पुष पन्ध्रको अवसरमा नृत्य प्रतियोगिता


पुष १५ को अबसरमा नृत्य प्रतियोगिता हुने भएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थानीय ए.डि युनीट्स डान्स एकेडेमीको आयोजनामा उक्त नृत्य प्रतियोगिता हुन लागेको हो । डान्स एकेडेमीका सञ्चालक दिनेश पालका अनुसार बिगत चार वर्ष देखि यो प्रतियोगीताको आयोजना गरिदैँ आएको छ ।

यस वर्षको प्रतियोगितामा पुरस्कार राशी भने बढाइएको पालले जानकारी दिए । तेश्रो संस्करणमा २०७४ सालमा प्रथम पुरस्कार २० हजार रहेको प्रतियोगीताको बिजेताले यस बर्ष नगद ५० हजार पुरस्कार प्राप्त गर्ने उनले बताए । यसैगरी दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने समुह र व्यक्तीले क्रमस २५ हजार र १२ हजार ५ सय पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । उक्त प्रतियोगीता सञ्चालन गर्न करिब ४ लाख बराबर खर्च लाग्ने पालले जानकारी दिए । कार्यक्रम पुस १५ गते आइतबार बिहान १० बजे बाट बसन्त मुरारी माध्यमिक बिद्यालय बौनियाको खेल मैदानमा हुने र प्रतियोगीतामा करीब ३५ बटा समुह र एकल प्रतिस्पर्धिहरुले प्रतिस्पर्धा गर्ने आफ्नो अनुमान रहेको उनले बताए ।


Related posts

Leave a Comment