हरिवंशको जन्मदिनको अवसरमा महले पस्के ‘दाल भात तरकारी’


मह सञ्चारको ब्यानरमा निर्माण हुने फिल्म ‘दाल भात तरकारी’ को मंगलबार राजधानीमा शुभसाइत गरिएको छ ।

मंगलबार परेको हरिवंशको ६१औं जन्मदिन मनाउँदै कमलादीमा रहेको गणेश मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा नायक पुष्पल खड्का र नायिका आँचल शर्माले शुभसाइत सट दिएका थिए।

फिल्मलाई शुभकामना दिन चलचित्र विकास वोर्ड अध्यक्ष निकिता पौडेल, कलाकार दिपकराज गिरी, जितु नेपाल, निर्मल शर्मा पनि शुभ मुहूर्त कार्यक्रममा पुगेका थिए। फिल्मका निर्माता किरण केसी हुन् भने यसको निर्देशन उनकै छोरा सुदन केसीले गर्दै छन्। मंसिर १ गतेबाट छायांकन सुरु हुने फिल्म ५० दिन लगाएर खिच्ने जानकारी निर्माता केसीले दिए।

‘दाल भात तरकारी’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुसाल, सन्तोष पन्त, शिवहरि पौडेल, निरुता सिंह, राजाराम पौडेल, प्रियंका कार्की, वर्षा राउत, पुष्पल खड्का, आँचल शर्मा, शिशिर वाङ्देनलगायतका कलाकारको अभिनय रहनेछ। फिल्ममा हरिवंश र निरुतालाई जोडीको रूपमा देख्न सकिनेछ।

विल्सनविक्रम राई, यमन श्रेष्ठ, किरण केसीलगायतका कलाकारको पनि फिल्ममा अभिनय रहनेछ। फिल्मले बैशाख १३ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ।


Related posts

Leave a Comment