डिपिएल अक्सन सकियो, सात खेलाडीले पाए अधिकतम मुल्य हेर्नुहोस् कसले कति पाए


धनगढी प्रिमियर लिगका लागि खेलाडीको अक्सन ७ खेलाडीले अधिकतम मुल्य पाएका छन । जसमा तीनै राष्ट्रिय खेलाडी प्रदिप ऐरी, आरिफ शेख, ललित भण्डारी र विनोद भण्डारी रहेका छन् । शनिबार काठमाडौंमा भएको अक्सनमा सुरुवाती तीन खेलाडी विक्रि भएनन् । यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो । जसमा प्रदिप ऐरी अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले ड्र बाट टिममा भित्र्यायो । उनलाई खरिद गर्न तीन टिम बीच प्रतिस्पर्धा चलेको थियो । यस्तै ललित भण्डारीले पनि दुई लाख ५० हजारमा रुपन्देहीले खरिद गर्यो । ललितको बेस प्राइस एक लाख ५० हजार र प्रदिपको ५० हजार रहेको थियो । यस्तै आरिफलाई महेन्द्रनगरले महंगा रकममा अनुबन्ध गर्यो । विनोदलाई पनि रुपन्देहीले चिठ्ठाबाट टिममा भित्र्यायो । यस्तै पवन सराफ २ लाख ५० हजारमा ड्र बाट धनगढीले लियो भने भिम शार्की सोहि रकममा ड्र बाट रूपन्देहीले लिन सफल भए । ललित नारायण राजवंशी २ लाख ५० हजारमा काठमाडौंले किन्यो ।

राष्ट्रिय टिमका कप्तान पारस खड्काले व्यक्तिगत कारण प्रतियोगिता नखेल्ने अनी भेट्रान शक्ति गौचनले सन्यास लिएका कारण यस पटक रणनीतिक खेलाडीमा परिवर्तन भएको छ । विराटनगरले पारसको स्थानमा करण केसीलाई रणनीतिक खेलाडी बनाएको छ ।

यस्तै महेन्द्रनगर युनाइटेडले गत सिजनका रणनीतिक खेलाडी विनोद भण्डारीको स्थानमा शरद भेषावकरलाई राखेको छ । शरदले गत सिजन डीपीएल खेलेका थिएनन् ।

डीपीएलको तेस्रो संस्करणका लागि यसअघि लगातार दुई पटक च्याम्पियन बनेको टिम चौराह धनगढीको नाम परिवर्तन गर्दै धनगढी स्टार्स राखिएको छ । यस टिमको रणनीतिक खेलाडीमा सोमपाल कामी यथावत छन् । यस्तै काठमाडौँ गोल्डेन्सको रणनीतिक खेलाडीमा ज्ञानेन्द्र मल्ल तथा सिवाइसी अत्तरियामा दिपेन्द्र सिंह ऐरी छन् ।

१ लाखभन्दा बढीमा अनुबन्धित भएका  खेलाडीहरू :

१.विनोद भण्डारी : २ लाख ५० हजार : रूपन्देही

२.विक्रमकुमार भुसाल : १ लाख ६० हजार : काठमाडौं

३.किशोर महतो : १ लाख : विराटनगर

४.अमित श्रेष्ठ १ लाख ८० हजार : धनगढी

५.सन्दीप सुनार : १ लाख १० हजार : रूपन्देही

६.सौरभ खनाल : १ लाख ६० हजार : धनगढी

७.प्रदीप ऐरी: २ लाख ४० हजार : रूपन्देही

८.ललित भण्डारी :  २ लाख ५० हजार : रूपन्देही

९ कुशल भुर्तेल : १  लाख ६० हजार: विराटनगर

१०.अविनाश बोहोरा : १ लाख ७० : महेन्द्रनगर युनाइटेड

११ सागर ढकाल : १ लाख : महेन्द्रनगर

१२ आसिफ शेख : १ लाख ८० हजार : विराटनगर

१३. कृष्ण कार्की : १ लाख : रूपन्देही

१४. अमर सिंह रौटेला : १ लाख २० हजार: महेन्द्रनगर

१५. राशिद खान : १ लाख ७० हजार : काठमाडौं

१६. आरिफ शेख: २ लाख ५० हजार :  महेन्द्रनगर

१७. भुवन कार्की : २ लाख १० : सिवाइसी अत्तरिया

१८.भिम सार्की : २ लाख ५० हजार : रूपन्देही

१९. पवन सर्राफ : २ लाख ५० हजार : धनगढी

२०. रोहित कुमार पौडेल : २ लाख ३० हजार : महेन्द्रनगर

२१.सुनील धमला : १ लाख ८० हजार : धनगढी

२२.सुशन भारी श्रेष्ठ : १ लाख : विराटनगर

२३.सन्दीप जोरा : २ लाख ३० हजार : अत्तरिया

२४.अनिल कुमार साह : १ लाख ७० हजार : काठमाडौं

२५.पृथु बाँस्कोटा : १ लाख २० हजार : विराटनगर

२६.ललित नारायण राजवंशी : २ लाख ५० हजार : काठमाडौँ


Related posts

Leave a Comment