डिशहोमद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितको झोला तथा न्यानो टोपि वितरण


गुणस्तरिय शिक्षाको लागि डिशहोमले विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको छ । कम्पनीले रौतहट, बारा र पर्साको चार विद्यालयका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरेको हो । नेपालको कुनाकाप्चासम्म टेलिभिजन सिग्नल पु¥याएर संचारको क्षेत्रमा क्रान्ति नै ल्याएको डिशहोमले विद्यार्थीहरुको गुणस्तरीय शिक्षाका लागि सहयोग पु¥याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको कम्पनीका ब्राण्ड म्यानेजर मनोज न्यौपानेले बताए ।

कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको गौरमा रहेका श्री अधारभुत विद्यालय बाल मन्दीरका विपन्न परिवार तथा जेहेन्दार ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला र न्यानो टोपी वितरण गरिएको छ । उक्त कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि, पत्रकारहरुको उपस्थिति रहेको थियो । त्यसैगरि बारा जिल्लाको महागढिमाई नगरपालिका स्थित, श्री गढिमाई महेन्द्र उच्च माध्यमिक विद्यालय र बाराकै सिम्रौन गढको श्री कँकाली उमाविका विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको छ ।  डिशहोमले यसै कार्यक्रम अन्तर्गत पर्सा जिल्लाको पोखरिया स्थित श्री जिल्ला उचांगल रामदेव माविका विपन्न परिवार तथा जेहेन्दार विद्यार्थीहरुलाई पनि शैक्षिक सामाग्री वितरण गरेको छ ।

डिशहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै बसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दै आइरहेको छ । साथै शिक्षामा सबैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसँगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ । नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कूलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्री साथै प्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ ।

मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहाले पनि बिचैमा छाड्नेहरूको तथ्यांक निकै ठूलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले डिशहोमले जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । ग्राहकलाई निरन्तर उत्कृष्ट सेवा र गुणस्तरिय दृष्य पु¥याई रहको डिशहोमले पछिल्लो समय सामाजिक उत्तरदायित्वका कामहरूलाई समेत तिब्र रूपमा अगाडी बढाइरहेको छ ।


Related posts

Leave a Comment