दोहा बैंक अब काठमाण्डौमा


कतारको सबैभन्दा ठूलो वाणिज्य बैंक दोहा बैंकले नेपालमा आफ्नो कार्यालय संचालनमा ल्याएको छ। थापाथलीमा सम्पर्क कार्यालय संचालनमा ल्याई काम सुरु भए पनि डिसेम्वरको अन्तिममा मात्रै औपचारिक घोषणा गरिने भएको हो।नेपालस्थित बैंकका प्रमुख प्रतिनिधी सुरजविक्रम शाहीले यहाँका बैंकहरुलाई दोहा बैंकका अन्य शाखाहरुसँग जोडिन यस कार्यालयले सहजकर्ताको काम गर्ने जानकारी दिए।‘बैंकको स्वीफ्ट कोडमार्फत दोहा बैंकका अन्य शाखाहरुसँग जोडिन हामीले सहजकर्ताको रुपमा काम गर्छौँ’ उनले भने। हाल नेपालका एक दर्जन बढी वाणिज्य बैंकहरुसँग आरएमए (रिलेसनसिप म्यानेजमेन्ट एप्लिकेसन) को काम भइसकेको उनले जानकारी दिए।अन्य वाणिज्य बैंकहरुसँग पनि आएमए गर्दै जाने शाहीले बताए। आरएमए भइसकेपछि मात्रै एलसी (लेटर अफ क्रेडिट)को काम अघि बढाउन सकिने उनले बताए। ‘यस कार्यालयले एलसी एड्भाइजरको रुपमा रहेर काम गर्छ’ शाहीले भने ‘बैंकहरुलाई एलसीका लागि छनौट अवसर पनि बढेको छ।’


Related posts

Leave a Comment