डडेल्धुरामा आगलागी हुँदा लाखौँको क्षति


डडेल्धुरा जिल्लाको मुख्य बजारको रुपमा रहेको बागबजारमा गएराति आगलागी भएको छ ।बागबजारस्थित लक्ष्मी किराना पसलमा आगलागी भएको हो । आगलागीबाट लाखौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।आगो अमरगढी नगरपालिकाको दमकल तथा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा २ घण्टापछि नियन्त्रणमा आएको थियो ।जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले आगलागीबाट मालसामान जलेर नष्ट भएको बताए ।आगलागीबाट किराना पसलको गोदाममा रहेका सरसामानसहित नगद नष्ट भएको सञ्चालक नारायण भट्टले बताए ।प्रहरीले विद्युत् सर्टबाट आगलागी भएको हुनसक्ने अनुमान गरेको छ ।


Related posts

Leave a Comment