धनगढी प्रिमियर लिगका लागि २०७ खेलाडीको नाम दर्ता, अक्सन आगामी शनिबार हुने


धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण खेल्नका लागि २ सय ७ खेलाडीले नाम दर्ता गरेका छन् । प्रतियोगिताका लागि यही शनिबार काठमाडौंमा अक्सन हुनेछ ।
डिपिएलको तेस्रो संस्करण प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा माघ २६ गतेबाट हुनेछ । डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीले यसपाली खेलाडी वर्गीकरण नगरी खेलाडी आफैंले आफ्नो आधरमूल्य तोक्ने प्रावधान राखेको छ । खेलाडी आफैले आफ्नो आधरमूल्य तोक्ने प्रावधान नेपालमा पहिलो अभ्यास हो ।
प्रतियोगिताका लागि खेलाडीले न्यूनतम ३० हजार देखि २ लाख ५० हजार रुपैयाँसम्म आधरमूल्य तोक्न पाउने प्रावधान रहेको थियो । दर्ता भएका खेलाडी संख्या खुलाए पनि आयोजकले कुन खेलाडीले कति आधारमूल्य राखेको छ भन्ने खुलाएको छैन ।
पुस ४ गतेबाट खुला गरिएको खेलाडी दर्ता पुस १८ गते बन्द भएको छ । यसअघि प्रतियोगिता माग १९ गतेबाट हुने भनिए पनि नेपाल र युुएईबीचको एकदिवसीय तथा ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला हुने भएका कारण एक साता पछि सारिएको हो ।
ट्वान्टी–२० स्वरुपमा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज क्लबले प्रतिस्पर्धा गर्नेछन् । यसअघिको दुवै संस्करणमा धनगढी टिम चौराह विजयी भएको थियो ।


Related posts

Leave a Comment