दिल्लीको आश्रमबाट हराएका ८ नेपाली महिलाको अवस्था अझै अज्ञात


नयाँदिल्लीको दिलसाद गार्डेनस्थित संस्कार आश्रम सेल्टर होम बाट शनिबार मध्यरातिदेखि हराईरहेका आठ नेपाली महिलाको अवस्था अज्ञात छ । उनीहरु गत वैशाखदेखि त्यहाँ बस्दै आएका थिए ।स्थानीय प्रहरी र दिल्ली महिला आयोगको समन्वयमा एक बर्षअघि जीबी मार्केटबाट उद्धार गरिएका उनीहरुलाई त्यसअघि द्धाराकास्थित अर्को आश्रलयमा राखिएको थियो । नेपाली महिलाको अवस्था पनि अज्ञात छ ।आश्रममा बालिका तथा महिला गरी ८० जना बस्दै आएका थिए ।चौबीसै घण्टा सीसीटिभी क्यामराको निगरानी र तारबारसहित अग्लो पर्खाल लगाईएको ठाउँबाट बेपत्ता हुनुलाई रहस्यमय ठानिएको छ ।,


Related posts

Leave a Comment