अमेरिकामा देउसी–भैलोबाट सवा करोड बढी संकलन


                             आठ वर्ष देखि ८१ वर्षसम्मकाले गरे दान

विजय थापा, वासिङ्गटन डिसी ।
अमेरिकामा बस्ने नेपालीहरुले देउसी भैलाबाट १ करोड ३० लाख ( १ लाख १६ हजार अमेरिकी डलर) बढी रकम संकल गरेका छन् । नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र एनइसीसीले पशुपति बुद्ध मन्दिर निर्माणका लागि उक्त रकम संकलन गरेको हो । वासिङ्गटन डिसी मेट्रो क्षेत्रका राज्य लगायत अन्य राज्यहरु र विदेशबाट समेत दान सहयोग प्राप्त गरेको एनइसीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ८ वर्ष देखि ८१ वर्षसम्मका व्यक्तिहरुले दान गरेको जनाइएको छ ।    

एनइसीसीले सन् २०१४ देखि डिसी महानगर क्षेत्रमा देउसी–भैलो कार्यक्रम शुरु गरेको थियो । एनइसीसीले यो वर्ष ६ दिन लगाएर डिसी, मेरिलैण्ड र भर्जिनाया राज्यका विभिन्न २२ स्थानमा देउसी–भैलो खेलेको थियो । देउसीमा अमेरिका स्थित नेपाली राजदूतावासका राजदूत, दूतावासका कर्मचारीहरु तथा नेपाल सरकारका पूर्व मन्त्री तथा भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्याय समेतको उपस्थिति थियोे ।
समुदायका सदस्यहरु र दाताहरुको उत्साह साथ र सहयोगले थप उर्जा थपेको संस्थाका अध्यक्ष खिलेन्द्र मणी न्यौपानेले बताए ।
उपसभापति सरोज प्रजापतिका अनुसार यसै वर्षको सेप्टेम्बर ३० मा आयोजना गरिएको ‘फण्ड रेजिङ्ग डिनर’ बाट मन्दिर निर्माणका लागि दुइ लाख अमेरिकी डलर उठेको थियो ।


देउसी–भैलो कार्यक्रमलाई विशुद्ध नेपाली संस्कृति र कला झल्कनेरुपमा प्रस्तुत गर्दै आइरहेको र सकेसम्म दोश्रो पुस्ता माझ पु¥याउने कोशिस गरिंदै आइएको संस्थाको दाबी छ ।


हरेक वर्ष आयोजना गर्ने देउसी–भैली कार्यक्रमले यस क्षेत्रमा नेपाली संस्कृतिलाई पुर्नजीवित गर्न र समुदाय तथा मन्दिरको बीचमा सम्वन्ध स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको समुदायका सदस्यहरुले बताएका छन् ।


Related posts

Leave a Comment