनि अबस्था यस्तो छ सरकारले जतिसुकै लगानी गरेपनि अहिले सरकारको लगानी बालुवामा पानी हाल्ने भन्दा अर्को थोक हुन सकेको छैन ।
सामुदायिक बिद्यालयमा तालिम प्राप्त शिक्षक शिक्षिका छन् तर पनि गुणस्तरीय पढाइ भने छैन सबैभन्दा बिदम्बना भनेको अहिले हाम्रो सामुदायिक बिद्यालय राजनीति दलको राजनीति गर्ने अखडा भन्दा अर्को केही हुन सकेको छैन अहिले शिक्षा ऐनले शिक्षकले राजनीति गर्न नपाउने राजनीति गतिविधिमा लाग्न नपाउने नीति नियम बनाए पनि अहिलेसम्म यो ब्यबहारिक रूपमा पालना हुन सकेको छैन ।बास्तबिक रूपमा भन्ने हो भने अहिले राजनीति कै कारणले पनि सामुदायिक बिद्यालयमा पढाइ बिग्रेको हो यसलाई अब साच्चिकै सुधार गर्ने हो भने अहिले जस्तो कार्यक्रम हैन अलिबढी प्रभावकारी ढंगले लागू गर्ने गरि अगाडि बढाउन जरुरी देखिन्छ ।कुरा एउटा हामीले गर्ने व्यवहार अर्को भएको कारणले मात्रै समस्याको समाधान नभएको हो अहिले सामुदायिक बिद्यालयका शिक्षकहरूले नै बाहिर निजी बोर्डिङ स्कुल संचालन देखि स्कुलमा शेयर लगानी गरेको कारणले पनि सामुदायिक बिद्यालयको पढाइ खस्कदै गएको हो भन्ने कुरामा कुनै शंका छैन ।
नेपालमा जुनसुकै राजनीति ब्यबस्था आए पनि अहिलेसम्म सामुदायिक बिद्यालयको स्तर बृद्धि हुन सकेको छैन अहिले समस्या नितिमा हैन नियतमा हो जबसम्म नियत सफा हुदैन तबसम्म हामीले नितिको कुरा गरेर केही हुनेवाला छैन ।तलब भत्ता सरकारको खाने काम काज सबै निजी स्कुलको गर्ने प्रबृत्ति जबसम्म समाजमा कायमै रहन्छ तबसम्म हामीले परिवर्तन खोज्नु बेकार छ ।अहिले पनि देशको प्रधानमन्त्री मन्त्री सचिब सहसचिवले एकएकजना बालबालिका भर्ना गरेको नाटक मन्चन गरेर केही अर्थ हुने छैन ।अहिले पनि निजी बिद्यालयले नयाँ शैक्षिक शत्रमा बिद्यार्थी भर्नाको नाममा ब्रम्ह लुट मच्चाइसकेको छ सरकार बिद्यार्थी संघ संगठनले प्रत्येक बर्षको बैशाख महिनामा निजी बिद्यालयले लिएको फूल फुलेर पहेँलो भयो आधा जोवन माया लाई भयो आधा जीवन ख्याल ख्याल मै गयो भन्ने नेपाली गित जस्तो नहोस ।
भर्ना शुल्क चर्को भएको जनतामारा भएको भन्दै हडताल धर्ना जुलुस गरेको पनि देखिन्छ तर न त निजी स्कुलले लिने भर्ना शुल्कमा सुधार आएको छ न त केही परिवर्तन नै भएको महसुस अभिभावकले गर्न पाएका छन् ।देशमा खाली नाटक मन्चन गरिन्छ अहिले सरकारले ल्याएको बिद्यालय भर्ना अभियानमा पनि ठुलो नाटक मन्चन गरिदैछ प्रधानमन्त्री मन्त्री केपी शर्मा ओली बाट शुरूवात गरिएको अभियान यतिबेला जिल्लामा आइपुग्दा सांसद स्थानीय जनप्रतिनिधि सम्म आइ पुग्दैछ हामीले यहाँ गर्न खोजेको कुरा के हो पहिला त्यो स्पष्ट हुन जरुरी छ ।टेलिभिजनमा अनुहार देखाउन अखबारमा फोटो छाप्ने काम हो भने त्यो बन्द गराउन जरुरी छ ।
हामीले सामुदायिक बिद्यालयलाई साच्चिकै राम्रो बनाउने हो भने अहिले संबिधानमा सरकारी सेवा सुबिधा लिने जुनसुकै बर्गले पनि आफ्नो छोराछोरी अनिवार्य रूपमा सामुदायिक बिद्यालयमा पढाउनुपर्ने अन्यथा त्यो सेवा सुबिधा सबै बाट बन्चित गर्ने बाध्यकारी ब्यबस्था नभए सम्म सामुदायिक बिद्यालय राम्रो हुने वाला छैन ।
अहिले पनि निजी बिद्यालयमा बिद्यार्थी भर्ना सकिएपछि मात्रै सामुदायिक बिद्यालयमा भर्ना गराउने जुन चलन हामी कहाँ चलेको छ यस्तो खालको गलत प्रबृत्ति लाई जरैदेखि उखेलेर फाल्नु जरुरी देखिन्छ ।जबसम्म हामीले अर्थ न बर्थ गोबिन्द गाई टाउको दुखेको औषधी नाइटोमा लाई भन्ने कुरा लाई मनन गर्न नसके सम्म सस्तो नाराले समाजमा परिवर्तन हुने वाला छैन ।हामी कहाँ ब्यबस्था मात्रै परिवर्तन भयो अबस्था परिवर्तन भएको छैन ।यतिबेला निजी बिद्यालयमा बिद्यार्थी भर्ना गर्न भ्याइनभ्याई छ तर सामुदायिक बिद्यालयमा भने पढ्ने बिद्यार्थी नपाइएर टेन्सन भएको छ अहिले सरकारले एकजना बिद्यार्थी जसरी भए पनि भर्ना गर्नु भनेर भनेको छ अहिले त्यो पाउन समेत हम्मेहम्मे छ ।आफ्नो छोराछोरी निजी बिद्यालयमा पठाउने अनि बाटोमा हिड्ने मजदुर श्रमिक बिद्यालयकै शिक्षकका छोराछोरी लाई आफ्नो नाममा भर्ना गरेको देखाउने गलत धन्दा पनि अहिलेको कार्यक्रमले गराउने देखिन्छ ।
अहिले सरकारले ल्याएको कार्यक्रम सफल हुनपनि हम्मेहम्मे पर्ने देखिन्छ बिद्यालयमा भर्ना हुने बिद्यार्थीको लागि आउने ६ हजार रूपैयाँ समेत दुरुपयोग हुने देखिन्छ यसतर्फ सबै सरोकारवालाको ध्यान जान जरुरी देखिन्छ ।
अहिले हामीले दिइरहेको शिक्षा न त बैज्ञानिक छ न त ब्यबहारिक न त ब्यबसायीक छ खाली ब्यापारीक भन्दा माथि उठ्न सकेको छैन जसले बढी कमिशन दिन्छ उसले प्रकाशित गरेको पुस्तक लगाइदियो बिद्यार्थीले बोक्न नसक्ने भारी अबस्था यस्तो छ अनि कसरी सुधार हुन्छ ।


Related posts

Leave a Comment