विधेयक पारित भए लगत्तै केसीको प्रतिक्रियाः प्रधानमन्त्री ओली लगायत सबै माफियाका विरुद्ध लडाईं हुन्छ’


बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ बहुमतले पारित गरेसँगै सरकार र डा. गोविन्द केसीबीच यसअघि भएको सहमति तोडिएको छ । सहमति तोडिएसँगै डाक्टर केसीले आपत्ति जनाउँदैआजैदेखि अनसनमा बस्ने घोषणा गरेका छन् । उनी १६ औं अनसन बस्न प्रदेश नम्बर १ को इलाम पुगिसकेका छन् । कांग्रेसको असहमतिका बाबजुद बुधबारको समितिको बैठकले विधेयक पारित गरेको हो। विधेयक पारित भएसँगै डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौताको उल्लंघन भएको छ। डा केसीले सञ्चार माध्यमसँगको कुराकानीमा अब प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबै माफियाका विरुद्ध लडाईं लड्ने बताएका छन्।

उनले भने, ‘अब यो लडाईं नटुंगिन्जेलसम्म जारी रहन्छ। प्रधानमन्त्री ओली लगायत सबै माफियाका विरुद्ध लडाईं हुन्छ।’
उनले अनशन स्थल कहाँ गर्ने भन्ने बारेमा खुलाएका छैनन् ।


Related posts

Leave a Comment