डीपीएल अक्सन आज


 

आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग ९डीपीएल० क्रिकेटको तेस्रो संस्करणको अक्सन आज हुँदैछ।

अक्सन राजधानीको अन्नपूर्ण होटलमा ११ बजे सुरु हुनेछ। अक्सनका लागि दर्ता भएका २ सय ५ खेलाडीको लागि अक्सन हुनेछ।

डीपीएल खेल्ने प्रत्येक टोलीले कूल १५ खेलाडी अनुबन्ध गर्नुपर्नेछ। जसमा दुई विदेशी खेलाडी र लोकल ट्यालेन्ट हन्टबाट एक जना अनिवार्य राख्नुपर्नेछ ।

यस पटक अक्सनका लागि खेलाडीको वर्गिकरण गरिएको छैन। नाम दर्ता गर्दा नै खेलाडीले आफ्नो मूल्य न्यूनतम ३० हजारदेखि बढीमा २ लाख ५० हजारसम्म राख्न पाउने नियम थियो।

६ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा राउण्ड रोविन लिगमा १५ र प्लेअफमा ४ गरी कुल १९ खेल हुनेछन्। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक(एक खेल खेल्ने छन् र त्यसबाट शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्।

देशकै सर्वाधिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिताको रुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण भएको थियो। दुवै संस्करणको उपाधि स्थानिय टोली टिम चौराह धनगढीले जितेको थियो।

यस पटक राष्ट्रिय टिमका कप्तान पारस खड्का, युवा स्टार सन्दीप लामिछाने र अलराउण्डर सागर पुनले डीपीएल खेल्ने छैनन्। यस्तै सन्यास लिइसकेका शक्ति गौचन पनि डीपीएलमा हुने छैनन्।

पारस व्यक्तिगत कारणले तथा सन्दीप विदेशी लिग खेल्न व्यस्त रहेकाले डीपीएलमा हुने छैनन्। यस्तै सागर पुन चोटका कारण करिब ६ महिना मैदान बाहिर हुनेछन्।

पारस गत सिजन विराटनगर किंग्स र शक्ति रुपन्देही च्यालेन्जर्सको स्ट्राटेजिक प्लेअरको रुपमा थिए। यस पटक यी दुईको स्थानमा नयाँ खेलाडी स्ट्राटेजिक प्लेअरको रुपमा रहनेछन्। रुपन्देहीको स्ट्राटेजिक प्लेअर बसन्त रेग्मी हरने जानकारी प्राप्त भएको छ। यस्तै विराटनगरको स्ट्राटेजिक प्लेअरको बारेमा भने निर्णय आउन बाँकी छ।


Related posts

Leave a Comment