दलित महिलालाई निर्वस्त्र बनाएर घुमाउने २० जनालाई जेल सजाय


छिमेकी राष्ट्र भारतको बिहारमा एक महिलालाई निर्वस्त्र बनाएर घुमाएको मुद्धामा पीडकहरुलाई सजाय सुनाइएको छ । बिहारको आरामा गत अगष्टमा मानिसहरु जम्मा भएको एक भीडले एक दलित महिलाको कपडा च्यातेर निर्वस्त्र बनाई शहर घुमाएका थिए ।

भषाका अनुसार ती दलित महिलालाई निर्वस्त्र बनाई घुमाएको आरोपमा २० जनालाई दुई देखि सात वर्षसम्मको जेल सजाय सुनाइएको छ । १९ वर्षीय एक युवकको हत्यामा संलग्न भएकी भन्दै ती दलित महिलालाई निर्वस्त्र बनाई घुमाएका थिए ।

अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश रमेश द्विवेदीले पाँच आरोपीहरुलाई सात वर्ष र बाँकी १५ आरोपीहरुलाई दुई वर्षको सजाय सुनाएको हो । यी सबैलाई गत नोभेम्बर २८ तारिखका दिन अदालतले दोषी ठहर गरेको थियो ।

यो घटना गत अगष्ट २० तारिखका दिन बिहिया इलाकामा रेल पटारी किनारको एक रेड लाइट क्षेत्रमा भएको थियो, जहाँ दामोदरपूर गाउँका विमलेश शाहको शब बेपत्ता भएको एक दिनपछि भेटिएको थियो । यसै कुरालाई लिएर ती दलित महिलाको महलमा एक भीडले आगजनी गर्नुका साथै निर्वस्त्र बनाएर घुमाएका थिए ।

जुन व्यक्तिहरुलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ, उनिहरुलाई १०(१० हजार जरिवाना पनि तोकिएको छ । यता दुई वर्ष जेल सजाय तोकिएकाहरुलाई दुई(दुई हजार जरिवाना तोकिएको छ ।

हाम्रो छिमेकी राष्ट्र भारतको बिहारमा एक महिलालाई निर्वस्त्र बनाएर घुमाएको मुद्धामा पीडकहरुलाई सजाय सुनाइएको छ । बिहारको आरामा गत अगष्टमा मानिसहरु जम्मा भएको एक भीडले एक दलित महिलाको कपडा च्यातेर निर्वस्त्र बनाई शहर घुमाएका थिए ।

भषाका अनुसार ती दलित महिलालाई निर्वस्त्र बनाई घुमाएको आरोपमा २० जनालाई दुई देखि सात वर्षसम्मको जेल सजाय सुनाइएको छ । १९ वर्षीय एक युवकको हत्यामा संलग्न भएकी भन्दै ती दलित महिलालाई निर्वस्त्र बनाई घुमाएका थिए ।

अतिरिक्त जिल्ला तथा सत्र न्यायाधीश रमेश द्विवेदीले पाँच आरोपीहरुलाई सात वर्ष र बाँकी १५ आरोपीहरुलाई दुई वर्षको सजाय सुनाएको हो । यी सबैलाई गत नोभेम्बर २८ तारिखका दिन अदालतले दोषी ठहर गरेको थियो ।

यो घटना गत अगष्ट २० तारिखका दिन बिहिया इलाकामा रेल पटारी किनारको एक रेड लाइट क्षेत्रमा भएको थियो, जहाँ दामोदरपूर गाउँका विमलेश शाहको शब बेपत्ता भएको एक दिनपछि भेटिएको थियो । यसै कुरालाई लिएर ती दलित महिलाको महलमा एक भीडले आगजनी गर्नुका साथै निर्वस्त्र बनाएर घुमाएका थिए ।

जुन व्यक्तिहरुलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ, उनिहरुलाई १०-१० हजार जरिवाना पनि तोकिएको छ । यता दुई वर्ष जेल सजाय तोकिएकाहरुलाई दुई-दुई हजार जरिवाना तोकिएको छ ।


Related posts

Leave a Comment