धनकुटामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु


धनकुटाको साँगुरीगढी गाउँपालिका ३ डुम्रेमा शनिबार दिउँसो ट्याक्टर दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । धरानबाट आङ्ना मौवा तमोर लिफ्टिङ खानेपानी आयोजनाको सामान बोकेर पाँचथरतर्फ जाँदै गरेको को २ त ७८५३ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ चालक ३५ वर्षीय सञ्जीव पासवानको घटनास्थलमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए ।

मृतक चालकको ठेगाना खुल्न सकेको छैन । दुर्घटना पश्चात मृत्तकको शव धनकुटा अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ । तमोर करिडोरअन्तर्गत सडक निर्माण भइरहेकाले कच्ची सडकमा मादक पदार्थ सेवन गरी गाडी चलाएको हुँदा अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले आंशका गरेको छ । ट्याक्टर सडकबाट ५० मीटर तल खेतमा खसेको छ ।


Related posts

Leave a Comment